भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल र थालेसिमिया परीक्षण सेवा सुरु हुँदै
०८ साउन २०८२
•
२ मिनेट पाठ
भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल र थालेसिमिया परीक्षण सेवा सुरु हुँदै
नेपालगन्जस्थित भेरी अस्पतालले नवजात शिशुहरूमा सिकलसेल एनिमिया र थालेसिमियाको प्रारम्भिक पहिचानका लागि विशेष प्रयोगशाला सेवा सञ्चालन गर्न लागेको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा ल्याइएको अत्याधुनिक विशेष प्रयोगशाला उपकरणको प्रयोगमार्फत उक्त सेवा सुरु गरिने भएको हो ।




यो प्रविधिको प्रयोग गरी शिशु जन्मिएको केही दिनभित्रै नै सिकलसेल, थालेसिमियालगायतका हीमोग्लोबिनसम्बन्धी अनुवांशिक रोगहरूको परीक्षण गर्न सकिनेछ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको समन्वयमा स्थापना गरिएको यो सेवा नेपालमै पहिलोपटक सुरु गर्न लागिएको हो । डा. सुवेदीका अनुसार यस मेसिनको सञ्चालनपछि पश्चिम नेपालमै सिकलसेल तथा थालेसिमियाको प्रारम्भिक अवस्था पहिचान गर्न सहज हुनेछ । विशेषगरी थारु समुदायमा यो रोगको जोखिम बढी पाइएकाले समयमै परीक्षण र उपचार अत्यावश्यक रहेको उनले बताए ।

उक्त परीक्षण सेवा सुरु भएसँगै नवजात शिशुमा रोगको प्रारम्भिक अवस्था पत्ता लगाएर जीवनभर लाग्न सक्ने गम्भीर असरबाट जोगाउन सकिनेछ । भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेका अनुसार, ‘यस विशेष उपकरणले छोटो समयमा धेरै नमुनाको परीक्षण गर्न सक्षम छ,’ उनले भने, ‘यो मेसिन अत्यन्तै प्रभावकारी छ । यसले उच्च संवेदनशीलताका साथ सिकलसेल र थालेसिमिया पत्ता लगाउने भएकाले, भविष्यमा गम्भीर अवस्था निम्तिनुअघि नै उपचार थाल्न सकिनेछ ।’

सिकलसेल एनिमिया र थालेसिमिया दुवै अनुवांशिक रक्तरोग हुन् । यी रोगहरू खासगरी गरिब, सीमान्तकृत तथा चेतनाको अभावमा रहेका समुदायमा बढी देखिने गरेका छन् । नवजात शिशु अवस्था मै परीक्षण गर्न सकिने अवस्था भए पनि नेपालमा हालसम्म यस्तो प्रविधि प्रयोगमा थिएन । भेरी अस्पतालमा यसको सुरुआत हुनुले सम्पूर्ण देशभरका सरकारी अस्पतालहरूमा यस्तो सेवा विस्तार गर्ने दिशातर्फको महŒवपूर्ण कदमको रूपमा हेरिएको छ ।

यसअघि भेरी अस्पतालले सिकलसेल तथा थालेसिमियाका बिरामीहरूलाई म्यानुअल प्रविधिबाट परीक्षण गर्दै आएको थियो । तर त्यो प्रक्रिया समय लाग्ने, सीमित मात्रामा परीक्षण सम्भव हुने र खर्चिलोसमेत हुने भएकाले ठूलो संख्यामा आउने बिरामीलाई सेवा दिन कठिन भइरहेको थियो । नयाँ प्रविधिको सुरुआतसँगै बिरामी र परिवारलाई समय, पैसा र मानसिक त्रासबाट राहत मिल्ने विश्वास गरिएको छ ।

नवजात अवस्थामै रोगको पहिचान गरी जीवनभरको योजना बनाउन सकिने सम्भावना हुँदा यो सेवा भविष्यमा ‘न्यूबोर्न स्क्रिनिङ’ को महŒवपूर्ण आधार बन्ने डाक्टरहरूको विश्वास छ । भेरी अस्पतालको यो पहललाई ‘मोडेल’ बनाएर अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना बनिसकेको स्रोतले जनाएको छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस