स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार नगरे नागरिकले गणतन्त्रको महशुस गर्न नसक्ने टिप्पणी गरेका छन्। आइतबार नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाको देउरालीमा रहेको प्राथमिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘स्वास्थ्य उपचार नागरिक जीवनको आधारभूत आवश्यकता हो। जसको हरेक दिन जसो महत्त्व हुन्छ। त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो,’ मन्त्री पौडेलले भने, ‘यसैले स्वास्थ्यमा सुधार नगरे नागरिकले गणतन्त्र आएको महशुस गर्ने छैनन्।’
उनले स्वास्थ्य र शिक्षाजस्ता राज्यको प्रमुख दायित्व रहने सेवाहरू अझैँ गुणस्तरीय रूपमा प्रत्याभूत हुन नसकेको बताए।
स्वास्थ्यकै प्रशंगमा उनले बालबालिका र बृद्धबृद्धाको स्वास्थ्य उपचारको भार राज्यले लिनुपर्ने पनि बताए।