यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने
१४ माघ २०८०
•
१ मिनेट पाठ
यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करोडौँमा जरिवाना तिर्नुपर्ने भएको छ। न्यूयोर्कको अदालतले पूर्व राष्ट्रपति एवं सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाखअमेरिकी डलर तिर्न आदेश दिएको हो।




यस्तै अदालतले ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको भन्र्द क्षतिपूर्तिस्वरूप ७३ लाख अमेरिकी डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख अमेरिकी ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ।

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याउनुभएको थियो। रासस
अर्को समाचार
‘विधेयक नसुधारिए न्याय अवरुद्ध’
२४ फागुन २०८०
•
३ मिनेट पाठ
‘विधेयक नसुधारिए न्याय अवरुद्ध’
ससदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा क्षतिपूर्तिलगायत महत्वपूर्ण प्रावधान रहे पनि कैयौं सुधार आवश्यक रहेको ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले बताएका छन्। यी संस्थाद्वारा बुधबार प्रकाशित प्रतिवेदनअनुसार प्रस्तावित यो विधेयकमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति दिन मिल्ने ठाउँ छ र यसले कैयौं निर्दाेषले पाउनुपर्ने क्षतिपूर्तिसमेत निषेध हुन सक्ने देखिएको छ।




‘न्यायका लागि अवरोध तोड्दै, जवाफदेहिता, सत्य तथा क्षतिपूर्तिका लागि नेपालको लामो संघर्ष’ नामक प्रतिवेदनमा द्वन्द्वबाट बाँचेका तथा पीडितको एक दशक लामो संघर्ष प्रस्तुत गरिएको छ। यी दुई संस्थाले प्रतिवेदनमा ससद्मा प्रस्तावित विधेयकमा रहेका प्रावधान र कानुनको समीक्षा गरेका छन्। प्रतिवेदनमा न्यायको खोजी प्रयासमा सरकारी अधिकारीले गरेका अवरोधका उदाहरणसमेत समावेश छन्। विशेषगरी यौनजन्य हिंसाबाट पीडित तथा परिवारजनको न्यायको खोजीमा आफन्तले के–कस्ता व्यवधान बेहोर्नुपरेको छ र द्वन्द्वकालमा भएका ६२ वटा गैरन्यायिक हत्याका पीडितले खेपेको पीडालाई प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘पीडितहरूको आवश्यकता, न्यायको आधारभूत मान्यता, सर्वाेच्च अदालत र अन्तर्राष्ट्रिय कानुनले प्रतिपादन गरेको व्यवस्थाअनुसार विधेयकमा सुधार गर्नुपर्छ,’ प्रतिवेदनमा लेखिएको छ। ह्युमन राइट्स वाच एसियाकी उपनिर्देशक मीनाक्षी गांगुलीले भनेकी छिन, ‘सत्य, न्याय तथा क्षतिपूर्तिका लागि यो अवसर हो, नेपालका नेताहरूले यो अवसर गुमाउनु हुँदैन।’ तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्ष हुँदा पनि संक्रमणकालीन न्याय प्रक्रिया टुंगिएको छैन। माओवादी सशस्त्र द्वन्द्वका बेला करिब १७ हजारको मृत्यु र ३२ सय बेपत्ता भएको दाबी गरिँदै आएको छ।

गत अक्टुबरमा नेपाल भ्रमणमा आएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले संक्रमणकालीन न्यायको सार्थक प्रक्रिया हासिल गर्ने दिशामा नेपाल प्रगति नजिक रहेको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले गत नोभेम्बरमा पीडितले संक्रमणकालीन न्याय छिटो टुंगिनुपर्ने अपेक्षा गरेको र सरकार पनि त्यसका लागि सक्रिय रहेको बताएका थिए।

ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले प्रस्तावित विधेयकमा सुधार नगरिएमा यो विषयमा हासिल भएको प्रगतिसमेत अवरुद्ध हुने बताएका छन्। एकातिर जघन्य अपराधका लागि को जिम्मेवार र उत्तरदायी छ भन्ने निक्र्याेल गर्नुपर्ने आवश्यकतालाई यो विषयको अन्तर्राष्ट्रिय कानुनले प्रष्ट उल्लेख गरेको छ भने अर्काेतिर पीडितका परिवारजनको अधिकार सुनिश्चित गर्न तथा द्वन्द्वका कारण र प्रभाव अध्ययन गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई जिम्मेवारी दिइएको छ। 

प्रतिवेदनमा गम्भीर प्रकृतिका अपराधलाई विशेष अदालतले हेर्ने व्यवस्था विधेयकमा गरिए पनि गैरन्यायिक हत्या, बेपत्ता पार्ने कार्य तथा गम्भीर यातनालाई सही रूपमा परिभाषित नगरिएको उल्लेख छ। यसैगरी विशेष अदालतमा स्वतन्त्र हिसाबले न्यायाधीश नियुक्ति सुनिश्चित नगरिएको कुरा प्रतिवेदनमा औंल्याइएको छ। यौनजन्य हिंसाबाट पीडितलाई तीन महिनामा यस प्रकारको मुद्दा दर्ता गर्न दिइएको अवधि अपुग भएको प्रतिवेदनको ठहर छ।

प्रस्तावित विधेयका सुधार नगरिएमा यसले न्यायको खोजीलाई प्रभावित गर्ने उल्लेख गर्दै एडभोकेसी फोरमका निर्देशक विकास बस्नेतले भनेका छन्, ‘सही हिसाबले सुधार गरिएमा यसले पीडितलाई उचित न्याय दिलाउन सक्छ।’
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस