प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह
११ असोज २०८१
•
२ मिनेट पाठ
प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायललाई हतियार नपठाउन विश्व समुदायलाई आग्रह गरेका छन्।




बिहीवार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै उनले विशेषगरी अमेरिकालाई लक्षित गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरे।

गाजामा मृत्यु हुनेको सङ्ख्या बढिरहे पनि वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको राष्ट्रपति अब्बासले बताए।

हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार पाँच सय ३४ पुगेको छ।

‘यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस्। बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस् । नरसंहार रोक्नुहोस्। इजरायललाई हतियार पठाउन रोक्नुहोस्। यो पागलपन जारी रहन सक्तैन। गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ’, अब्बासले संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै भने।

हमासको अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धका कारण घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक युद्धबाट विस्थापित भएका छन् र धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन्।

‘अमेरिकामात्र एक्लै खडा भएर भन्यो ः ‘होइन, युद्ध जारी रहनेछ।’ उसले भिटो प्रयोग गररे यसो भन्यो’, गाजामा इजरायलको कारवाहीको निन्दा गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बारम्बार प्रयोग गरिएको भिटोलाई उल्लेख गर्दै प्यालेस्टिनी राष्ट्रपति अब्बासले भने, ‘अमेरिकाले उपलब्ध गराएको घातक हतियारहरू प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाहरूको हत्या गर्यो।’

यसबाट इजरायललाई निरन्तर आक्रमणका लागि थप उत्साहित गरेको भन्दै उनले इजरायल संयुक्त राष्ट्रसङ्घमा रहन ‘योग्य छैन’ भनेर उल्लेख गरे।

वासिङ्टन इजरायलको सबैभन्दा निकट सहयोगी र समर्थक हो। अमेरिकाले इजरायललाई अर्बौं डलरको सहायता र सैन्य सामग्री आपूर्ति गर्दछ। रासस
अर्को समाचार
दीगो विकास लक्ष्य हासिल गर्न द्रुत आर्थिक समाधान आवश्यक : राष्ट्रसंघ
०६ साउन २०८२
•
२ मिनेट पाठ
दीगो विकास लक्ष्य हासिल गर्न द्रुत आर्थिक समाधान आवश्यक : राष्ट्रसंघ
दीगो विकास लक्ष्य २०३० हासिल गर्न दक्षिण एशियाली राष्ट्रमा कायम आर्थिक विकासको समाधान खोज्न आवश्यक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले औल्याएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय प्रतिवेदनले यस्तो औंल्याएको हो । २२ जुलाई अर्थात् मंगलबार स्पेनमा सम्पन्न चौथो अन्तराष्ट्रिय आर्थिक विकास सम्मेलनको अवसरमा प्रतिवेदन सार्वजनिक भएको हो ।  




यो समस्या समाधानको लागि संघले ४० वटा नवीन रणनीति तथा कार्यक्रम सुझाएको छ । बिशेष गरी यो क्षेत्रमा कायम आर्थिक, आपसी भू–राजनीति, गरिबी हटाउन र जलवायु परिवर्तनको सामना गर्दै आर्थिक पुर्नस्थापनाको लागि रणनीति तथा कार्यक्रम सुझाएको हो ।  

विश्वव्यापी रुपमा विकासोन्मुख देशहरुले दीगो विकासमा पुग्नको लागि २.५ देखि ४ अरब अमेरिकी डलर कमी देखिन्छ । यो क्षेत्रका राष्ट्रहरुले समयमै आर्थिक विकास पुरा गर्न नसकेमा दीगो विकास लक्ष्यमा थप पछि पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय छैठौं आर्थिक विकास रिपोर्टले सार्वजनिक तथा निजी लगानी व्यवस्थाको कमजोरी औल्याएको छ ।

प्रतिवेदन अनुसार यो क्षेत्रमा आवश्यकतना अनुसार आन्तरिक राजस्व बृद्धिमा कठिनाइ परेको छ ।  यो पूरा गर्न आवश्यकता बमोजिम करवृद्धि गरी घरजग्गा कर मार्फत राजश्व वृद्धि गरेको देखिएको भएपनि पूँजी बजारको विकास हुन सकेको छैन । यसको असर ऊर्जा, स्वास्थ्य सेवा र घर खरिदमा प्रभाव परेको छ ।  

‘यो चुनौती र अवसर एशिया–प्रशान्त क्षेत्रमा तुरुन्त देखिएको छ’ संयुक्त राष्ट्र संघ एशिया–प्रशान्त क्षेत्रका महासविच सचिव अर्मिदा सालियश अल्जियावानाले भने । उनले जोड दिदंै भने, ‘यो क्षेत्रलाई थप गतिशिल, समतामुलक र दीगो आर्थिक कार्यको लागि यो एउटा अवसर हो, हाम्रो उद्देश्य यो क्षेत्रमा पछि परेको आर्थिक तथा प्रविधी  विकासको सुधारको लागि  थप क्रियात्मक बन्न अवसर हो’ यो अवसरलाई कडाइका साथ पालना गरेमा यो दु्रत गति लिनेछ’ महासचिव अल्जियावानाले भने । प्रतिवेदनले सार्वजनिक क्रण बृद्धि भएकोले सार्वजनिक कोषको प्रयोगमा पारदर्शिता आवश्यक रहेको औल्याएको छ ।  

प्रतिवेदन अनुसार त्यसैगरी दीगो आर्थिक तथा विकासको लागि तत्कालै प्रतिवद्धता हुनु पर्ने प्रतिवेदनले सुझाएको छ । यसको साथै राष्ट्रहरुले लगानी गर्दा वातवरणीय तथा नागरिकको आर्थिक सुरक्षाको सुनिश्चतता हुनु पर्ने सुझाइएको छ ।  

यो प्रतिवेदन आर्थिक तथा दीगो विकास लक्ष्य हाँसिल गर्न नीति निर्माता तथा सरकारको लागि महत्वपुर्ण रहेको छ, यो पूँजीको विकास र राष्ट्रिय प्राथमिकताको लागि बिशेष परिस्थति हो’ गणतन्त्र ताकिजस्तानका अर्थमन्त्री फाइजिडिन क्वोखार्जोडाले भने ।  
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस