विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इजरायली हवाई हमलामा मारिएका १२ प्यारामेडिक (चिकित्सा-सहायक) को मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले केन्द्रमा ठूलो क्षति पुगेको भन्दै द्वन्द्वमा स्वास्थ्य सेवामाथिको आक्रमण सामान्य बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
सबैतिर युद्धको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई निशाना बनाउन रोक्नुपर्ने उनको भनाई छ। पूर्वी लेबनानको बालबेकको गाउँ डुरिसमा रहेको केन्द्रमा बिहीबार राति इजरायलले नागरिक रक्षा केन्द्रमा हमला गर्दा कम्तीमा १२ प्यारामेडिकहरू मारिएका थिए।
बालबेकका गभर्नर बचिर खोडोरले भग्नावशेषमुनिबाट १२ नागरिक रक्षा सदस्यको शव निकालिएको जानकारी दिए।
हवाई आक्रमणको समयमा केन्द्रमा करिब २० प्यारामेडिकहरू रहेको पाइएको छ। सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तीव्र पारेको छ।
दीगो विकास लक्ष्य २०३० हासिल गर्न दक्षिण एशियाली राष्ट्रमा कायम आर्थिक विकासको समाधान खोज्न आवश्यक भएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले औल्याएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय प्रतिवेदनले यस्तो औंल्याएको हो । २२ जुलाई अर्थात् मंगलबार स्पेनमा सम्पन्न चौथो अन्तराष्ट्रिय आर्थिक विकास सम्मेलनको अवसरमा प्रतिवेदन सार्वजनिक भएको हो ।
यो समस्या समाधानको लागि संघले ४० वटा नवीन रणनीति तथा कार्यक्रम सुझाएको छ । बिशेष गरी यो क्षेत्रमा कायम आर्थिक, आपसी भू–राजनीति, गरिबी हटाउन र जलवायु परिवर्तनको सामना गर्दै आर्थिक पुर्नस्थापनाको लागि रणनीति तथा कार्यक्रम सुझाएको हो ।
विश्वव्यापी रुपमा विकासोन्मुख देशहरुले दीगो विकासमा पुग्नको लागि २.५ देखि ४ अरब अमेरिकी डलर कमी देखिन्छ । यो क्षेत्रका राष्ट्रहरुले समयमै आर्थिक विकास पुरा गर्न नसकेमा दीगो विकास लक्ष्यमा थप पछि पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ एशिया–प्रशान्त क्षेत्रीय छैठौं आर्थिक विकास रिपोर्टले सार्वजनिक तथा निजी लगानी व्यवस्थाको कमजोरी औल्याएको छ ।
प्रतिवेदन अनुसार यो क्षेत्रमा आवश्यकतना अनुसार आन्तरिक राजस्व बृद्धिमा कठिनाइ परेको छ । यो पूरा गर्न आवश्यकता बमोजिम करवृद्धि गरी घरजग्गा कर मार्फत राजश्व वृद्धि गरेको देखिएको भएपनि पूँजी बजारको विकास हुन सकेको छैन । यसको असर ऊर्जा, स्वास्थ्य सेवा र घर खरिदमा प्रभाव परेको छ ।
‘यो चुनौती र अवसर एशिया–प्रशान्त क्षेत्रमा तुरुन्त देखिएको छ’ संयुक्त राष्ट्र संघ एशिया–प्रशान्त क्षेत्रका महासविच सचिव अर्मिदा सालियश अल्जियावानाले भने । उनले जोड दिदंै भने, ‘यो क्षेत्रलाई थप गतिशिल, समतामुलक र दीगो आर्थिक कार्यको लागि यो एउटा अवसर हो, हाम्रो उद्देश्य यो क्षेत्रमा पछि परेको आर्थिक तथा प्रविधी विकासको सुधारको लागि थप क्रियात्मक बन्न अवसर हो’ यो अवसरलाई कडाइका साथ पालना गरेमा यो दु्रत गति लिनेछ’ महासचिव अल्जियावानाले भने । प्रतिवेदनले सार्वजनिक क्रण बृद्धि भएकोले सार्वजनिक कोषको प्रयोगमा पारदर्शिता आवश्यक रहेको औल्याएको छ ।
प्रतिवेदन अनुसार त्यसैगरी दीगो आर्थिक तथा विकासको लागि तत्कालै प्रतिवद्धता हुनु पर्ने प्रतिवेदनले सुझाएको छ । यसको साथै राष्ट्रहरुले लगानी गर्दा वातवरणीय तथा नागरिकको आर्थिक सुरक्षाको सुनिश्चतता हुनु पर्ने सुझाइएको छ ।
यो प्रतिवेदन आर्थिक तथा दीगो विकास लक्ष्य हाँसिल गर्न नीति निर्माता तथा सरकारको लागि महत्वपुर्ण रहेको छ, यो पूँजीको विकास र राष्ट्रिय प्राथमिकताको लागि बिशेष परिस्थति हो’ गणतन्त्र ताकिजस्तानका अर्थमन्त्री फाइजिडिन क्वोखार्जोडाले भने ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...