डोनाल्ड ट्रम्प राष्ट्रपति भए युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी
१८ कार्तिक २०८१
•
४ मिनेट पाठ
डोनाल्ड ट्रम्प राष्ट्रपति भए युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी
युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन्। केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।




मङ्गलबारको अमेरिकी मतदान रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेको बेला हुँदैछ। युद्धमा सङ्ख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ।

मस्कोको प्योङयाङसँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ। वासिङ्टन र सोलले हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन्।

यसको विपरीत युक्रेनका युद्ध–थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुन सक्छन्। ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन।

“ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ। स्थिति चिन्ताजनक हुनेछ”, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एएफपीलाई भने।

वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ। किएभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्न सक्षम बनाउने अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।

यद्यपि यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ।युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ।“न त उहाँ न त उहाँको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्”, सामसुरले भने।

जसले जिते पनि

ट्रम्पले उनी युक्रेनको जित चाहन्छ वा चाहन्न भन्न अस्वीकार गरेका छन र युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिक गरेका छैनन।

उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरेका छन्।

ट्रम्पको योजनाले किएभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ। यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।

“यो पुटिनका लागि विश्राम हुनेछ”, रुसले त्यो समय आफ्नो सेना पुनर्निर्माण गर्न र तयार भएपछि ‘युक्रेनको पूर्ण विनाश’ को लक्ष्य पुनः सुरु गर्न प्रयोग गर्ने विश्वास व्यक्त गर्दै सामसुरले भने।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले माग गरेको क्षेत्रीय सहुलियतलाई पहिले नै अस्वीकार गरिसकेका छन । “जसले चाहे पनि र अमेरिकामा जसले जिते पनि युक्रेनले यी क्षेत्रहरूलाई (रुसी भनेर) मान्यता दिनेछैन”, उहाँले दक्षिण कोरियाली टिभी च्यानल केबीएसलाई दिएको अन्तर्वार्तामा भने।

तथापि युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले एएफपीसँगको कुराकानीमा बढी मेलमिलापपूर्ण विचार व्यक्त गरे।

उनले सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको ट्रम्प र जेलेन्स्कीबीचको भेट ‘धेरै राम्रो’ भएको बताए । “ट्रम्पले निश्चय पनि पुटिनसँग अमेरिकाको इज्जत गुमाउने व्यक्ति हुन चाहनु हुनेछैन”, नाम नखुलाई उनले भने।

ती अधिकारीका अनुसार युक्रेनले सबै सम्भावित परिणामहरूका लागि तयारी गरिरहेको छ र दुवै उम्मेदवारका टोलीहरूसँग सम्बन्ध बढाइरहेको छ।

विपत्ति

जसले चुनाव जिते पनि उसले युक्रेनको युद्धको सामना गर्नुपर्नेछ। युद्धमा स्थिति मस्कोको पक्षमा मोडिँदै गएको देखिन्छ।

अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारको तथ्याङ्कको एएफपी विश्लेषणअनुसार रुसले अक्टोबर महिनामा मात्र चार सय ७८ वर्गकिलोमिटर युक्रेनी क्षेत्रमा अघि बढेको छ। यो सन् २०२२ मार्च यताकै रेकर्ड हो।

यी लाभमध्ये दुई तिहाई दाबी गरिएको डोनेट्स्क क्षेत्रमा ५१ वर्षीय युक्रेनी सर्जेन्ट सर्गीले व्यावहारिक दृष्टिकोण राखेको बताए।

उनले भने, “अमेरिकाले हामीलाई सहयोग गरिरहेसम्म कसले जित्छ भन्ने कुरामा मलाई चासो छैन ।” तर उहाँले ट्रम्पको जित युक्रेनका लागि मात्र नभई संयुक्त राज्य अमेरिकाका लागि पनि विपत्ति हुनसक्ने भविष्यवाणी गरे।

सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुआतमा ट्रम्पका समर्थकहरूले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकहरूले रिपब्लिकन अवरोधको पहिलो स्वाद चाखेका थिए। त्यसले युक्रेनी सेनालाई गोलाबारुद राशन गर्न बाध्य पार्‍यो र रुसलाई गति बढाउन अनुमति दियो।

“यदि यो वर्षको सुरुमा जस्तै भयो भने यो धेरै, धेरै नराम्रो हुनेछ”, सर्गीले भने।

उही क्षेत्रमा लड्ने एक युवा सैनिक बोग्दानले ट्रम्पले ‘केवल अमेरिकाको शक्ति, दृढता र क्षमता देखाउन चाहने’ आशा व्यक्त गरे ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा अन्तर्वार्ता दिएका अर्का सैनिक रोडियन पनि विश्वस्त थिए।“मलाई थाहा छ उनीहरूले हामीलाई धोका दिने छैनन् ।” उनले ‘अन्त्यसम्म, हाम्रो विजयसम्म’ लड्ने प्रतिज्ञा गरे।  
अर्को समाचार
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
२३ असार २०८२
•
१ मिनेट पाठ
ब्रिक्स देशहरूमा थप भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको 'अमेरिकी विरोधी नीति' सँग मिल्ने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्।




'ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग मिल्ने कुनै पनि देशलाई थप १० प्रतिशत कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,' उनले ट्रुथ सोसियलमा लेख्दै भने।

यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।

सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।

२००४ मा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल छन्। एजेन्सी
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस