ट्रम्प–पुटिन, जसले एक सातामै दुनियाँ हल्लाएः मस्काेमा छैन उत्साह
०८ फागुन २०८१
•
२ मिनेट पाठ
ट्रम्प–पुटिन, जसले एक सातामै दुनियाँ हल्लाएः मस्काेमा छैन उत्साह
सन् १९१७ को रुसी क्रान्तिको साक्षी रहेका अमेरिकी पत्रकार जोन रिड जब संस्मरण लेखिरहेका थिए त्यतिेबला उनले शीर्षक राखे ‘ती १० दिन जसले दुनियाँलाई हल्लाए’।




अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि भने १० दिन नै धेरै भएका छन्, जसले एक सातामै दुनियाँ हल्लाएका छन्।  

१२ फेब्रुअरीमा ट्रम्प–पुटिनले टेलिफोन वार्ता गरे, वार्तामा अमेरिका–रुसको सम्बन्धको नयाँ सुरुवात गर्ने वाचा भरे। जहाँबाट दुवै देशबीचको सम्बन्ध सुधारको सुरुवात प्रयास थालिए त्यहीबाट अमेरिका र युरोपको सम्बन्धमा समस्या सुरु भएको छ।  

साउदी अरब वार्ता  

यसैबीचमा रुस–युक्रेन युद्धबारे साउदी अरेबियामा अमेरिका र रुसबीच वार्ता पनि भएको छ। यो वार्ताले युरोप र युक्रेनले अमेरिकाको चर्को आलोचना गर्न वाध्य पारेको छ। यसबाट युरोपमा सुरक्षा चिन्ता बढाएको छ भने रुसको स्थिति बलियो भएको छ।  

बुधबार बिहान रुसी अखबारमा अमेरिका–रुस वार्ता टेबलकै तस्बिरहरू छाए। रुस जसबाट आफ्ना जनता र दुनियाँलाई देखाउन चाहन्छ, युक्रेन युद्धबाट आफूलाई दुनियाँबाट अलग पार्ने युरोपेली कोसिस असफल भयो।

रुसी मिडियाले के छाप्दैछन् ? 

उता रुसी सञ्चारमाध्यमले रुस–अमेरिका वार्ताको स्वागत गरिरहेका छन्। पुटिन समर्थक टेबल्वाइड मोस्कास्की कोमसोमोलेट्सले लेखेको छ, ‘ट्रम्प जान्दथे उनले रुसको सहुलियत दिनुपर्छ किनकी युक्रेनसँग उसले युद्ध जितिरहेको छ। उनी रुसको सहुलियत दिनेछन्, किनकी यसको यसको क्षति अमेरिकाले नभइ युक्रेन र युरोपले भुक्तान गर्नुपर्छ।’

टेबलोइडले अगाडि लेख्छ,‘लामो समयदेखि युरोप दुनियाँलाई बताउँदै आएको छ कि उही सबैभन्दा सभ्य हो, भगवानको दूत हो। तर, उ यो अनुमान लगाउन असफल रह्यो कि उसले खाफ्नो इज्जत सबैबाटोबाट उत्रिरहेको छ।’

मस्कोको माहोल  

यता मस्कोको सडकमा भने यसको कुनै उत्साह देखिदैन्। रुसी नागरिक ट्रम्पका बारेमा यतिछिटो नै केही भन्न चाहन्नन्। ट्रम्प असल साथी हुनेमा रुसी नागरिक अझैँ पनि शंका गरिरहेका छन्। युक्रेन युद्धको अन्त्य गरिदिनेमा पनि ट्रम्पसँग उनीहरू आश्वास्त छैनन्।  

‘ट्रम्प एक व्यापारी हुन। उनी सिर्फ पैसा बनाउन जान्दछन्,’ रुसी नागरिक नादेज्दा भन्छिन्,‘मलाई लाग्दैन हालत कुनै बद्लिन्छ।’

अर्का नाागरिक गियोर्गी भने केही आशाको नजरले हेर्छन्। ‘साउदी अरबमा वार्ता भएको छ। समय त आइसक्यो दुस्मनी खतम गर्ने,’ उनी भन्छन्।  

बिबिसी हिन्दीको भावानुवाद
अर्को समाचार
ट्रम्प भन्छन्: ‘इरान हमलालाई हिरोसिमा आणविक आक्रमणसँग तुलना गर्न मिल्छ’
१२ असार २०८२
•
२ मिनेट पाठ
ट्रम्प भन्छन्: ‘इरान हमलालाई हिरोसिमा आणविक आक्रमणसँग तुलना गर्न मिल्छ’
गत शनिवार राती इरानका ३ प्रमुख आणविक संरचनामा गरिएका आक्रमण प्रभावकारी नभएको आरोप खेपेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान हमलालाई दोस्रो विश्वयुद्धको अन्तताका हिरोसिमा र नागाशाकीमा गरिएको आणविक आक्रमणसँग तुलना गरेका छन् ।




इरान हमला प्रभावविहीन भएको अमेरिकी गुप्तचर एजेन्सी डिआइएको रिपोर्ट सही नभएको र आक्रमणका कारण इरानी संरचनामा क्षति गम्भीर भएको उनको तर्क छ । 

नाटोको  बैठकमा सहभागी हुन हेग पुगेका राष्ट्रपति ट्रम्पले बुधवार उक्त कुरा बताएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्स, एपी लगायत अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अमेरिकी गुप्तचर एजेन्सी डिआइएले बुझाएको रिपोर्ट  सार्वजनिक गरेका थिए । उक्त रिपोर्टमा अमेरिकी हमलाले इरानको आणविक कार्यक्रमलाई केही महिना मात्र पछाडि धकेलेको  र पूर्ण रुपमा ध्वस्त नपारेको उल्लेख छ ।

‘गुप्तचर  रिपोर्ट धेरै अनिर्णीत थियो,’  ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनको क्रममा  महासचिव मार्क रुटसँगको भेटपछि पत्रकारहरूलाई भने । उनले डिआइएको रिपोर्ट प्रारम्भिक मात्र भएको दाबी गरे ।

ट्रम्पले उक्त रिपोर्टका बारेमा  रिपोर्टिङ गरेकोमा पत्रकारहरूको समेत कडा आलोचना गरेका छन् ।

‘यो इरानका मुख्य आणविक स्थललाई लक्षित गरी सप्ताहन्तमा भएको बमबारी अभियान सञ्चालन गरेका पाइलटहरू विरुद्धको आक्रमण हो,’ उनले भने । ट्रम्पले इजरायल र इरानबिचको युद्ध अन्त्य गर्न अमेरिकी हमला जिम्मेवार रहेको बताए।

‘हिरोसिमा र नागाशाकीमा भएको आणविक आक्रमणले दोस्रो विश्वयुद्धलाई अन्त गरेको थियो । यो आक्रमणले फरक हिसाबले युद्ध समाप्त गर्‍यो ,’ उनको कथन थियो । 

त्यसो त, राष्ट्रपति ट्रम्पको अमेरिकी गुप्तचर समुदायसँग सम्बन्ध असहज छ । यी हमलाहरूको सफलता उनको लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । 

उनका दक्षिणपन्थी समर्थकहरूले समेत यो  सैन्य हस्तक्षेप ट्रम्पको घरेलु केन्द्रित “मेक अमेरिका ग्रेट अगेन“ भन्ने नारा र विदेशी संलग्नताबाट बच्ने अजेण्डासँग  मेल नखाने तर्क गरेका छन् ।

रक्षा मन्त्री पीट हेगसेथले पनि  मिडियाप्रति निकै  आक्रोश पोखेका छन् । उनले एफविआईले रिपोर्ट कसरी बाहिर आयो भन्ने बिषयमा अध्ययन गर्ने बताएका छन् । 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस