युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशमा शान्ति स्थापनाका लागि आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्। सोमबार युरोपेली नेताहरूको बैठकको सन्दर्भमा बोल्दै उनले भने, ‘यदि युरोपेली देशहरूबीच एकता कायम भएन भने यो दुखी परिवारजस्तै हुनेछ। तर शान्ति र नाटो सदस्यताको सुनिश्चितता भए म पद छोड्न तयार छु।’
युक्रेनमा सोमबारदेखि सुरु हुने युरोपेली नेताहरूको बैठकमा महत्वपूर्ण रणनीति र सुरक्षा ग्यारेन्टीबारे छलफल हुने अपेक्षा गरिएको छ। जेलेन्स्कीले बैठकमा युक्रेनको सुरक्षाको प्रत्याभूति र दीर्घकालीन शान्तिको मुद्दा उठाउने योजना बनाएका छन्। उनले भने, ‘यो युद्ध हो, खेल होइन। हामीलाई साझेदारी र सहयोग चाहिन्छ, तर स्वतन्त्रता र सम्मान गुमाउन तयार छैनौं।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि जेलेन्स्कीले ट्रम्पसँग प्रत्यक्ष कुरा गर्न चाहेको पनि बताएका छन्। ट्रम्प प्रशासनको आलोचनाबीच जेलेन्स्कीले युद्ध अन्त्यका लागि नाटो सदस्यता र ठोस सुरक्षा ग्यारेन्टीको माग दोहोर्याएका छन्। तर, वासिङ्टनको नेतृत्वमा रहेको गठबन्धनले यो प्रतिबद्धतामा ढिलाइ गरिरहेको छ।
अमेरिकाले युक्रेनमाथि दबाब बढाइरहेको छ। ट्रम्पले युक्रेनमा तत्काल चुनाव गराउन र बहुमूल्य खनिज स्रोतको सम्झौतामा हस्ताक्षर गर्न जोड दिइरहेका छन्। जेलेन्स्कीले भने ट्रम्पको यो प्रस्ताव अस्वीकार गर्दै भने, ‘म मेरो १० पुस्तालाई गुलाम बनाउने खनिज सम्झौता गर्दिनँ। हामीलाई सुरक्षा ग्यारेन्टी चाहिन्छ, न कि स्रोतको सौदाबाजी।’
किएभमा आयोजित पत्रकार सम्मेलनमा उनले थपे, ‘ट्रम्पले मलाई तानाशाह भन्नुभयो, तर म युक्रेनी जनताको विचारलाई महत्त्व दिन्छु, अमेरिकी राष्ट्रपतिको होइन। म वैध रूपमा चुनिएको राष्ट्रपति हुँ। मार्शल ल हटेपछि चुनाव हुन्छ, जनताले फैसला गर्नेछन्। म दशकौंसम्म सत्तामा बस्न चाहन्नँ, तर पुटिनलाई पनि युक्रेनमा शासन गर्न दिन्नँ।’
जेलेन्स्कीले ट्रम्पको ‘शक्ति मार्फत शान्ति’ भन्ने धारणालाई समर्थन गर्दै भने, ‘हामी पनि युद्ध चाँडो अन्त्य गर्न चाहन्छौं। तर यो शक्ति रूसविरुद्ध प्रयोग हुनुपर्छ। म ट्रम्प हाम्रो पक्षमा रहुन् भन्ने चाहन्छु, न कि केवल मध्यस्थ बन्न।’ उनले युक्रेनको सहभागिताबिना रूस–अमेरिका वार्तालाई अस्वीकार गर्ने चेतावनी पनि दिए। ‘युक्रेनबिना हाम्रो भविष्यको निर्णय असम्भव छ। हामी त्यस्ता सम्झौता मान्दैनौं,’ उनले भने।
यसअघि साउदी अरबमा भएको रूस–अमेरिका वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। जेलेन्स्कीले यस्ता छलफल गोप्य रूपमा पहिलेदेखि चलिरहेको भए पनि अहिले सार्वजनिक भएर खतरा बढेको बताए। उनले युक्रेनलाई स्टारलिङ्कबाट विच्छेद गर्ने चर्चाप्रति पनि चिन्ता व्यक्त गरे, तर त्यस्तो कुनै संकेत नभएको र यसको भाडा तिरिरहेको उल्लेख गरे।
‘युक्रेनलाई युरोप र अमेरिका दुवैको साथ चाहिन्छ,’ जेलेन्स्कीले भने, ‘शान्तिका लागि म पद त्याग्न तयार छु, तर स्वतन्त्रता र सुरक्षाको सट्टा खनिज बेच्ने सम्झौता स्वीकार्य छैन।’ युरोपेली देशहरूले पनि युक्रेन र आफूहरूलाई वार्तामा समावेश गर्नुपर्ने पक्षमा जोड दिएका छन्। एजेन्सी