गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प
३१ असार २०८२
•
४ मिनेट पाठ
गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फुटबलको आनन्द र पीडा दुवै अनुभव गरे, किनकि फिफा क्लब विश्वकपको फाइनलमा दर्शकले उनलाई गिज्याएका थिए । 




तर पनि च्याम्पियन चेल्सीसँग उनी उत्साहित भएर उत्सवमा सामेल भए । पुरस्कार वितरण गर्ने मञ्चमा अमेरिकी राष्ट्रपति ट्रम्प अग्रभाग र बीचमा थिए, जहाँ विजेता खेलाडीहरूले उनीबाट पुरस्कार ग्रहण गरे । जब चेल्सीले ट्रफी उचाल्दा रातो टाई लगाएका ट्रम्पले पनि मुस्कानसहित चेल्सीका खेलाडीहरूसँगै ताली बजाएर उफ्रिएर साथ दिए । 

ट्रम्पले चेल्सीका कप्तान रिसे जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए । तर, यसभन्दा केही समयअगाडि ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मैदानमा प्रवेश गर्दा स्टेडियममा अमेरिकी राष्ट्रपतिलाई अपमान गरिएको आवाज सुनिएको थियो । यद्यपि त्यहाँ बजेको संगीतले त्यो आवाज लुकाइदियो । रिपब्लिकन अरबपति ट्रम्प न्युयोर्क सहरनजिकै न्यु जर्सीको मेटलाइफ स्टेडियममा खेल हेर्न आउँदा प्रथम महिला मेलानिया ट्रम्पसँग ताली बजाइएको थियो ।

ठूलो स्क्रिनमा ट्रम्पले अमेरिकी राष्ट्रिय गानमा सल्युट गरिरहेको समयमा फेरि उनलाई गिज्याइरहेको सुनिन्थ्यो । त्यसपछि क्यामरा छिटो उनबाट सारिएको थियो । तर पनि अमेरिकी राष्ट्रपति रिसाएको देखिएन । ट्रम्पले क्लब विश्वकपका उत्कृष्ट खेलाडी घोषित कोल पाल्मरलाई गोल्डेन बल प्रदान गरे । त्यसपछि उनले पराजित पेरिस सेन्ट जर्मेनका खेलाडीहरूसँग पनि हात मिलाए र पदक दिए । 

उनले पछि दर्शकहरूलाई सम्बोधन गर्दै ‘अद्भुत’ भने । ‘हामीले रमाइलो गर्‍यौं,’ ट्रम्पले खेल सकिएपछि वासिङ्टन डिसीनजिकै जोइन्ट बेस एन्ड्य्रुजमा पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए । निर्वाचनका लागि प्रचारप्रसारको क्रममा पेन्सिल्भेनियामा ट्रम्पको हत्या प्रयास भएको एक वर्षपछि नै उनी खेलमा उपस्थिति रहे । 

ह्वाइट हाउसमा दोस्रो कार्यकाल बिताउँदा अमेरिकामा क्लब विश्वकप र अर्को वर्ष विश्वकप २०२६ को आयोजना हुनुलाई उनले ‘अमेरिकाको स्वर्ण युग’ को रूपमा चर्चा गर्दै आएका छन् । अर्को वर्षको विश्वकप फाइनल पनि यही स्टेडियममा हुनेछ र संयोग नै मान्नुपर्छ त्यति बेला अमेरिकाको स्वतन्त्र भएको २५०औं वार्षिकोत्सव पनि हुनेछ । 

ट्रम्पले अर्को वर्ष हुने विश्वकपका लागि वासिङ्टनमा टास्क फोर्स पनि गठन गरेका छन् । जुन विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् । ट्रम्पले विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष इन्फान्टिनोसँग नजिकको सम्बन्ध कायम गरेका छन् । इन्फान्टिनो पनि सहज रूपमा ह्वाइट हाउस आउने जाने गर्छन् ।

मार्चमा इन्फान्टिनो ओभल अफिसमा आउँदा ट्रम्पले क्लब विश्वकप ट्रफी पनि आफ्नो टेबलनजिकै राखेका थिए । इन्फान्टिनोले सन् २०१८ को विश्वकपअगाडि नै रूसका भ्लादिमिर पुटिन जस्ता विश्वस्तरीय नेतासँग राम्रो सम्बन्ध बनाउने अनुभव पनि बटुलिसकेका छन् । उनै इन्फान्टिनोले शनिबार ट्रम्पलाई क्लब विश्वकप आयोजनाका लागि समर्थन र साथ दिएकाले धन्यवाद पनि दिए । ‘ट्रम्पले क्लब विश्वकप र अर्को वर्ष हुने विश्वकपको ट्रफीको महत्व बुझे,’ इन्फान्टिनोले भने । उनले ट्रम्पलाई ट्रफी मन पर्ने भन्दै मजाक पनि गरे । जुन सुनले पोतिएको आगामी वर्षको विश्वकप २०२६ को ट्रफी ट्रम्पको कार्यालयमा छ ।

इन्फान्टिनोले ट्रम्पको फुटबलप्रतिको रुचि व्यक्तिगत रहेको पनि उल्लेख गरेका छन् । ‘उनका १९ वर्षीया छोरा ब्यारन फुटबल समर्थक हुन्,’ इन्फान्टिनोले शनिबार न्युयोर्कको ट्रम्प टावरमा भएको पत्रकार सम्मेलनमा उल्लेख गरे । ट्रम्पलाई फुटबल मन पर्छ भन्ने पत्रकारले इन्फान्टिनोलाई प्रश्न पनि गरे । ‘मलाई लाग्छ पर्छ नै । अमेरिकाको राष्ट्रपतिका रूपमा उनको पहिलो कार्यकालमा ह्वाइट हाउसको बगैंचामा फुटबल पोस्ट राखिएको थियो,’ इन्फान्टिनोले जबाफ दिए । साथै उनले यसबारे थप प्रस्ट पारे, ‘उनका छोरालाई फुटबल मन पर्छ र उनलाई पनि यो खेल मन पर्छ । जब तपाईं आमा–बाबा हुनुहुन्छ, तपाईंले आफ्ना सन्तानले मन पराउने कुरालाई नै मन पराउनुहुन्छ । त्यसैले मलाई लाग्छ, उनलाई यो खेल मन पर्छ ।’

न्युयोर्क आर्मी एकेडेमीको बोर्डिङ स्कुलका विद्यार्थी रहँदा ट्रम्प आपैंmले पनि एक सिजनसम्म फुटबल खेलेको चर्चा हुने गरेको छ । तर ट्रम्पले आफ्नो फुटबल प्रेमलाई राजनीतिक विवादसँग मिसाउँछन् । जुनमा उनले इटालियन क्लब युभेन्ट्सलाई ओभल अफिसमा आमन्त्रित गरेर ट्रान्सजेन्डर खेलाडीहरूको विषयमा विवादास्पद टिप्पणी गरेका थिए । धेरै खेलाडीहरू त्यो सुनेर अचम्मित पनि भए । तर, युभेन्ट्सका जनरल म्यानेजरले आफ्नो महिला टोली धेरै बलियो र राम्रो रहेको भन्दै ट्रम्पलाई जबाफ फर्काएका थिए । त्यसप्रति ट्रम्पले ‘उनी धेरै कूटनीतिक छन्’ भन्ने प्रतिक्रिया पनि दिएका थिए ।

उनको ‘अमेरिका फस्र्ट’ नीतिले २०२६ विश्वकपमा प्रशंसकहरू अमेरिका आउन डराउने आशंका बढाएको छ । तर, मेमा उपराष्ट्रपति जेडी भान्सले भनेका थिए, ‘प्रशंसकहरू आउन सक्छन् । तर विश्वकप सकिएपछि उनीहरूले घर फर्किनुपर्छ ।’ एएफपी 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस