कमला ह्यारिसको भविष्यवाणी : ट्रम्प राष्ट्रपति हुँदा पुटिन कीभमा 'लन्च' गर्ने छन्
१९ फागुन २०८१
•
३ मिनेट पाठ
कमला ह्यारिसको भविष्यवाणी : ट्रम्प राष्ट्रपति हुँदा पुटिन कीभमा 'लन्च' गर्ने छन्
सेप्टेम्बर २०२४ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनअघिको बहसमा तत्कालीन डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसले डोनाल्ड ट्रम्पको नीति र व्यवहारबारे गरेको चेतावनी अहिले पुनः चर्चाको केन्द्रमा आएको छ। उनले त्यतिबेला ट्रम्पको आलोचना गर्दै भनेकी थिइन्, ‘यदि डोनाल्ड ट्रम्प राष्ट्रपति भएको भए, भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी कीभमा बसेर लन्च गरिरहेका हुन्थे।’ यो भविष्यवाणी हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमण र त्यस क्रममा ट्रम्पले प्रदर्शन गरेको व्यवहारसँग जोडिएर विश्लेषण भइरहेको छ।




गत शुक्रबार अमेरिका पुगेका जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको भेटवार्ता अत्यन्त तनावपूर्ण रह्यो। यो भेटमा दुवै नेताबीच चर्काचर्की भएको विश्वले प्रत्यक्ष देख्यो। ट्रम्पले साना–साना कुरामा जेलेन्स्कीलाई अमेरिकाको अपमान गरेको आरोप लगाए। जेलेन्स्कीले टाई र सुट नलगाएको जस्तो सामान्य विषयलाई लिएर ट्रम्प र अमेरिकी मिडियाले उनको मजाक बनाउने प्रयास गरेको प्रस्ट देखियो। यो घटनाले विश्वभर तरंग सिर्जना गरेको छ। सामाजिक सञ्जालमा ह्यारिसको पुरानो टिप्पणीको सान्दर्भिकता फेरि उजागर भएको छ, जहाँ उनले ट्रम्पको कूटनीतिक अक्षमताको आलोचना गरेकी थिइन्।

यो पनि पढ्नुहोस्

अमेरिकामा जेलेन्स्कीको पोशाकमाथि प्रश्नः ट्रम्पको ठट्टादेखि पत्रकारको प्रश्नसम्म

बहसका क्रममा ह्यारिसले ट्रम्पको पुटिनप्रतिको नरम दृष्टिकोण र युक्रेनप्रतिको उदासीनतामाथि प्रश्न उठाएकी थिइन्। उनले ट्रम्पको ‘म युक्रेन युद्ध २४ घण्टामा समाप्त गर्छु’ भन्ने दाबीलाई आत्मसमर्पणको संकेत भनेकी थिइन्। ‘ट्रम्पले युद्ध समाधान गर्छु भन्नुको अर्थ युक्रेनलाई रूसको हातमा सुम्पने तयारी हो,’ उनले भनेकी थिइन्। यो भनाइ ट्रम्पको जेलेन्स्कीप्रतिको व्यवहारसँग ठ्याक्कै मेल खान्छ, किनभने उनले युक्रेनको समर्थन गर्नुभन्दा रूससँगको सम्बन्धलाई प्राथमिकता दिएको देखिन्छ।

रूस–युक्रेन युद्धबारे ट्रम्पको बारम्बारको टिप्पणीको जवाफमा ह्यारिसले भनेकी थिइन्, ‘युक्रेनको मुद्दामा उनी भन्छन्– ओह, म एक दिनमा त्यो समाधान गर्छु। तर हामी अमेरिकीहरूले आत्मसमर्पणबाट यस्तो समस्या समाधान होस् भन्ने चाहँदैनौँ।’ उनले थपेकी थिइन्, ‘ट्रम्प राष्ट्रपति भएको भए, पुटिन अहिले कीभमा बसिरहेका हुन्थे, किनभने उनी पुटिनलाई खुसी पार्न चाहन्छन्।’

शुक्रबारको भेटमा ट्रम्पले जेलेन्स्कीलाई युक्रेनको चिन्ता नगरी ५ खर्ब डलर बराबरको खनिज स्रोत अमेरिकालाई सुम्पन दबाब दिए। तर, जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको खोजी गरिरहेका थिए। खनिज सम्झौता असफल भएपछि ट्रम्पले जेलेन्स्कीलाई अपमानित गर्दै ह्वाइट हाउसबाट निकाले। ट्रम्पको यो व्यवहारले अमेरिकी जनता र सहयोगी राष्ट्रहरूलाई समेत चिन्तित बनाएको छ। अमेरिकाका सहयोगी विशेष गरेर युरोपेली राष्ट्रहरू उनको नीतिबाट त्रसित छन्।

यो पनि पढ्नुहोस्

खनिज र युद्ध सम्झौतामा भिडे ट्रम्प-जेलेन्स्की, भेटघाट 'हात्ती आयो हात्ती आयो फुस्सा!'

ह्यारिसले पहिल्यै चेतावनी दिएकी थिइन् कि ट्रम्पको नेतृत्वमा अमेरिकाले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्नुको सट्टा पुटिनको महत्वाकांक्षालाई बढावा दिनेछ। उनले बाइडेन प्रशासनको युक्रेन समर्थनलाई उदाहरण दिँदै भनेकी थिइन्, ‘हामीले युक्रेनलाई बलियो बनायौं, जसले पुटिनलाई कीभसम्म पुग्न रोकेको छ। तर ट्रम्पको नीतिमा यो सम्भव हुने थिएन।’ उनले ट्रम्पलाई पुटिनको चापलुसी गर्ने र नेटोप्रति उदासीन नेताको रूपमा चित्रण गरिन्, जसले युरोपको सुरक्षालाई जोखिममा पार्न सक्छ।

ट्रम्प र जेलेन्स्कीबीचको तनावले ह्यारिसको भविष्यवाणीलाई सही साबित गरेको छ। यो घटनाले अमेरिकाको अन्तर्राष्ट्रिय कूटनीतिमा विश्वसनीयतामाथि प्रश्न उठाएको छ भने विश्व राजनीतिमा शक्ति सन्तुलनको महत्त्वलाई उजागर गरेको छ। एजेन्सीको सहयोगमा
अर्को समाचार
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
०६ साउन २०८२
•
२ मिनेट पाठ
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
फाइल तस्बिर
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।




फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’

ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’

यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्। 

युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्। 

यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस