अमेरिकाभर ट्रम्पविरुद्ध विशाल प्रदर्शन, राजधानीसहित १४ सय स्थानमा विरोध
२३ चैत्र २०८१
•
१ मिनेट पाठ
अमेरिकाभर ट्रम्पविरुद्ध विशाल प्रदर्शन, राजधानीसहित १४ सय स्थानमा विरोध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ। दोस्रो पटक राष्ट्रपति बनेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो।




यी प्रदर्शन अमेरिकाका सबै ५० राज्यका करिब एक हजार ४०० स्थानमा चलिरहेका छन्। यिनलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ, जसको अर्थ ट्रम्पले जनताको मामिलामा हात हाल्नुहुँदैन भन्ने हो।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मुद्दासहित ट्रम्पको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन्। ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर लन्डन, पेरिस र बर्लिनजस्ता शहरमा पनि प्रदर्शन भएका छन्।

बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीमाथि आप्रवासनसम्बन्धी छापा मारिएको कारण प्रदर्शन गरेको बताए। हालै त्यहाँका केही विदेशी विद्यार्थीलाई पक्राउ गरिएको थियो र उनीहरूलाई देश निकाला गरिएको थियो।

राजधानी वाशिंगटन डीसीमा हजारौं प्रदर्शनकारी डेमोक्र्याटिक सांसदको भाषण सुन्न भेला भए। ती भाषणमा ट्रम्प प्रशासनसँग जोडिएका धनी व्यक्ति एलन मस्कमाथि धेरै टिप्पणी गरियो। अर्बपति मस्क राष्ट्रपति ट्रम्पको सल्लाहकार छन् र उनले सरकारी खर्च र कार्यबल घटाउने कामको नेतृत्व गरिरहेका छन्।
अर्को समाचार
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
०६ साउन २०८२
•
२ मिनेट पाठ
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
फाइल तस्बिर
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।




फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’

ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’

यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्। 

युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्। 

यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस