एकअर्काविरुद्ध ड्रोन आक्रमण जारी राख्नै रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ । टर्कीको इस्तानबुलमा हुने वार्ताका लागि दुवै देशका प्रतिनिधिहरू पुग्ने क्रम सुरु भएको छ ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता हेओर्ही टिखीका अनुसार, युक्रेनको प्रतिनिधिमण्डल रूससँगको पछिल्लो शान्ति वार्ताका लागि इस्तानबुल पुगिसकेको छ । अमेरिका, टर्कीसहितका देशको पहलमा रुस र युक्रेनबीच शान्ति वार्ता हुन लागेको हो । टर्कीको इस्तानबुलमा वार्ताको तयारी भइरहँदा रुसले युक्रेनमाथि गएराति पनि आक्रमण जारी राखेको छ ।
यसैबीच, रुसले युक्रेनमाथि ८० वटा ड्रोन, तीनवटा ब्यालिस्टिक मिसाइल र एउटा क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ । तीमध्ये ५२ वटा ड्रोनलाई युक्रेनी सेनाले निस्तेज पारेका थिए । रुसले शनिबार राति भने अहिलेसम्मकै बढी ४७२ वटा ड्रोन आक्रमण गरेको थियो ।
अर्कोतर्फ, किभले पनि लुकाइछिपाइ रुसको सैनिक विमानमा युक्रेनले आइतबार बिहानै ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १३ वटा रूसी विमानहरू नष्ट भएका छन् र अन्य सैन्य विमानहरू पनि क्षतिग्रस्त भएका छन्।