मिरपुर (बंगलादेश), चैत ९ (एजेन्सी)-यहाँ संचालन भइरहको एसिया कप क्रिकेट फाइनलमा पाकिस्तानले बंगलादेशका सामु २ सय ३७ रनको लक्ष्य राखेको छ।
टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेटमा २ सय ३६ रनको योगफल तयार पारेको छ।
एक समय ७० रनमा चार विकेट गुमाएको पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद हफिजले ४० र सहिद अफ्रिदीले ३२ रन बनाएका थिए।
त्यस्तै सरफराज अहमदले अविजित ४६ रनको योगदान दिए भने उमर अकमल र हम्मद आजमले ३०-३० रन बनाए।
पाकिस्तानका लागि सरफराज अहमद र एजाज चिमाले अन्तिम ओभरमा १९ रन बटुलेका थिए।
बंगलादेशका लागि मोसरफ मोर्तजा, अब्दुर रज्जाक र सकिब अल हसनले २-२ विकेट झारेका थिए।