भारतका योग गुरु हात्तीमाथि बसेर योग गर्दागर्दै पछारिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना उत्तर प्रदेशस्थित मथुरा महावनस्थित रामनरेती आश्रममा गत सोमबार भएकाे हो। रामदेव हात्तीमाथि बसेरै योग गरिरहेका थिए। त्यसै क्रममा उनी अचानक भुइँमा खसेका हुन्।
त्यसपछि उनी धुलो टक्टक्याउँदै उठेको दृश्य भिडिओमा देखिन्छ। हात्तीबाट खसे पनि उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।
पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुति दिन गएका सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका हुन्।
स्टेजमा प्रस्तुति दिन उक्लिएका सपुतलाई रामदेवले अँगालो हाल्दै नेपालका ठूला स्टारको रुपमा चिनाए। त्यस्तै रामदेवले संसारभर नेपाली समाजको गौरव बढाउन पनि सपुतलाई शुभकामना दिएका छन्।
सपुतले पनि यो प्रस्तुतिपछि यो सफलता आफ्नो लागि अमुल्य रहेको बताएका छन्।
उनले लेखेका छन्, 'दर्शकहरु माझ पुग्नुको आनन्द अरु केहि संग तुलना हुन सक्दैन। पछिल्लो ४ वर्ष मैले देशविदेशमा छरिएर रहनुभएका नेपालीहरुको अथाह माया प्रत्यक्ष महशुस गर्न पाएको छु। एउटा गायकर कलाकार का रुपमा गित र भिडियो मार्फत र एउटा पर्फमरका रुपमा स्टेज मार्फत आफ्नो क्षमता र क्षेत्र अनुसारको यो सफलता मेरो लागि अमुल्य छ। अकल्पनीय छ।'
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...