सन् २०२० लाई फर्केर हेर्दा
१७ पौष २०७७
•
५ मिनेट पाठ
सन् २०२० लाई फर्केर हेर्दा
अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ। विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ। सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो। कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन्। यस वर्षका मुख्य घटनाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ।  




कोरोना महामारी  

यस वर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो। यो यस वर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ। कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन। तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ। कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन। महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ। फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ।  

इयूबाट बोलायतको बहिर्गमन

लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ। जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो। पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो। यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ।  

ट्रम्पमय राजनीति  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो। गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे। दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस बर्षले टुंगो लगायो। उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए। निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले।। वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्‍यो।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो। सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए। त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागे। तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ। तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन।  

सलह आतंक

यस वर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो। विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो। कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो। सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो। त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो। यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ।  

ठूला दुःखद घटना  

यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो। जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो। इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो। खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका  थिए। लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो। अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए। आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्‍यो। आगलागीको असर अन्य देशहरुमा पनि पर्‍यो। विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो।

किमको मृत्युको हल्ला  

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो। दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए। उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए। सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उनी प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भएका थिए। उनको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ।  

अल विदा म्यारोडोना

फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्‍यो। उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए। सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए। खेल जगत्मा कतिपयले उनलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन्। म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए। उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।  

माथि उल्लेखित बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ। त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन्। धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए।
अर्को समाचार
सन् २०२०: कोरोनाभन्दा राजनीतिक तनावको वर्ष
१७ पौष २०७७
•
५ मिनेट पाठ
सन् २०२०: कोरोनाभन्दा राजनीतिक तनावको वर्ष
कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन। अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।  




अहिलेको कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली देशमा त्यतिबेला इतिहासकै सबैभन्दा बलियो सरकार चलाउँदै थिए। बिपी कोइराला, गिरिजाप्रसाद कोइरालापछि शक्तिशाली सरकारको प्रधानमन्त्री हुने मौका पाएका ओलीले गत वर्ष पनि भाषण गरिरहेका थिए– सरकारले काम गर्न खोज्दा अवरोध भयो। त्योभन्दा पनि बढ्ता दलभित्रै आफू कसरी बलियो हुने र सरकारमा कसरी टिकिरहने भन्नेतिर उनको ध्यान केन्द्रित थियो। यो एक वर्षको सोच र कामको परिणामस्वरूप नयाँ वर्ष सन् २०२१ को पूर्वसन्ध्यामा ओलीले नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित अवस्थामा छ।  

अहिलेको अन्योलपूर्ण समयमा यो दललाई ओली समूह र दाहाल–नेपाल समूहका रूपमा चित्रण गरिँदैछ। यसको भविष्यको फैसला बहादुर भवनले गर्ने नै छ।  

यो विषम परिस्थितिमा ओलीले आफूलाई शक्तिशाली प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनपछि कामचलाउमा झारेका छन्। उनले गरेको असंवैधानिक विघटनविरुद्ध सडकमा आन्दोलन सुरु भइसकेको छ। उनले नयाँ वर्षको पूर्वसन्ध्याअघि बुधबार बबरमहलस्थित पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘दाहाल–नेपालले काम गर्नै दिएनन्।’ अर्थात् राजनीति अब पार्टी कार्यालयबाट पार्टी प्यालेसमा ओर्लिएको छ। केही दिनअघि सोही पार्टी प्यालेसमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको यस्तै भेला भएको थियो। प्रकारान्तरले ओली त्यही ठाउँमा आएर आफ्नो राजनीतिको पुनर्पुष्टि गर्नुपर्ने अवस्थामा आइपुगेका छन्।  

दुई वर्षअघि पनि उनी काम गर्न नपाएको बताउँदै थिए, गत वर्ष पनि त्यसै भन्दै थिए र अहिले पनि त्यही गुनासो गरिरहेका छन्। एक वर्षमा ६ लाख २५ हजार ६ सय मिनेट हुन्छन्। काम गर्न नसक्ने र ढंग नपुग्ने सरकारका निम्ति समय चाल नपाएरै जान्छ। भनिन्छ, दिन बितेको थाहा हुँदैन, वर्ष बितेको मात्र थाहा हुन्छ। ओली सरकारका निम्ति एक वर्ष यसरी बित्यो, त्यसले आम नागरिकको जीवनमा रहेका तनाव घटाउने कुनै कामै गरेन। मुलुकमा नागरिक जीवनप्रति जिम्मेवार सरकार हुन्थ्यो भने अहिलेको जस्तो अवस्था आउने नै थिएन।

कोरोना महामारीमा परेका नागरिकले सरकारका अस्थिर नीतिको निरन्तर सामना गर्नुपर्‍यो। २०७४ मंसिर १० र २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्दा ७ अर्ब ८० करोड रूपैयाँ खर्च भएको थियो। पाँच वर्षसम्म प्रतिनिधिसभा चल्न पाएको भए अरू दुई वर्षपछि मात्र फेरि निर्वाचनका निम्ति मुलुकले खर्च जुटाउनुपर्ने थियो। तर प्रधानमन्त्रीको एकै सनकमा कोरोनाले थलिएको मुलुकले करिब १५ अर्ब रूपैयाँ जोरजाम गर्नुपर्ने अवस्था आएको छ।  

कोरोना महामारीमा परेका नागरिकको निःशुल्क उपचार गराउन आनाकानी गरेका कारण अहिले त्यसको परीक्षणसमेत हुन छाडेको छ। अदातलको आदेशपछि मात्र सरकारले निःशुल्क उपचार गराउने भनेको छ। अहिले आएर परीक्षणको दायरा कम गरेका कारण बिरामीको यथार्थ स्थिति अनुभव गर्न सकिएको छैन। आम नागरिकको स्वास्थ्य हितमा खर्च गर्न आनाकानी गर्ने सरकारले अनाहकमा निर्वाचन थोपरेर तनावमा पारेको छ।  

गत वर्ष यही बेला सुरु भएको कोरोना महामारीको असर विश्वव्यापी रूपमा फैलने क्रममा नेपाल आइपुग्न तीन महिनाजति लाग्यो। काम गर्ने सरकारका निम्ति तीन महिना अवधि कम्ती थिएन। यसबीच अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका विकासक्रम र त्यसबाट जोगिन भइरहेका कामबारे सरकारले आवश्यक समीक्षा गर्दै तयारी गर्न सक्ने थियो। २०७६ चैत ११ (मार्च २४) मा मुलुकमा बन्दाबन्दी सुरु हुँदा कोरोना संक्रमणका एकजना बिरामी फेला परेका थिए। वास्तवमा त्यो बन्दाबन्दी कोरोना संक्रमणभन्दा बढ्ता प्रधानमन्त्री ओलीको राजनीति प्रेरित रहेको तथ्य ढिलो गरी मुलुकले बुझ्न पायो। त्यो बन्दाबन्दी १ सय २० दिनसम्म चल्यो। तर कोरोना संक्रमण नियन्त्रणतर्फ मुलुकको ध्यान कम र दलभित्रको किचलोमा बढ्ता गयो।  

बन्दाबन्दीकै बीच मे महिना (२०७७ वैशाख २०) मा प्रधानमन्त्री ओलीले दल विभाजनको उद्देश्य र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीले ती अध्यादेश दलभित्रको आन्तरिक विवादका कारण फिर्ता लिनुपरे पनि यथार्थमा न सरकार न दलको ध्यान कोरोना संक्रमणतिर थियो। यही विवादका क्रममा असारदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठक भदौ २६ (सेम्टेम्बर ११) मा टुंगियो। यति लामो बैठकमा कहिल्यै कोरोना विषाणु नियन्त्रणबारे दलभित्र छलफल भएन। पूर्ण र आंशिक गरी पटकपटकको बन्दाबन्दी, उद्योग–व्यवसायमा आएको गतिरोध र स्वास्थ्य पूर्वाधारको अभावमा नागरिक निरन्तर समस्यामा रहँदासमेत आन्तरिक सत्ता संघर्षमा सरकारले बिताएको समयले यथार्थमै आम नागरिकमा वितृष्णाको स्थिति सिर्जना गरेको हो।

प्रधानमन्त्री ओलीले बेलाबेलामा भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिभिजनमा देखा परेर सम्बोधन गरेकै छेको पारेर यहाँ पनि सम्बोधन गर्ने गरेको देखिन्थ्यो। कुनै भरपर्दो योजना नहुँदा र केवल ‘हाँच्छ्युसाँच्छ्यु’ गर्ने र बेसारपानी खाएर कोरोना भगाउने सुझावले मात्र आम नागरिकलाई आश्वस्त पार्न सकेन। अहिले आएर कोरोना विषाणु अर्को स्वरूप परिवर्तन भई फैलिँदा बेलायतदेखि युरोपसम्म पुनः बन्दाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यो बेला हाम्रो मुलुक कोरोना नियन्त्रण भइसकेको जस्तो गरी खुला भइसकेको छ। स्वास्थ्य मापदण्ड पालना नगरी जनजीवन अगाडि बढिसकेको छ। यो अवस्थामा मुलुक भने प्रतिनिधिसभा विघटनको मुद्दा सडकदेखि अदालतसम्म पुगेको छ।  

यस्तो विषम परिस्थितिमा आम नागरिकलाई यसले थप पीडित तुल्याएको छ। प्रधानमन्त्रीको कुन झोंकमा परेर फेरि मुलुक अन्योलमा पर्ला भन्ने डर भइरहेको छ। ओलीले आफ्नो राजनीतिक अभीष्ट पूर्तिका लागि कोरोनाकै नाममा बन्दाबन्दी गर्नेदेखि संकटकाल लगाउनेसम्मका हर्कत हुन सक्छन्। कोरोनाबाट मुलुक ढिलोचाँडो बाहिर निस्केला तर राजनीतिको तनाव आम नागरिकका निम्ति लामो समयसम्म हुने देखिँदैछ। शान्ति र स्थिरताको जुन सपना आम नागरिकले देखेका थिए, त्यो सन् २०२० मा झन् धुमिल हुन पुगेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस