मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु
०३ साउन २०७९
•
१ मिनेट पाठ
मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु
मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ।




मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको जनाएको छ। साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ।

यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता संक्रमितहरुको संख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन्।

यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन्। 
अर्को समाचार
अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित
२७ वैशाख २०८१
•
२ मिनेट पाठ
अब पाठेघर मुख क्यान्सरविरुद्ध खोप नियमित
चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।




खोप आपूर्ति गर्ने अन्तर्राष्ट्रिय खोप अभियान (गाभी) ले पर्याप्त मात्रामा खोप दिने प्रतिबद्धता पत्र पठाएपछि खोप नियमित हुने देखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए।

महाशाखा प्रमुख डा. लालका अनुसार गाभीले दु्ई साताअघि नै प्रतिबद्धता पत्र पठाइसकेको छ। प्रतिबद्धता पत्र आएपछि खोप अभियानका लागि लाग्ने आवश्यक बजेटका लागि नयाँ बजेटमा प्रस्ताव गरी स्वास्थ्य मन्त्रालयलाई पठाइसकेको उनले बताए।

‘खोप अभियानका लागि थप बजेट आवश्यक पर्छ, त्यसका लागि बजेट माग गरेका हाैं’, उनले भने। प्रतिबद्धता पत्रअनुसार सबै किशोरीलाई पुग्ने गरी नयाँ आवभित्रै खोप आउने देखिएको छ।

तर एकै पटक पठाउने या किस्ता–किस्तामा पठाउनेबारे स्पष्ट गरी पत्रमा उल्लेख नगरिएको डा. लालले बताए। तर नयाँ आवभित्र सबै किशोरीलाई पुग्ने गरी नै खोप आउने गाभीको पत्रबाट बुझिएको उनले जानकारी दिए।

डा. लालका अनुसार यो खोप अभियानका लागि नेपाल सरकारको प्रयासस्वरूप गाभीले पठाउन लागेको हो। पाठेघरको क्यान्सरविरुद्धको खोप चालु आवमा भने सरकारले खरिद गरेर लिएको थियो।

दुई डोजका दरले दिइएको सो खोप २० हजार डोज थियो र करिब १० हजार जना किशोरीलाई दिइएको थियो। निःशुल्क दिइएको सो खोप सरकारले ४० लाख रूपैयाँ खरिद गरेको थियो।

आगामी वर्षदेखि चरण–चरणमा अभियानको रूपमा खोप दिइने र त्यसपछिका वर्षमा १० देखि १४ वर्षभित्रका किशोरीले नियमित लगाउने गरी सरकारले व्यवस्थापन गर्ने परिवार कल्याण महाशाखाले जनाएको छ।

‘नियमित खोप कार्यक्रममा समेट्ने गरी नै हामीले गृहकार्य गरिसकेका छौं,’ उनले भने। अन्य खोपकोे तुलनामा एचपिपिभी खोप खरिद मूल्य महँगो मानिन्छ।

तर महिलामा भयावह रूपमा बनेको पाठेघरको मुखको क्यान्सरविरुद्धको काम यसले गर्ने हुनाले सरकारले महँगो भए पनि नियमित खोपमा समावेश गर्न लागेको डा. लालले बताए। ‘यो खोप पूरा डोज लगाउँदा महँगो पर्छ तर खोप खरिद गर्न लाग्ने खर्चभन्दा पाठेघरको मुखको क्यान्सर भएमा लाग्ने खर्च अत्यन्त बढी भएकाले नियन्त्रणमै खर्च गर्नु उचित देखिएको हो,’ उनले भने।

चिकित्सकका अनुसार एचपिपी खोपले पाठेघरको मुखकाे क्यान्सर लाग्नबाट बचाउँछ। सन् २०२२ को तथ्यांकअनुसार नेपालमा दुई हजार २४४ जनामा पाठेघरको मुखको क्यान्सर भएको थियो।

ग्लोक्यानका अनुसार नेपालमा प्रतिदिन ६ जनाको पाठेघरको मुखको क्यान्सर पहिचान हुने गरेको छ। प्रजनन उमेर समूहका महिलामा असुरक्षित यौन सम्पर्कका कारण सर्ने भएकाले यो भाइरस यौनाङ्गमा पुग्नुअघि नै दिइन्छ।

नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप नियमित दिने तयारी भएको हो। यसअघि सरकारले सन् २०१६ र २०१७ मा चितवनमा नमुना खोप कार्यक्रम सञ्चालन गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस