सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव
१७ साउन २०७९
•
५ मिनेट पाठ
सभामुख पेलोसी मलेसियामा, ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा यहाँ आइपुगेको छ। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनाव बढाएको छ।  




सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे। साथै सभामुखद्वयबीच भेटवार्ता पनि भयो। सभामुख पेलोसीले  प्रधानमन्त्री इस्माइल साबरी याकोबसँगको दिवाभोजसहितको बैठक  स्थगन गरेको छ।  

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले  उनी आज राति ताइपेइ पुग्ने समाचार सार्वजनिक गरेका छन्। सभामुख पेलोसी ताइपेइ पुगेमा २५ वर्षभन्दा बढी समयपछि  त्यहाँको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुनेछ।

अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्र युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले उनी मलेसियाको भ्रमणपछि ताइपेइ पुग्ने र रात त्यही बिताउने कार्यक्रम रहेको खबर प्रकाशन गरेका छन्।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ।  बेइजिङले  सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ। चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ।  

अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै  चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको छ। राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताएको छ।

उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको स्मरण पनि गराइेको छ। सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताएको छ।  

लामो समयदेखि अभ्यासमा रहेको तथा अमेरिकी नीतिअनुरूप सभामुखको सम्भावित भ्रमणलाई बहाना बनाएर बेइजिङले कुनै प्रकारको सङ्कट खडा गर्ने वा ताइवान वा त्यसको वरपर आक्रामक सैन्य गतिविधि नबढाउने रूपमा विश्वास उनले व्यक्त गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सभामुख पेलोसीको भ्रमण अगाडि बढेको अवस्थामा चीनलाई जिम्मेवार ढङ्गले काम गर्न आग्रह गरेको  छ।

यदि उनले भ्रमण गर्ने निर्णय गरेमा चीनले कुनै प्रकारको सङ्कट सृजना गर्ने वा अन्यथा तनाव बढाउने प्रयास गरेमा त्यो पूर्ण रूपमा बेइजिङको जिम्मेवारी हुने बताएको छ। उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सभामुख पेलोसीलले ताइवान भ्रमण गर्ने निर्णय गरेमा जिम्मेवार भएर प्रस्तुत हुन र द्वद्व चर्काउने गतिविधि नबढाउन बेइजिङलाई अनुरोध गरिन्।  

अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने बताएका छन्। सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एकजना अमेरिकी अधिकारीले नौसेनाको विमान वाहक युएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएका बताएका छन्।

रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिङ्गापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए। सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन्। बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक  रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ।

बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो  स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन्। सभामुख पेलोसीले सोमबार सिङ्गापुरबाट एसियाली राष्ट्रको भ्रमण सुरु गरेकाे भएपनि उनको सम्भावित ताइवान भ्रमणले यस क्षेत्रमा सनसनी मच्चाएको छ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले पेलोसीसँगको वार्तामा क्षेत्रीय शान्ति र सुरक्षाका लागि स्थिर अमेरिका–चीन सम्बन्धमा जोड दिएको थियो। जापानका विदेशमन्त्री योशिमासा हयाशीले पनि सिङ्गापुरका प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै दुई प्रतिद्वन्द्वी शक्तिबीचको स्थिर सम्बन्ध अन्तर्राष्ट्रिय समुदायका लागि अति महत्वपूर्ण हुने बताएको छ।  

फिलिपिन्सले अमेरिका र चीनलाई यस क्षेत्रमा ‘जिम्मेवार नायक’ हुन आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता टेरेसिटा डाजाले थप तनावबाट जोगिन अमेरिका र चीनले निरन्तर सञ्चार सम्पर्क सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ।

बेइजिङमा कम्युनिस्ट शासन एकमात्र वैधानिक सरकार भएकोले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ्ग–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो।

आगामी बिहीबार सभामुख पेलोसीले दक्षिण कोरियाली राष्ट्रियसभाका सभामुख किम जिन प्योसँग एशिया–प्रशान्त क्षेत्रको सुरक्षा, आर्थिक सहयोग र जलवायु सङ्कटबारे सोलमा वार्ता गर्ने सभामुख किमको कार्यालयले जनाएको छ। सभामुख पेलोसी जापान भ्रमणमा पनि जानुहुनेछ यद्यपि उहाँ कहिले त्यहाँ पुग्नुहुन्छ भन्ने स्पष्ट खुलाइएको छैन।
अर्को समाचार
ताइवानको साथ नछाड्ने अमेरिकाको प्रतिबद्धता
१८ साउन २०७९
•
१ मिनेट पाठ
ताइवानको साथ नछाड्ने अमेरिकाको प्रतिबद्धता
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताईन्।  




राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको संरक्षणका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन्। अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन्।

राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकोमा  आभार व्यक्त गरे। उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएको टिप्पणी गरे।  

कम्युनिष्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ। उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ। साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले  कायम नै राखेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस