क्यालिफोर्नियाका २० हजार मतपत्र रोक्ने ट्रम्प प्रशासनको प्रयास अदालतबाट अस्वीकार
१० कार्तिक २०८३
•
४ मिनेट पाठ
क्यालिफोर्नियाका २० हजार मतपत्र रोक्ने ट्रम्प प्रशासनको प्रयास अदालतबाट अस्वीकार
अमेरिकाको संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियामा गैरनागरिक हुन सक्ने आशंका गरिएका व्यक्तिहरूका २० हजारभन्दा बढी हुलाकमार्फत प्राप्त मतपत्र रोक्न ट्रम्प प्रशासनले गरेको माग अस्वीकार गरेको छ।




नवौँ सर्किट पुनरावेदन अदालतका तीन न्यायाधीशको इजलासले सोमबार २–१ को बहुमतबाट अमेरिकी न्याय विभाग (डीओजे) को आपत्कालीन अपिल खारेज गरेको हो।

अदालतले तल्लो अदालतले मुद्दामा निर्णय गर्नुअघि नै पुनरावेदन अदालतले हस्तक्षेप गर्न नमिल्ने ठहर गरेको छ।

न्याय विभागले यस महिनाको सुरुवातमा क्यालिफोर्नियाका निर्वाचन अधिकारीहरूविरुद्ध मुद्दा दायर गर्दै संघीय सरकारले गैरनागरिक भएको आशंका गरेका व्यक्तिहरूसँग सम्बन्धित २० हजारभन्दा बढी मतपत्र गणना गर्न रोक लगाउन माग गरेको थियो।

तर, अदालतको बहुमतले संघीय सरकारको आपत्कालीन अवस्थासम्बन्धी दाबीलाई पर्याप्त आधार नभएको संकेत गरेको छ।

न्यायाधीश मार्क बेनेट र गेब्रियल सान्चेजले लेखेको निर्णयमा सरकार आफैँले मुद्दा दायर गर्न ढिलाइ गरेको र क्यालिफोर्नियाको निर्वाचन प्रक्रिया तथा कानुनी व्यवस्थालाई ध्यानमा नराखेको उल्लेख गरिएको छ।

बहुमतको निर्णयअनुसार मुद्दा अब क्यालिफोर्नियास्थित संघीय जिल्ला अदालतमा अघि बढ्नेछ। उक्त अदालतमा मंगलबार स्थानीय समयअनुसार दिउँसो ४ बजे सुनुवाइ तय गरिएको छ।

निर्वाचन सञ्चालन गर्ने अधिकार राज्यसँग

सुनुवाइका क्रममा न्यायाधीशहरूले निर्वाचन सञ्चालनसम्बन्धी अधिकार र संघीय सरकारको हस्तक्षेपको सीमाबारे प्रश्न उठाएका थिए।

न्यायाधीश बेनेटले अमेरिकी संविधानले निर्वाचन सञ्चालनमा राज्यहरूलाई महत्वपूर्ण अधिकार दिएको उल्लेख गर्दै संघीय सरकारले क्यालिफोर्नियाको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न खोज्नुको आधारबारे प्रश्न गरेका थिए।

उनले संघीय कानुनले निर्वाचन प्रशासनमा राज्यको प्राथमिक अधिकार समाप्त नगर्ने तर्कसमेत प्रस्तुत गरे। साथै, न्याय विभागले माग गरेअनुसार आदेश जारी गर्दा योग्य मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने चेतावनी दिए।

न्यायाधीश सान्चेजले पनि प्रस्तावित आदेशले निर्वाचनको बीचमै राज्यको नियम परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना गर्ने बताएका थिए।

उनका अनुसार यसले मतदाता र निर्वाचन अधिकारीबीच अन्योल बढाउनुका साथै निर्वाचन व्यवस्थापनमा अव्यवस्था निम्त्याउन सक्छ।

मतदाताको सूचीको विश्वसनीयतामाथि प्रश्न

सुनुवाइका क्रममा न्यायाधीश सान्चेजले संघीय सरकारले गैरनागरिक भएको आशंका गरेका मतदाताहरूको सूची कसरी तयार पारेको थियो भन्ने विषयमा पनि प्रश्न उठाए।

न्याय विभाग र गृह सुरक्षा विभागका अधिकारीहरूले पेस गरेका विवरणमा सूची तयार गर्न प्रयोग गरिएको तेस्रो पक्षको तथ्यांक र विश्लेषणबारे स्पष्ट जानकारी नभएको उनले औँल्याए।

न्याय विभागका वकिल म्याथ्यू डोनेलीले सूची तयार गर्ने प्रक्रियामा संलग्न तेस्रो पक्षहरूबारे आफूलाई पर्याप्त जानकारी नभएको बताएका थिए।

त्यसपछि सान्चेजले सूचीको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै सरकारको दाबी त्यसैमा निर्भर रहेको अवस्थामा थप प्रमाण आवश्यक पर्ने संकेत गरे।

क्यालिफोर्निया राज्यका वकिल स्यामुएल सिगेलले ट्रम्प प्रशासनले अत्यन्त पुरानो मतदाता सूचीबाट प्राप्त तथ्यांकमा भर परेको तर्क गरेका थिए।

संघीय सरकारले भने क्यालिफोर्नियाबाट खरिद गरिएको मतदाता सूचीलाई आधार बनाएर गैरनागरिक हुन सक्ने व्यक्तिहरू पहिचान गरिएको जनाएको थियो।

न्यायाधीश सान्चेजले पर्याप्त तथ्यगत विषयको जाँचबिनै केही घण्टाभित्र निषेधाज्ञा जारी गर्नुपर्ने सरकारी मागमाथि पनि प्रश्न उठाएका थिए।

राज्यले निर्णयको स्वागत गर्‍यो

क्यालिफोर्निया राज्य र लस एन्जलस काउन्टीका प्रतिनिधिहरूले निर्वाचन सञ्चालन गर्ने अधिकार मुख्यतः राज्यको भएको तर्क गरेका थिए।

उनीहरूले संघीय सरकारको दाबी अविश्वसनीय मतदाता सूचीमा आधारित रहेको र निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने बताएका थिए।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार अदालतको निर्णयको स्वागत गरे। उनले यो निर्णयलाई राज्यका नागरिकको मतदान अधिकार र निष्पक्ष तथा सुरक्षित निर्वाचन सञ्चालन गर्ने राज्यको अधिकारको संरक्षणतर्फ महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

असहमति जनाउने न्यायाधीशको फरक तर्क

ट्रम्पद्वारा नियुक्त न्यायाधीश प्याट्रिक बुमाटेले भने बहुमतको निर्णयमा असहमति जनाए। उनले संघीय सरकारसँग संघीय निर्वाचनको अखण्डता जोगाउन र गैरनागरिकलाई मतदान गर्नबाट रोक्न आवश्यक कदम चाल्ने अधिकार रहेको तर्क गरे।

उनका अनुसार संघीय कानुन र संविधानले सम्भावित गैरकानुनी मतदान रोक्न संघीय सरकारलाई हस्तक्षेप गर्ने आधार दिन्छ।

सुनुवाइका क्रममा बुमाटेले क्यालिफोर्नियाले मतदाताको नागरिकता कसरी प्रमाणित गर्छ भन्नेबारे राज्यका वकिलहरूसँग प्रश्न गरेका थिए।

उनले मतदाताको नागरिकता प्रमाणित गर्न भन्नु असाधारण माग नभएको तर्कसमेत गरेका थिए।

राज्यका वकिल सिगेलले भने संघीय सरकारले हस्तक्षेप गर्न खोजेको तरिका नै विवादको मुख्य विषय भएको जवाफ दिएका थिए।

अदालतको पछिल्लो निर्णयले ट्रम्प प्रशासनको तत्कालीन मागलाई अघि बढ्नबाट रोकेको छ। यद्यपि, यसले मुद्दाको अन्तिम टुंगो लगाएको छैन।

अब जिल्ला अदालतमा हुने सुनुवाइले संघीय सरकारको माग र क्यालिफोर्नियाको निर्वाचन प्रक्रियासम्बन्धी विवादको आगामी दिशा निर्धारण गर्नेछ।
अर्को समाचार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
११ घण्टा अघि
•
१ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।




अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।

बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।

उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्‍याउनु हो।

मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।

यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्‍यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।

अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस