जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार
२५ कार्तिक २०८३
•
२ मिनेट पाठ
जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार
जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ। 




रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा बढाउन र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला यस्तो तथ्य सार्वजनिक भएको हो। जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ।

मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्यवहार भोगेका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको छ। कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिक यस्तो दुर्व्यवहारबाट बढी प्रभावित भएको उनले बताए।

पुरुष सैनिकमध्ये भने विपरीत लिंगीप्रति आकर्षित नहुनेहरू बढी दुर्व्यवहारको सिकार भएको सर्वेक्षणले देखाएको छ।

‘बुन्डेसवेरमा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ,’ पिस्टोरियसले भने। उनले यस्तो समस्या समाधान गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि सार्वजनिक गरे।

सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन्। पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताए।

अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो। यो संख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो।

यसैबिच, ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छन्।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ। रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन्।

जर्मनीले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ।

सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक संख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो। हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ। एजेन्सी
अर्को समाचार
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
२८ मिनेट अघि
•
१ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
काठमाडौं। चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।




उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ११ बजेर ५३ मिनेटमा ती उपग्रह प्रक्षेपण गरिएको हो।

चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्।

प्रक्षेपणपछि सबै उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन्। चिनियाँ अधिकारीहरूले यस प्रक्षेपण अभियानलाई पूर्ण रूपमा सफल भएको बताएका छन्।

यस अभियानले चीनको अन्तरिक्ष प्रविधि तथा उपग्रह प्रक्षेपण क्षमतामा थप प्रगति भएको संकेत गरेको छ।

अन्तरिक्षमा आधारित क्लाउड प्रविधिको परीक्षणले भविष्यमा अन्तरिक्षबाट सूचना तथा तथ्याङ्क सङ्कलन, प्रशोधन र सञ्चारसम्बन्धी प्रविधिको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैगरी, एयरस्याट–१२ र एयरस्याट–१३ उपग्रह पनि चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत प्रक्षेपण गरिएका छन्।

यो प्रक्षेपणसँगै लङ मार्च रकेट शृङ्खलाले आफ्नो ६८३औँ उडान अभियान पूरा गरेको छ। चीनले पछिल्लो समय अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रविधि र अन्तरिक्ष पूर्वाधारको विकासलाई तीव्रता दिँदै आएको छ।सिन्ह्वा
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
यो पनि पढौँ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस