भारतीय अर्बपति अडानीविरुद्धको ठगी मुद्दा खारेज
२६ साउन २०८३
•
३ मिनेट पाठ
भारतीय अर्बपति अडानीविरुद्धको ठगी मुद्दा खारेज
अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गरेका छन्।




ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गरेका हुन्।

अदालती अभिलेखअनुसार अभियोजकहरूले गत मेमा सन् २०२४ मा अडानीले भारतीय अधिकारीलाई आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्न २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजनामा संलग्न भएको आरोप खारेज गर्न अनुरोध गरेका थिए। न्यायाधीश गाराउफिसले सोही अनुरोधलाई औपचारिक रूपमा स्वीकृति दिएका हुन्।

अमेरिकी न्याय मन्त्रालयले मुद्दा खारेज गर्ने निर्णय गरे पनि त्यसको प्रक्रियाप्रति न्यायाधीश गाराउफिसले असन्तुष्टि जनाए।

उनले ट्रम्प प्रशासनका डेपुटी एसोसिएट अटर्नी जनरल ट्रेन्ट म्याककोटरले मुद्दा खारेज गर्ने निर्णयमा सम्बन्धित अनुसन्धानकर्ता र अभियोजकबाट पर्याप्त सुझाव नलिएको विषयलाई असामान्य बताएका हुन्।

न्यायाधीश गाराउफिसले अदालतको आदेशमा म्याककोटरले प्रतिरक्षा पक्षका वकिलसँगको सहकार्यमा निर्णयमा पुगेको देखिनु तथा कथित अपराधको अनुसन्धान गर्ने एफबीआई र अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसइसी) का अधिकारी एवं मुद्दा अघि बढाउने अभियोजकबाट आवश्यक जानकारी नलिनु अत्यन्त असामान्य देखिएको उल्लेख गरे।

यसअघि अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत रहेका अडानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको बताए।

मुद्दाका न्यायाधीशले अडानी पक्षबाट गरिएको भनिएको लगानी प्रतिबद्धता अमेरिकी सरकारको अभियोजन खारेज गर्ने निर्णयको कुनै कारण बनेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठाएका थिए।

सङ्घीय कानूनी प्रणालीमा अभियोजन पक्षले अदालतमा दर्ता भइसकेको गम्भीर मुद्दा यसरी खारेज गर्न खोज्नु दुर्लभ मानिन्छ।

तर न्यायाधीश गाराउफिसले अन्ततः उक्त लगानीको प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको आधार नभएको निष्कर्ष निकालेका थिए।

अमेरिकी अभियोजकहरूले सन् २०२४ मा अडानी र उहाँसँग सम्बन्धित व्यक्तिहरूविरुद्ध भारतमा सौर्य ऊर्जा परियोजनासम्बन्धी आकर्षक सम्झौता हात पार्न अधिकारीलाई घुस दिने योजना बनाएको आरोप लगाएका थिए।

उनीहरूमाथि लगानीकर्तालाई भ्रममा पार्ने तथा अमेरिकी वित्तीय बजारसँग सम्बन्धित कानून उल्लङ्घन गरेको आरोपसमेत लगाइएको थियो।

मुद्दा खारेज भएपछि अडानीले अमेरिकी अदालतको निर्णयको स्वागत गरे। उनले सामाजिक सञ्जालमा अमेरिकी अदालतको फैसलालाई विनम्रतापूर्वक र न्यायिक प्रक्रियाप्रति गहिरो सम्मानका साथ स्वीकार गरेको बताए।

उनले चुनौतीपूर्ण अवधिमा आफूहरूको सत्य, निष्पक्षता र विधिको शासनप्रतिको विश्वास अटल रहेको पनि उल्लेख गरे।

अडानी समूह भारतको सबैभन्दा ठूलो व्यापारिक समूहहरूमध्ये एक हो। समूहले बन्दरगाह, विद्युत् आयोजना, सिमेन्ट कारखाना, ऊर्जा तथा सञ्चारमाध्यमलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

भारतका धनी उद्योगपतिमध्ये एक अडानी पछिल्ला वर्षमा कर्पोरेट ठगीसम्बन्धी आरोप र कम्पनीका शेयर मूल्यमा आएको ठूलो गिरावटका कारण विवादमा रहेका थिए।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा समेत चिनिन्छन् र प्रधानमन्त्री मोदीकै गृह राज्य गुजरातका पनि हुन्।

अडानी सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पका मुखर समर्थकसमेत रहँदै आएका छन्। अमेरिकी अदालतको पछिल्लो निर्णयसँगै उनीविरुद्ध अमेरिकामा चलिरहेको उक्त आपराधिक अभियोजन औपचारिक रूपमा अन्त्य भएको छ।
अर्को समाचार
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
९ मिनेट अघि
•
१ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
काठमाडौं। भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। उनको घोषणाले बंगलादेशको अन्तरिम सरकारलाई चुनौती थपेको छ भने भारतलाई समेत कूटनीतिक दबाबमा पारेको छ।




सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि देश छाडेर नयाँदिल्ली पुगेकी ७९ वर्षीया हसिनाले अबको १९ दिनमा बंगलादेश फर्किने बताएकी हुन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा मनाइने विजय दिवसकै दिन फर्किने घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

हसिनाका निकट सहयोगीका अनुसार उनी दिल्लीबाट विमानमार्फत फर्किने योजनामा छिन्। त्यसका लागि बंगलादेश सरकारसँगै विमानको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले व्यवस्था नगरे व्यावसायिक उडान वा स्थलमार्ग हुँदै सीमा पार गरेर भए पनि फर्किने उनको योजना रहेको सहयोगी अबु ओबैदा अरिनले बताएका छन्।

‘उनी त हिँडेरै बंगलादेश प्रवेश गर्न पनि तयार छिन्,’ अरिनले बीबीसीसँग भनेका छन्। तर हसिनाको स्वदेश फिर्ती सहज छैन। मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ। बंगलादेश सरकारले फर्किएलगत्तै पक्राउ गरी सजाय कार्यान्वयन गर्ने बताउँदै आएको छ।

हसिनाको घोषणाप्रति ढाकाले कडा प्रतिक्रिया जनाएको छ। बंगलादेशले भारतसँग उनको सुपुर्दगी माग दोहो¥याएको छ। विदेश राज्यमन्त्री हुमायुन कबिरले उनी सामान्य यात्रुका रूपमा फर्किन नसक्ने भन्दै हत्कडी लगाएर मात्रै ल्याउन सकिने बताएका छन्। भारतको विदेश मन्त्रालयले सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ।

राजनीतिक प्रभाव फर्काउने रणनीति
हसिनाको फिर्ती घोषणालाई बंगलादेशमा केवल स्वदेश फर्किने इच्छाका रूपमा मात्र हेरिएको छैन। यसलाई सरकारको नियन्त्रण क्षमता परीक्षण गर्ने, राजनीतिक बहसको केन्द्रमा पुनः आउने र आन्दोलनबाट बनेको राजनीतिक एकतामा देखिएको विभाजनको फाइदा उठाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगलाई सक्रिय राख्ने प्रयास गरिरहेकी छन्। सहयोगी अरिनका अनुसार उनले टेलिग्राममार्फत पार्टीका नेता तथा कार्यकर्तासँग नियमित संवाद गर्दै आएकी छन्। पछिल्लो १८ महिनामा तीन सयभन्दा बढी अडियो बैठक गरेको र ती बैठक ६४ जिल्ला तथा तीन सय निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेको उनको दाबी छ।

हसिना फर्किने क्रममा सीमादेखि ढाकासम्म पाँच लाख मानिस परिचालन गरेर मानव साङ्लो बनाउने तयारी रहेको पनि सहयोगीको दाबी छ। तर अवामी लिग प्रतिबन्धित अवस्थामा छ। पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन्। कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दर्ता भएका छन्। द्वन्द्व अनुगमन गर्ने संस्था एसिएलइडीका अनुसार यसै महिना अवामी लिग समर्थकले ४० प्रदर्शन र १४० भन्दा बढी दंगा गरेका छन्। राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा प्रहरी कार्यालय, सवारीसाधन र राजनीतिक नेताका घर तथा कार्यालयमा आक्रमणका घटना भएका छन्।

भारतलाई कूटनीतिक अप्ठ्यारो
हसिनाको घोषणाले भारतलाई पनि अप्ठ्यारोमा पारेको छ। भारतले उनलाई शरण दिएको छ भने उनले भारतीय भूमिबाट दिएका राजनीतिक अभिव्यक्तिले ढाकाको असन्तुष्टि बढाएको छ। बंगलादेशले सुपुर्दगी माग गरिरहे पनि भारतले यस विषयमा ठोस निर्णय गरेको छैन। व्यापार, सीमा सुरक्षा र पारवहनलगायत विषयमा सम्बन्ध सुधारको प्रयास भए पनि दुई देशबिच अविश्वास कायम छ।

लन्डनस्थित एसओएएस विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार हसिनाको घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ। भारतले बंगलादेशको नयाँ सरकारसँग सम्बन्ध सुधारका लागि प्रयास गरे पनि अपेक्षित परिणाम नआएपछि निराश भएको उनको विश्लेषण छ।

अवामी लिगलाई बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिर राख्नु भारतको हितमा नहुने पालीवालको तर्क छ। पार्टीको सामाजिक र राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन समाधान हुन सक्ने उनको धारणा छ। तर बंगलादेशमा भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजेको आशंका बढिरहेको छ। हसिनाको सुपुर्दगी टुंगोमा नपुग्नु, पारवहन सुविधासम्बन्धी विषय र गंगा नदीको जल बाँडफाँट सन्धिमा प्रगति नहुनुले पनि भारतप्रतिको अविश्वास बढाएको छ।

विश्लेषकहरूका अनुसार हसिना तत्काल फर्किने सम्भावना कम भए पनि उनको घोषणाले अवामी लिगका कार्यकर्तालाई उत्साहित बनाएको छ। उनी फर्किएमा राजनीतिक मेलमिलापभन्दा द्वन्द्व थप चर्किन सक्ने जोखिम पनि छ। यसले भारत र बंगलादेशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिन्छ। (बिबिसीमा आधारित)
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस