फ्रान्स आन्दोलनको ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ नारा जर्मनीसम्म फैलियो, यसको अर्थ के हो ?
०५ कार्तिक २०८३
•
५ मिनेट पाठ
फ्रान्स आन्दोलनको ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ नारा जर्मनीसम्म फैलियो, यसको अर्थ के हो ?
फ्रान्समा विद्यार्थी आन्दोलनका क्रममा ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ भन्ने अनौठो वाक्यांश सामाजिक सञ्जालमा भाइरल बनेको छ।




जेन–जेड पुस्ताका विद्यार्थी तथा प्रदर्शनकारीहरूले प्रहरी र सुरक्षा अधिकारीहरूको सम्भावित घुसपैठको खिल्ली उडाउन यो वाक्यांश प्रयोग गरिरहेका छन्।

फ्रान्सबाट सुरु भएको यो नारा बेल्जियम र जर्मनीसम्म पुगेको छ भने यसको चर्चा अन्य देशमा पनि हुन थालेको छ।

पहिलो नजरमा धार्मिक र फ्रान्सेली शब्द मिसिएको जस्तो देखिने यो वाक्यांशको खास भाषिक अर्थभन्दा पनि यसको प्रयोग पछाडिको व्यङ्ग्यले बढी चर्चा पाएको छ।

विद्यार्थीहरूले यसलाई युवाहरूको भाषा र व्यवहार नबुझ्ने अधिकारीहरूमाथि व्यङ्ग्य गर्न प्रयोग गरेका हुन्।

‘बिस्मिल्लाह, से ले टेनेब्रे’ को अर्थ के हो?

‘बिस्मिल्लाह’ अरबी भाषाको शब्द हो, जसको अर्थ ‘अल्लाहको नाममा’ भन्ने हुन्छ। त्यस्तै, ‘से ले टेनेब्रे’ फ्रान्सेली शब्दहरूको संयोजन हो, जसलाई  ‘यो अन्धकार हो’ भनेर बुझ्न सकिन्छ।

यी दुईलाई सँगै राख्दा यसको लगभग अर्थ ‘अल्लाहको नाममा, यो अन्धकार हो’ हुन्छ। तर, यो स्वाभाविक फ्रान्सेली अभिव्यक्ति होइन। शब्दहरूको अस्वाभाविक संयोजन र वाक्यको अनौठो संरचनाका कारण यो वाक्यांश आफैँमा हास्यास्पद सुनिन्छ।

यही अस्वाभाविक भाषाशैली यसको लोकप्रियताको मुख्य कारण बनेको छ। प्रदर्शनकारीहरूले यसलाई अधिकारीहरूले युवाहरूको भाषा नक्कल गर्न खोज्दा देखिने कृत्रिमता र अपरिचितपनमाथि व्यङ्ग्य गर्ने माध्यम बनाएका छन्।

स्न्याप च्याटबाट सुरु भएको चर्चा

‘द न्यूयोर्क टाइम्स’को रिपोर्टअनुसार यो वाक्यांशको चर्चा सामाजिक सञ्जाल स्न्याप च्याटबाट सुरु भएको थियो। गत महिना विद्यार्थी आन्दोलनका आयोजकहरूको निजी च्याट समूहमा प्रवेश गर्न आग्रह गर्दै एक व्यक्तिले विभिन्न मानिसहरूलाई स्न्यापच्याट सन्देश पठाएका थिए।

ती सन्देशमा उनले ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ लेखेका थिए। त्यसपछि उनले ‘हामी सबै कुरा तोड्नेछौँ’ भन्ने आशयको सन्देश पनि पठाएका थिए।

ती सन्देश पठाउन उनले मामादौ र अब्देलहलगायत विभिन्न नाममा धेरै प्रोफाइल बनाएका थिए। केही प्रोफाइलमा अल्जेरियाको झण्डासम्बन्धी इमोजीसमेत राखिएको थियो।

सन्देशको भाषा, शब्दहरूको संयोजन र आक्रामक शैली धेरै स्न्यापच्याट प्रयोगकर्तालाई अनौठो लाग्यो। उनीहरूले ती सन्देशको स्क्रिनसट लिएर सामाजिक सञ्जालमा साझा गर्न थाले। त्यसपछि यो वाक्यांश व्यापक चर्चामा आयो।

प्रहरीमाथि शंका, प्रदर्शनकारीबाट व्यङ्ग्य

सन्देश प्राप्त गर्ने धेरै युवाले ती सन्देश प्रहरी वा सुरक्षा अधिकारीहरूले पठाएको हुन सक्ने आशङ्का गरेका थिए। उनीहरूका अनुसार, अधिकारीहरूले युवाहरूको नक्कल गरेर विद्यार्थी आन्दोलनका निजी समूहमा प्रवेश गर्न र आन्दोलनबारे भित्री जानकारी सङ्कलन गर्न खोजिरहेका हुन सक्छन्।

तर, सन्देशमा प्रयोग गरिएको भाषा र त्यसको अस्वाभाविक शैलीले पठाउने व्यक्तिको पहिचान तथा उद्देश्यबारे थप प्रश्न उठायो।  

युवाहरूले ती सन्देशलाई सम्भावित घुसपैठको प्रयासका रूपमा मात्र नभई अधिकारीहरूले नयाँ पुस्तालाई नबुझेको उदाहरणका रूपमा पनि हेर्न थाले।

त्यसपछि प्रदर्शनकारीहरूले ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ भन्ने वाक्यांश प्रयोग गरेर प्रहरी र सुरक्षा निकायको खिल्ली उडाउन थाले। सामाजिक सञ्जालमा फैलिएको यो अभिव्यक्ति बिस्तारै प्रदर्शनस्थलमा पनि सुनिन थाल्यो र आन्दोलनको एउटा चर्चित नारा बन्यो।

फ्रान्सेली विद्यार्थी संगठनकी प्रवक्ता सब्रीन खारबाखले पनि यो वाक्यांश युवाहरूको स्वाभाविक बोली नभएको बताएकी छन्। उनले आन्दोलनबारे भित्री जानकारी प्राप्त गर्न युवाहरूबीच घुसपैठ गर्न खोज्ने व्यक्तिहरूको मजाक उडाउन यो अभिव्यक्ति प्रयोग गरिएको बताइन्।

फ्रान्सबाट बेल्जियम र जर्मनीसम्म फैलियो

सुरुमा फ्रान्सेली विद्यार्थी आन्दोलनसँग जोडिएको यो नारा अहिले बेल्जियम र जर्मनीका युवाहरूले पनि विरोध प्रदर्शनमा प्रयोग गर्न थालेका छन्।

सामाजिक सञ्जालमार्फत फैलिएको यस अभिव्यक्तिले विभिन्न देशका युवाबीच समान प्रकारको व्यङ्ग्यात्मक विरोधको रूप लिएको छ।

विद्यार्थीहरूका लागि यो नारा कुनै स्पष्ट राजनीतिक सन्देशभन्दा पनि सरकार, सुरक्षा निकाय र नयाँ पुस्ताबीचको दूरी देखाउने माध्यम बनेको छ।

युवाहरूको भाषा, संस्कृति र डिजिटल व्यवहार नबुझ्ने अधिकारीहरूले उनीहरूकै शैली अपनाउन खोज्दा कस्तो अवस्था उत्पन्न हुन सक्छ भन्ने कुरा यसले व्यङ्ग्यात्मक रूपमा देखाउँछ।

किन भइरहेको छ विद्यार्थी आन्दोलन ?

फ्रान्समा विद्यार्थीहरूको विरोध प्रदर्शन गत महिना सुरु भएको थियो। विद्यार्थीहरूले जीर्ण विद्यालय भवनको मर्मत, शिक्षकको अभाव समाधान, कक्षाकोठामा विद्यार्थीको सङ्ख्या घटाउने तथा शैक्षिक दबाब कम गर्नेलगायतका माग अघि सारेका थिए।

विद्यार्थीहरूका अनुसार विद्यालयको भौतिक अवस्था सुधार्नु, पर्याप्त शिक्षकको व्यवस्था गर्नु र सिकाइको वातावरण सहज बनाउनु आवश्यक छ। यी मागसँगै शैक्षिक प्रणालीमा देखिएका समस्याप्रति असन्तुष्टि पनि प्रदर्शनमा व्यक्त भएको थियो।

तर, आन्दोलनका क्रममा केही स्थानमा हिंसात्मक घटना भएका थिए। आन्दोलनमा कम्तीमा २४ वटा विद्यालयमा आगजनी वा तोडफोड गरिएको थियो। यसै अवधिमा करिब आठ हजार मानिस पक्राउ परेको बताइएको छ।

आन्दोलनमा विद्यार्थीबाहेक मजदुर संगठन र अन्य समूह पनि सहभागी भएका थिए। विद्यार्थीहरूको शैक्षिक मागबाट सुरु भएको असन्तुष्टि विस्तारै अन्य सामाजिक तथा आर्थिक मुद्दासँग जोडियो। त्यसपछि मुद्रास्फीतिविरुद्धका विरोध प्रदर्शनसमेत सुरु भए।

नाराभन्दा ठूलो छ यसको सन्देश

‘बिस्मिल्लाह, से ले टेनेब्रे’ को लोकप्रियता यसको शाब्दिक अर्थमा मात्र सीमित छैन। यो सामाजिक सञ्जालबाट जन्मिएको यस्तो व्यङ्ग्य हो, जसले आन्दोलनकारी युवाहरू र उनीहरूलाई निगरानी गर्न खोज्ने निकायबीचको अविश्वासलाई उजागर गरेको छ।

विद्यार्थीहरूले यसलाई प्रहरीको खिल्ली उडाउन प्रयोग गरे पनि यसको पछाडि युवाहरूको पहिचान, डिजिटल संस्कृतिको बुझाइ र आन्दोलनमा बाहिरी हस्तक्षेपको आशङ्काजस्ता विषय जोडिएका छन्।

फ्रान्सेली विद्यार्थी आन्दोलनका क्रममा जन्मिएको यो अनौठो वाक्यांश अहिले एउटा सामान्य सामाजिक सञ्जाल पोस्टभन्दा धेरै अगाडि बढिसकेको छ।

यसको लोकप्रियताले नयाँ पुस्ताले विरोध व्यक्त गर्न परम्परागत नाराभन्दा हास्य, व्यङ्ग्य र भाइरल भाषालाई समेत प्रभावकारी माध्यम बनाउन थालेको सङ्केत गर्छ।
अर्को समाचार
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
५ मिनेट अघि
•
१ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
काठमाडौं। स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ। डुंगाको इन्जिन बिग्रिएपछि करिब १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए।




यस अवधिमा डुंगामा रहेको खाना र पानी सकिएपछि धेरैको ज्यान गएको हो। घटनामा ६ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ।

डुंगामा सवार अन्य व्यक्तिहरूको पनि उद्धार गरिएको छ। उक्त डुंगाले पश्चिम अफ्रिकी देश गाम्बियाबाट युरोप पुग्ने प्रयास गरिरहेका प्रवासीहरूलाई बोकेको थियो।

७२ किलोमिटर टाढाबाट डुंगा तानेर बन्दरगाह पुर्‍याइयो

स्पेनको समुद्री उद्धार टोलीले क्यानरी टापुको एल हिएरो द्वीपबाट करिब ७२ किलोमिटर दक्षिणमा उक्त डुंगा फेला पारेको थियो। त्यसपछि डुंगालाई तानेर ला एस्टाका बन्दरगाह पुर्‍याइएको थियो।

त्यस्तै, अर्को डुंगाबाट उद्धार गरिएका प्रवासीहरू सुरक्षित रूपमा एल हिएरो द्वीपको ला रेस्टिङ्गा बन्दरगाह पुगेका थिए। त्यहाँ प्रवासीहरूको बसोबास र उपचारका लागि केन्द्र स्थापना गरिएको छ।

युरोप प्रवेशको प्रमुख मार्ग हो क्यानरी टापु

क्यानरी टापु एट्लान्टिक महासागरमा अफ्रिकाको उत्तरपश्चिमी तटनजिकै अवस्थित छ। यो स्पेनको भूभाग हो। पश्चिम अफ्रिकाका विभिन्न देशबाट प्रवासीहरू समुद्री मार्ग हुँदै यहाँ पुग्ने प्रयास गर्छन्। यहाँ पुगेपछि उनीहरू स्पेन तथा युरोपेली संघमा प्रवेश गर्छन्।

सन् २०२४ मा ४६ हजारभन्दा बढी प्रवासी क्यानरी टापु पुगेका थिए। यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या थियो। त्यसपछि समुद्री निगरानी बढाउनुका साथै अन्य देशसँग सहकार्य गरिएपछि प्रवासीको संख्या घटेको थियो।

एकै दिन २१ सय प्रवासी पुगे

अक्टोबरदेखि क्यानरी टापुमा प्रवासी पुग्ने क्रम फेरि बढ्न थालेको छ। यही साता एकै दिन २१ सय जना प्रवासी त्यहाँ पुगेका थिए। तीमध्ये अधिकांश एल हिएरो द्वीपमा ओर्लिएका थिए। उक्त द्वीपको जनसंख्या करिब ११ हजार ४०० छ।

यसै महिनाको सुरुवातमा अधिकारीहरूले त्यहाँ आपत्कालीन अवस्था घोषणा गरेका थिए। नोभेम्बर १४ मा एकै दिन करिब १५ सय प्रवासीको उद्धार गरिएको थियो।

स्पेनको निर्वाचनमा पनि प्रवासीको मुद्दा प्रमुख

प्रवासीहरूको मृत्यु भएको यो घटना स्पेनको आम निर्वाचनभन्दा दुई दिनअघि सार्वजनिक भएको हो। आइतबार त्यहाँ निर्वाचन हुँदैछ। निर्वाचन प्रचारका क्रममा प्रवासी आगमनको विषय प्रमुख मुद्दा बनेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले प्रवासीको आगमनलाई अर्थतन्त्रका लागि लाभदायक बताउँदै आएका छन्। यता दक्षिणपन्थी दलहरूले प्रवासी आगमनमा कडा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन्।

अफ्रिकाबाट निस्किएको अर्को डुंगा पनि बेपत्ता

अफ्रिकी देश सेनेगलबाट स्पेन जाने क्रममा निस्किएको अर्को डुंगा पनि बेपत्ता भएको छ। उक्त डुंगामा युवा माछा मार्ने कामदारसहित करिब १७२ जना सवार थिए।

डुंगा नोभेम्बर ९ वा १० मा सेनेगलको तटीय क्षेत्र यफबाट प्रस्थान गरेको थियो। दुई साताभन्दा बढी समय बितिसक्दा पनि डुंगाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। स्थानीय बासिन्दाले डुंगाको खोजीका लागि बृहत् अभियान सञ्चालन गर्न माग गरेका छन्।

स्थानीय नेताहरूका अनुसार आर्थिक अभाव र माछा मार्ने काममा अवसर घट्दै गएपछि युवाहरू जोखिम मोलेर युरोप पुग्ने प्रयास गरिरहेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस