इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र, अरब दल निर्णायक
१९ कार्तिक २०८३
•
४ मिनेट पाठ
इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सी तीव्र, अरब दल निर्णायक
इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र बनेको छ। विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनसहित प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनाउने प्रयास गरिरहेका छन् भने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि सत्तामा फर्किने रणनीतिमा जुटेका छन्।




राष्ट्रपति इसाक हर्जोगसँग दुई दिनको छलफलपछि आइजेनकोटले ५६ सांसदको समर्थन प्राप्त गरेका छन्। यता नेतान्याहूलाई ४६ सांसदले सरकार गठनका लागि सिफारिस गरेका छन्। 

धार्मिक दल युनाइटेड टोरा जुडाइजम (यूटीजे) ले भने कुनै पनि उम्मेदवारलाई समर्थन नगरेपछि सरकार गठनको समीकरण थप जटिल बनेको छ।

राष्ट्रपति हर्जोगले राजनीतिक दलहरूलाई देशलाई पुनः निर्वाचनमा जानबाट रोक्न आफ्ना केही सर्त र प्रतिबद्धताहरू त्याग्न आग्रह गरेका छन्। उनले सरकार गठनका लागि सहमति र लचकता आवश्यक रहेको संकेत गरेका छन्।

नेतान्याहूविरुद्ध विपक्षी नेताहरू एकजुट

चुनावपछि नोभेम्बर ३ मा नेतान्याहूका चार प्रमुख विपक्षी नेता गादी आइजेनकोट, नाफ्ताली बेनेट, यायर लापिड र यायर गोलनले हर्जलियामा बैठक गरेका थिए।

बैठकमा नेतान्याहूलाई सत्ताबाट हटाएर नयाँ सरकार गठन गर्ने विषयमा साझा रणनीति बनाउने सहमति भएको थियो। उनीहरूले राष्ट्रिय आपतकालीन सरकार गठनको प्रस्तावसमेत अघि सारेका छन्।

प्रस्तावित सरकारका चार प्रमुख आधार तय गरिएको छ। इजरायललाई यहूदी तथा लोकतान्त्रिक राष्ट्रका रूपमा कायम राख्ने, स्वतन्त्रताको घोषणामा उल्लेखित सिद्धान्तहरूको पालना गर्ने, सबै नागरिकका लागि सैन्य सेवासम्बन्धी व्यवस्था अघि बढाउने तथा हमासको सैन्य क्षमता र गाजामा उसको शासन अन्त्य गर्ने प्रयास गर्ने।

तर यी चार नेतासँग जम्मा ४८ सिट मात्रै छन्। बहुमतका लागि थप १३ सांसदको समर्थन आवश्यक पर्ने भएकाले अरब दलहरूको भूमिका निर्णायक बन्ने देखिएको छ।

अरब दलको समर्थन निर्णायक

राष्ट्रपति हर्जोगसँगको परामर्शमा धार्मिक दक्षिणपन्थी दल शास र धार्मिक जायोनिज्मले नेतान्याहूलाई सरकार गठनका लागि सिफारिस गरेका छन्। जेहुत पार्टीले पनि उनको समर्थन गरेको छ।

यता एभिग्डोर लिबरम्यान नेतृत्वको इजराइल बेटेनुले आइजेनकोटलाई समर्थन गरेको छ। अरब दल राुमले पनि उनलाई सरकार गठनका लागि सिफारिस गरेको छ। राुमका आठ सांसदको समर्थनसँगै आइजेनकोटको पक्षमा सिफारिस गर्ने सांसदको संख्या ५६ पुगेको हो।

तर चार सांसद रहेको यूटीजेअन्तर्गतको डेगेल हातोराह समूहले भने कुनै पनि उम्मेदवारलाई समर्थन गर्न अस्वीकार गरेको छ। पार्टीका धार्मिक नेताहरूले यस्तो निर्णय गरेका हुन्।

अरब दलसँग सहकार्यमा विपक्षीभित्रै मतभेद

इजरायली संसदमा अरब दलहरूको कुल १९ सिट छ। मन्सुर अब्बास नेतृत्वको राुमसँग आठ र संयुक्त सूचीसँग ११ सिट छन्।

राुमले आइजेनकोटलाई समर्थन गरिसकेको भए पनि संयुक्त सूचीले आफ्नो निर्णय सार्वजनिक गरेको छैन। दुवै अरब दलको समर्थन प्राप्त भए विपक्षी गठबन्धन बहुमत नजिक पुग्न सक्छ।

तर अरब दलसँग सहकार्य गर्ने विषयमा विपक्षी नेताहरूबीच मतभेद देखिएको छ। लिबरम्यानले अरब दलहरूसँग मिलेर सरकार गठन गर्ने प्रस्तावको विरोध गर्दै सबै नागरिकका लागि अनिवार्य सैन्य सेवाको पक्षमा वकालत गर्दै आएका छन्।

विपक्षी गठबन्धनका लागि अर्को विकल्प अरब दलहरूको बाह्य समर्थनमा सरकार गठन गर्नु हो। यस्तो अवस्थामा अरब दलहरू सरकारमा सहभागी नभई संसदमा सरकारको पक्षमा मतदान गर्न वा आवश्यक परेको अवस्थामा अनुपस्थित रहन सक्छन्। तर यस विषयमा पनि विपक्षी दलहरूबीच सहमति जुट्न सकेको छैन।

धार्मिक दलको मागले थप चुनौती

नेतान्याहू र विपक्षी दुवैका लागि यूटीजे निर्णायक बन्न सक्ने देखिएको छ। सात सिट रहेको यूटीजे डेगेल हातोराहका चार र अगुदत इजरायलका तीन सांसदमा विभाजित छ।

यूटीजेले धार्मिक संस्थाहरूमा अध्ययन गर्ने यहूदी युवाहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने कानुनको माग गर्दै आएको छ। नेतान्याहू नेतृत्वको अघिल्लो सरकारले उक्त कानुन पारित गर्न नसकेपछि पार्टी उनीसँग असन्तुष्ट बनेको हो।

तर आइजेनकोट नेतृत्वको सम्भावित सरकारका लागि पनि यो माग स्वीकार गर्न कठिन हुनेछ। विपक्षी नेताहरूले सबै नागरिकका लागि सैन्य सेवा अनिवार्य बनाउने प्रतिबद्धता जनाएका छन्। यस्तो अवस्थामा धार्मिक दलको माग स्वीकार गर्दा आफ्नै सहयोगीहरू असन्तुष्ट हुन सक्ने जोखिम छ।

४२ दिनभित्र सरकार गठन गर्नुपर्ने

इजरायलमा राष्ट्रपतिको भूमिका सामान्यतया औपचारिक भए पनि सरकार गठन प्रक्रियामा उनको निर्णय महत्त्वपूर्ण हुन्छ। राष्ट्रपतिले संसदमा बहुमत जुटाउने सबैभन्दा राम्रो सम्भावना भएको नेतालाई सरकार गठनका लागि आमन्त्रण गर्छन्। सबैभन्दा धेरै सिफारिस प्राप्त गर्ने नेता नै छनोट हुनुपर्छ भन्ने बाध्यता भने छैन।

सरकार गठनका लागि प्रारम्भिक रूपमा २८ दिनको समय दिइन्छ। आवश्यक परे राष्ट्रपतिले थप १४ दिनको समय प्रदान गर्न सक्छन्। यसरी कुल ४२ दिनभित्र सरकार गठनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

नयाँ संसदको पहिलो बैठक नोभेम्बर १० मा बस्ने अपेक्षा गरिएको छ। आइजेनकोट वा नेतान्याहूले निर्धारित समयभित्र सरकार गठन गर्न नसके राष्ट्रपतिले अर्को नेतालाई अवसर दिन सक्नेछन्। सबै प्रयास असफल भए इजरायल पुनः निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ।
अर्को समाचार
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
२६ मिनेट अघि
•
१ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
काठमाडौं। भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। उनको घोषणाले बंगलादेशको अन्तरिम सरकारलाई चुनौती थपेको छ भने भारतलाई समेत कूटनीतिक दबाबमा पारेको छ।




सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनबाट १५ वर्ष लामो शासन अन्त्य भएपछि देश छाडेर नयाँदिल्ली पुगेकी ७९ वर्षीया हसिनाले अबको १९ दिनमा बंगलादेश फर्किने बताएकी हुन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको सम्झनामा मनाइने विजय दिवसकै दिन फर्किने घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

हसिनाका निकट सहयोगीका अनुसार उनी दिल्लीबाट विमानमार्फत फर्किने योजनामा छिन्। त्यसका लागि बंगलादेश सरकारसँगै विमानको व्यवस्था गर्न आग्रह गरिएको छ। सरकारले व्यवस्था नगरे व्यावसायिक उडान वा स्थलमार्ग हुँदै सीमा पार गरेर भए पनि फर्किने उनको योजना रहेको सहयोगी अबु ओबैदा अरिनले बताएका छन्।

‘उनी त हिँडेरै बंगलादेश प्रवेश गर्न पनि तयार छिन्,’ अरिनले बीबीसीसँग भनेका छन्। तर हसिनाको स्वदेश फिर्ती सहज छैन। मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट करिब १४ सय जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ। बंगलादेश सरकारले फर्किएलगत्तै पक्राउ गरी सजाय कार्यान्वयन गर्ने बताउँदै आएको छ।

हसिनाको घोषणाप्रति ढाकाले कडा प्रतिक्रिया जनाएको छ। बंगलादेशले भारतसँग उनको सुपुर्दगी माग दोहो¥याएको छ। विदेश राज्यमन्त्री हुमायुन कबिरले उनी सामान्य यात्रुका रूपमा फर्किन नसक्ने भन्दै हत्कडी लगाएर मात्रै ल्याउन सकिने बताएका छन्। भारतको विदेश मन्त्रालयले सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ।

राजनीतिक प्रभाव फर्काउने रणनीति
हसिनाको फिर्ती घोषणालाई बंगलादेशमा केवल स्वदेश फर्किने इच्छाका रूपमा मात्र हेरिएको छैन। यसलाई सरकारको नियन्त्रण क्षमता परीक्षण गर्ने, राजनीतिक बहसको केन्द्रमा पुनः आउने र आन्दोलनबाट बनेको राजनीतिक एकतामा देखिएको विभाजनको फाइदा उठाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगलाई सक्रिय राख्ने प्रयास गरिरहेकी छन्। सहयोगी अरिनका अनुसार उनले टेलिग्राममार्फत पार्टीका नेता तथा कार्यकर्तासँग नियमित संवाद गर्दै आएकी छन्। पछिल्लो १८ महिनामा तीन सयभन्दा बढी अडियो बैठक गरेको र ती बैठक ६४ जिल्ला तथा तीन सय निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेको उनको दाबी छ।

हसिना फर्किने क्रममा सीमादेखि ढाकासम्म पाँच लाख मानिस परिचालन गरेर मानव साङ्लो बनाउने तयारी रहेको पनि सहयोगीको दाबी छ। तर अवामी लिग प्रतिबन्धित अवस्थामा छ। पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन्। कार्यकर्ताविरुद्ध हजारौं मुद्दा दर्ता भएका छन्। द्वन्द्व अनुगमन गर्ने संस्था एसिएलइडीका अनुसार यसै महिना अवामी लिग समर्थकले ४० प्रदर्शन र १४० भन्दा बढी दंगा गरेका छन्। राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। हसिनाको गृहजिल्ला गोपालगन्जसहित विभिन्न स्थानमा प्रहरी कार्यालय, सवारीसाधन र राजनीतिक नेताका घर तथा कार्यालयमा आक्रमणका घटना भएका छन्।

भारतलाई कूटनीतिक अप्ठ्यारो
हसिनाको घोषणाले भारतलाई पनि अप्ठ्यारोमा पारेको छ। भारतले उनलाई शरण दिएको छ भने उनले भारतीय भूमिबाट दिएका राजनीतिक अभिव्यक्तिले ढाकाको असन्तुष्टि बढाएको छ। बंगलादेशले सुपुर्दगी माग गरिरहे पनि भारतले यस विषयमा ठोस निर्णय गरेको छैन। व्यापार, सीमा सुरक्षा र पारवहनलगायत विषयमा सम्बन्ध सुधारको प्रयास भए पनि दुई देशबिच अविश्वास कायम छ।

लन्डनस्थित एसओएएस विश्वविद्यालयका प्राध्यापक अविनाश पालीवालका अनुसार हसिनाको घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ। भारतले बंगलादेशको नयाँ सरकारसँग सम्बन्ध सुधारका लागि प्रयास गरे पनि अपेक्षित परिणाम नआएपछि निराश भएको उनको विश्लेषण छ।

अवामी लिगलाई बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिर राख्नु भारतको हितमा नहुने पालीवालको तर्क छ। पार्टीको सामाजिक र राजनीतिक प्रभाव अझै कायम रहेकाले नयाँ नेतृत्वमार्फत राजनीतिक प्रक्रियामा समेट्नु दीर्घकालीन समाधान हुन सक्ने उनको धारणा छ। तर बंगलादेशमा भारतले अवामी लिगलाई पुनः स्थापित गर्न खोजेको आशंका बढिरहेको छ। हसिनाको सुपुर्दगी टुंगोमा नपुग्नु, पारवहन सुविधासम्बन्धी विषय र गंगा नदीको जल बाँडफाँट सन्धिमा प्रगति नहुनुले पनि भारतप्रतिको अविश्वास बढाएको छ।

विश्लेषकहरूका अनुसार हसिना तत्काल फर्किने सम्भावना कम भए पनि उनको घोषणाले अवामी लिगका कार्यकर्तालाई उत्साहित बनाएको छ। उनी फर्किएमा राजनीतिक मेलमिलापभन्दा द्वन्द्व थप चर्किन सक्ने जोखिम पनि छ। यसले भारत र बंगलादेशबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिन्छ। (बिबिसीमा आधारित)
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस