स्पेनमा इतिहासकै भयानक डढेलो: १२ को मृत्यु, २३ बेपत्ता
२७ असार २०८३
•
३ मिनेट पाठ
स्पेनमा इतिहासकै भयानक डढेलो: १२ को मृत्यु, २३ बेपत्ता
दक्षिण-पूर्वी स्पेनमा फैलिएको इतिहासकै भयानक डढेलो नियन्त्रणका लागि उद्धारकर्मीहरू तीव्र रूपमा खटिरहेका छन्। स्पेनको आल्मेरिया प्रान्तअन्तर्गत लस गालार्डोस क्षेत्रको बेदार गाउँ आसपास फैलिएको आगलागीमा परी अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ भने अन्य २३ जना अझै बेपत्ता छन्।




आगलागी नियन्त्रणका लागि सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। स्पेनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये चार जना बेलायती नागरिक रहेको पुष्टि भएको छ।

स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिँदै मृतक र बेपत्ता हुनेमा थप बेलायती नागरिक हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

४० डिग्री सेल्सियस आसपासको तापक्रमसहित लामो समयदेखि जारी हिटवेभका कारण यस गर्मीयाममा दक्षिणी युरोप, विशेषगरी फ्रान्स, पोर्चुगल र स्पेनमा व्यापक डढेलो लागिरहेको छ।

अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहीबार दिउँसो लस गालार्डोसमा लागेको आगो तीव्र गतिमा फैलिएको थियो।

आगलागीको कारण बिजुलीको तार चुँडिनु रहेको प्रारम्भिक अनुमान गरिएको भए पनि स्थानीय विद्युत् कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। जलेको कारभित्र फेला परेका चार जना मृतकको विस्तृत विवरण खुलाइएको छैन।

यद्यपि, आन्डालुसियाका स्वास्थ्य तथा आपत्कालीन मन्त्री एन्टोनियो सान्जले ती मृतकहरू ‘बेलायती मूलको’ हुन सक्ने र कारको स्टेयरिङ दाहिनेतर्फ रहेको जानकारी दिए।

बिहीबार मात्रै आफ्ना पति र किशोर उमेरका छोराछोरीसँग बिदा मनाउन बेदार आइपुगेकी लुसिन्डा कुर्टोइसले आगलागीको दृश्यलाई बम विस्फोटसँग तुलना गरिन्।

‘त्यहाँ धुवाँको च्याउ जत्रो मुस्लो उठेको थियो, मानौँ कुनै बम पड्किएको होस्,’ उनले भनिन्। कुर्टोइसले बीबीसीसँग कुरा गर्दै थप दुई बेलायती नागरिकको ज्यान गएको हुन सक्ने आशङ्का व्यक्त गरिन्।

बेदारका अधिकारीहरूले मृत्यु हुनेमध्ये केहीले सिफारिस गरिएको सुरक्षित निकासी मार्ग प्रयोग नगरेको बताएका छन्। यद्यपि, उक्त मार्गबारे कत्तिको स्पष्ट जानकारी गराइएको थियो भन्ने अझै खुल्न सकेको छैन। स्पेनी अधिकारी र लन्डनस्थित विदेश मन्त्रालय दुवैले अहिलेसम्म मृतकको पहिचान खुलाएका छैनन्।

मन्त्री सान्जले आगलागी अत्यन्तै तीव्र र जटिल रहेकाले अधिकांश वा सबै मृतक विदेशी नागरिक हुन सक्ने बताए। बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रेभोटले स्पेनमा धेरै बेल्जियन नागरिकको दोस्रो घर रहेको उल्लेख गर्दै सम्पर्कमा आउन नसकेका आफ्ना नागरिकको खोजी भइरहेको जानकारी दिए।

यसैबीच, राष्ट्रिय मौसम एजेन्सी एईएमईटीको आन्डालुसिया शाखाले शनिबार मध्यम हावा र चिसो मौसमका कारण डढेलो नियन्त्रणमा केही सहजता आउने प्रक्षेपण गरेको छ।

यसअघि सन् १९८४ मा क्यानरी टापुको ला गोमेरामा भएको आगलागीमा २० जना र सन् १९७९ मा उत्तर–पूर्वी स्पेनको लोरेट डे मार नजिकैको जङ्गलमा भएको आगलागीमा ९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

कोपर्निकस जलवायु सेवाका अनुसार जलवायु परिवर्तनले विश्वभर तापक्रम बढाइरहेको छ र युरोप विश्वव्यापी औसतभन्दा दोब्बर छिटो तातिरहेको छ। यसैका कारण युरोपमा गर्मीयाममा उष्णलहर बढ्नुका साथै पानीको अभाव र भयानक डढेलोका घटनाहरू वृद्धि भइरहेका छन्।
अर्को समाचार
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
११ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।




स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका थिए। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाबारे जानकारी दिएको हो।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा फर्काइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई तत्कालका लागि सेवाबाट हटाइएको छ।

एफएएका अनुसार उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ को पखेटा फ्लाइट २१५२ को पखेटासँग ठोक्किएको थियो।

यो घटना त्यही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस