पूरा भयो सपना
१२ मंसिर २०७०
•
६ मिनेट पाठ
पूरा भयो सपना
काठमाडौं-अन्तिम बलअघि खेल बराबरी थियो। नेपाललाई जित्न एक रन खाँचो थियो। क्रिजमा थिए, भरपर्दा ब्याट्सम्यान शरद भेषावकर। आक्रमण गर्दै थिए, हङकङका बलर हसिद अमजद।अमजदको हातबाट जुन रफ्तारमा बल छुट्यो, सायद त्योभन्दा कैयौं गुणा तीव्र धड्किँदै थियो नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको मुटु।




अन्तिम बलले शरदको ब्याट छोएपछि केही बेर त उनी बोल्नै सकेनन्। अनुहार भावशून्य थियो । वरपरका सारा दर्शक खुसीले चिच्याउँदा पनि उनको बोली फुटिरहेको थिएन। मान्छे खुसीमा हाँस्छ, दुःखमा रुन्छ। तर अत्यधिक दुःख र अत्यधिक खुसी भावनाको त्यो क्षण हो, जहाँ अभिव्यक्ति विलुप्त हुन्छ। मान्छे भावशून्य बन्छ। खालि उसका आँखा टिल्पिलाउँछन्।

विनोदको हालत त्यस्तै थियो।

उनी खुसीले रसाएका आँखा लुकाउन सकिरहेका थिएनन्। केहीबेर यत्तिकै पत्थरभावमा बसेपछि बल्ल टिल्पिलाएका आँखा मिच्दै चिच्याए – पूरा भयो सपना!

चोटका कारण आइसिसी विश्व ट्वान्टी–२० छनोट चरणका लागि युएई जान नसकेका उनी नेपाली क्रिकेटको सबभन्दा महŒवपूर्ण खेल काठमाडौंमै बसेर टेलिभिजनमा हेरिरहेका थिए। उनी नेपाल जित्नेमा ढुक्कजस्तै थिए। तर, मनको डर घरिघरि उनको अनुहार फुस्रो पार्न आइपुग्थ्यो।

'हाम्रो टोलीले गरेको मेहनत मैले देखेको छु। आफैंले पनि टिममा मेहनत गरेको छु। त्यसैले जित्नेमा विश्वस्त थिएँ। तैपनि मनको एउटा कुनामा शंका थियो। भगवानमा पनि हुन्छ,' खेल जितेको धेरै बेरपछि विनोदले भने।

१० वर्षअघि नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहले नेपालले सन् २००७ को एकदिवसीय विश्वकप खेल्ने बताउँदा धेरैले उनको खिल्ली उडाएका थिए। त्यतिखेर बिनातयारी संघका अध्यक्षले यस्तो बताउँदा अविश्वास गर्नु स्वाभाविक थियो। तर, पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहँदा पनि धेरैले नपत्याउँदा विनोदको मन दुख्ने गरेको थियो। त्यही भएर बुधबार अबुधाबीको अल जाहेद रंगशालामा नेपालको सपना पूरा हुँदा विनोदका आँखाबाट खुसी छचल्किए।

'धेरैले पत्याएका थिएनन्, हामीलाई भने विश्वकप खेल्छौं भन्ने विश्वास थियो। हामीले गरेको मेहनत र पाएका उपलब्धिलाई कम आँक्ने गरिएको थियो,' उनले भने, 'आज हामीले प्रमाणित गरेका छौं। मेरो विचारमा क्रिकेटले सम्पूर्ण देशलाई खुसी दिएको छ।'

नेपाल महŒवपूर्ण खेलका लागि मैदान उत्रिने दिन विनोद बिहानै भगवान भाक्न कमलादी गणेशस्थान पुगेका थिए। उनले नेपालको खेल नसकिएसम्म खानासमेत खाएनन्। 'टिमको क्षमतामा विश्वास थियो। दुर्भाग्यले नछोओस् भनेर भगवानकहाँ गएको हुँ,' उनले भने, 'अहिले भगवानलाई पनि धन्यवाद दिन चाहन्छु। नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई मेरो खास धन्यवाद छ।'

नेपालले १२ वर्षअघि पहिलोपटक विश्वकप छनोटमा सहभागिता जनाएको थियो। त्यो ५० ओभरको स्वरूपमा थियो। त्यतिखेर ट्वान्टी–२० क्रिकेटको परिकल्पनासमेत गरिएको थिएन। अहिले नयाँ स्वरूपबाट विश्वकपमा छनोट हुनुलाई विनोद नेपाली खेलकुदमात्र नभई, नेपालकै लागि ठूलो उपलब्धि मान्छन्।

ट्वान्टी–२० छनोटमा यो नेपालको दोस्रो सहभागिता हो। अघिल्लोपटक नेपाल छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो। दोस्रो चरणमा छनोट भएका ६ टोलीमध्येबाट दुई टोली छानिने प्रावधान हुँदा नेपाल पहिलो चरणमा सातौं भएको थियो। क्यानाडासँगको महत्वपूर्ण १८ रनले पराजित हुँदा चार वर्षअघि नेपालको सपना थाँती रहेको थियो।

'यो एक दिन, महिना वा वर्षमा आएको सफलता होइन। यसका लागि हामीले वर्षौंदेखि मेहनत गरेका थियौं। एउटा यस्तो सपना देखेका थियौं, जसलाई आज पूरा गरेका छौं,' विनोद भावुक भए, 'पछिल्लो १० वर्षदेखि मैले हरेक दिन देखेको एउटै सपना हो यो। मैले संन्यास नलिइकनै यो पूरा भएको छ। चोटका कारण अहिले म टोलीमा छैन, मार्चमा विश्वकप खेल्न बंगलादेश जाँदा हुन सक्छु।'
अर्को समाचार
मन्त्री अधिकारीको सपना पूरा गर्ने रेणु दाहालको घोषणा
१७ फागुन २०७५
•
६ मिनेट पाठ
मन्त्री अधिकारीको सपना पूरा गर्ने रेणु दाहालको घोषणा
चितवन– पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे। 




मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने। तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको निधन भयो। मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउँछिन। उनी भन्छिन्, ‘मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ।’ नगरप्रमुख दाहाल थप्छिन्, ‘१५ दिनयता उहाँ स्वयंले मलाई पाँच÷छ पटक टेलिफोन गर्नुभयो। विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो।’ 

उनी जोड दिन्छिन्, ‘मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो।’ दाहालका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिएका थिए। 

मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुःखद घटनाले उनको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने मेयर दाहालको भनाइ छ। 

भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ। गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो। विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो। 

नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताएका थिए। मन्त्रीलाई उद्धृत गर्दै उनी भन्छन्, ‘मेरै छाती ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ।’ 

सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उनले विमानस्थल विस्तारका लागि निर्देशन दिएका थिए। सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो। 

विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताउँछन्। मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझाव दिएको उनको भनाइ छ। मन्त्री अधिकारी काठमाडौँ फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतमले जानकारी दिए।

जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ। उनका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ। धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ। सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गनासो आएको छ। विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतम बताउँछन्।

विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएकोे छ। यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ। 

विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो। नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्यहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौँका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ। विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस