लगानीका लागि नेपाल गन्तव्य
०२ फागुन २०७०
•
३ मिनेट पाठ
लगानीका लागि नेपाल गन्तव्य
काठमाडौं– कोलकोताका लागि नेपाली वाणिज्यदूत चन्द्रकुमार घिमिरेले राजनीतिक अवस्थामा सुधार आएकाले नेपाल लगानी गन्तव्य बनेको बताएका छन्। 'भारतीय लगानीकर्ताका लागि नेपाल आर्कषक गन्तव्य हो,' नेपाल–भारत व्यवसाय प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बिहीबार उनले भने, 'लगानीकर्तालाई सहज बनाउन नीतिगत सुधारसमेत भएको छ।'उनले नेपालमा केही वर्षदेखि जारी संक्रमण व्यवस्थापन उदाहरणीय रहेको बताउँदै संविधानसभा निर्वाचनपछि मुलुक लगानीमैत्री भएको बताए। विदेशी लगानी भिœयाउन लगानी बोर्डको गठन गरेको जानकारी दिँदै उनले बोर्डको माध्यमबाट बिनाझझन्ट लगानी गर्न सकिने दाबी गरे। प्रधानमन्त्रीको संयोजकत्वमा रहेको बोर्डले ठूला आयोजनामा सहजीकरण गर्दै आएको छ। उनले लगानीकर्तालाई आकर्षित गर्न कर छुटका प्याकेजसमेत आउन थालेको र लगानीकर्तालाई पूर्वाधारलगायत सुविधा दिनेबारे पनि छलफल भएको बताए। 
करिब ४२ हजार मेगावाट सम्भावना अध्ययन भएको बताउँदै ऊर्जा क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उनले बताए। घिमिरेले उद्योगमा सिमेन्ट, स्टिल एन्ड आइरन, खाद्य तथा फलफूल प्रशोधन, जडीबुटी प्रशोधन तथा औषधी, गलैंचा र पस्मिनामा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिए। घिमिरेले सेवा क्षेत्रमा अस्पताल, इन्जिनियरिङ कलेज र सूचना प्रविधिमा लगानी गर्न आग्रह गरे। सरकारले पछिल्लो समयमा एकीकृत व्यापार रणनीति ल्याएर १९ वस्तुको पहिचानसमेत गरेको थियो। उनले भारतीय लगानीकर्ताले नेपालमा उद्योग स्थापना गरेर भन्सार सहुलियतको समेत लाभ लिनसक्ने उल्लेख गरे। 
'नेपालमा उत्पादित वस्तुले भारतमा शून्य भन्सारदरमा प्रवेश पाउँछ,' उनले भने, 'यसलाई समेत लक्ष्य गरेर उद्योग स्थापना गर्न सकिन्छ।' 
कार्यक्रममा कोलकाता पोर्टबाट रक्सौल–वीरगञ्जसम्म हाल भएजस्तै मालवाहक रेलसेवा विराटनगर, भैरहवा, नेपालगन्जजस्ता नाकामा सञ्चालनमा ल्याउन भारतीय लगानीकर्ताले सुझाव दिएका थिए। उनीहरुले कोलकाता–काठमाडौं सीधा उडान तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे। कोलकोता च्याम्बरका अध्यक्ष दिव्येन्दु बसुले नेपालमा लगानी गर्न भारतीय उद्योगी तयार रहेको बताएका थिए।
अर्को समाचार
नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य
२६ मंसिर २०८०
•
१ मिनेट पाठ
नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य
अर्थमन्त्री प्रकाशशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन्। अरू देशभन्दा नेपालमै किन लगानी गर्ने भनेर लगानीकर्ताले सोध्ने प्रश्नको उत्तर आफूहरूसँग रहेको अर्थमन्त्री भनाइ छ।

आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री महतले भने ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ। त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो। नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्बर क्षेत्र हुन्।’

नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेको उनले बताए। लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको महतको दाबी छ।

विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको महतले बताए।

‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसदबाट चाँडै पारित भएर आउँछन्,’ महतले भने, ‘हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को काम सक्छौं।’ सबै खालका समस्या र चुनौती हटाउन लागिपरेको उनले बताए।

कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस