काठमाडौं– काठमाडौं उपत्यकामा विस्तारितमध्ये ५२ किलोमिटर सडक कालोपत्र सकिएको छ। आइतबार सडक विस्तारको प्रगति समीक्षा गर्न आयोजित बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव तथा विस्तारित सडक उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि वास्कोटा उक्त जानकारी दिए।उनका अनुसार काठमाडौं सडक विस्तार आयोजनाले ३४.७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएकोमा १८.१०, काठमाडौं डिभिजन सडक कार्यालयले ४६.४५ मध्ये १४.७८ किलोमिटर कालोपत्रे सकेको छ।
ललितपुर डिभिजन सडक कार्यालयको जिम्मामा परेको २८.१४ मध्ये ११.७१ किलोमिटरको कालोपत्रे सकिएको छ। भक्तपुर डिभिजन सडक कार्यालयले ८.४५ मध्ये १.७८ किलोमिटरको काम सकेको वास्कोटाले जानकारी दिए। काठमाडौं महानगरपालिकाले २२ किलोमिटर निर्माण गरिरहेकोमा हालसम्म ७.५ किलोमिटरको कालोपत्रे सकेको छ। एकीकृत बागमती सभ्यताले सुन्दरीजलदेखि सुन्दरीघाटसम्म ३० किलोमिटर निर्माण गर्नुपर्नेमा २.५ को कालोपत्रे सम्पन्न गरेको छ।
बैठकमा सचिव वास्कोटाले जतिसक्दो छिटो सडक कालोपत्रे सक्न आग्रह गरेका थिए। कालोपत्रे गर्दा ठाउँठाउँमा ग्याप राखेको, फोहोर जति फुटपाथमा राखेर नउठाएको, भत्काउँदा निस्किएको फोहोर समयमै सफा नगरेको, निर्माण सामग्रीको थुप्रोले ट्राफिकलाई बाधा पुर्याुएको विषयमा उनले आपत्ति जनाए।
जिम्मेवार पदाधिकारीले आमजनताको सुविधालाई ख्याल गरी निर्माण व्यवसायीलाई काम लगाउन उनले निर्देशन दिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
सचिव वास्कोटाले कामको गुणस्तरमा ध्यान दिन, सम्पन्न भएको सडकमा होर्डिङ बोर्ड राखी एक वर्षसम्म निःशुल्क मर्मतको व्यवस्था गराउन, उचित ढंगले फुटपाथ निर्माण गर्न, आपाङमैत्री सडक तयार गर्न, कालोपत्रे, भएको सडकमा मार्किङ गर्न र नयाँ ट्राफिक लाइट राख्न पनि निर्देशन दिए।
उनले मध्यमाञ्चल सडक क्षेत्रीय निर्देशकको संयोजकत्वमा रहेको कमिटीले प्रत्येक हप्ता सडकको स्थलगत निरीक्षण गर्न, चौडा भएको सडकमा एकतर्फीलाई दुवैतर्फ गाडी गुड्ने व्यवस्था मिलाउन, कालोपत्रे भएको सडकलाई पार्किङस्थल बन्न नदिन, यस काममा बजेटको अभाव हुन नदिन सरोकारवाला पदाधिकारीलाई सजक गराए। त्यसैगरी निर्माणका बेला जनताको उपयोगमा रहेका ढल, खानेपानीका पाइप, विद्युत र टेलिफोन सेवा अवरुद्ध हुने गरी लापरबाहीपूर्वक काम नगर्न पनि उनले निर्देशन दिए।
सचिव वास्कोटाले चक्रपथ विस्तारको काममा समेत अन्तरनिकाय समन्वय गर्न, नागढुंगा–नौविसे सडकमा जाम नहुने गरी छिट्टै मर्मतको काम गराउन र वर्षातको समयमा पनि कुनै किसिमको अवरोध नहुने सुनिश्चिता गर्न आग्रह गरे।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौैलाले अहिले पनि आस्फल्ट प्लान्ट सञ्चालन गर्न र निर्माण सामग्री उपलब्ध गराउन कठिनाइ भइरहेको बताए। सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले सरकारी क्षेत्र तुलनात्मक रुपमा सुधारिए तापनि निजी क्षेत्रका निर्माण व्यवसायीमा सुधार नदेखिएकाले तिनको क्षमता विकासको कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। बैठकमा सडक, विद्युत, खानेपानी, ढल, टेलिफोनलगायतका सेवासँग सम्बन्धित उच्च पदाधिकारी र नगरपालिकाका कार्यकारी प्रमुखको उपस्थिति थियो।