एसएलसी नतिजा : सरकारलाई 'विफलतामा डिस्टिङ्सन'
३१ जेष्ठ २०७१
•
९ मिनेट पाठ
एसएलसी नतिजा : सरकारलाई 'विफलतामा डिस्टिङ्सन'
काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसएलसी नतिजा पोहोरको भन्दा २.३५ प्रतिशत बढेर ४३.९२ प्रतिशत उत्तीर्ण भएको शुक्रबार सार्वजनिक गर्योि। विद्यालय भर्नालाई आधार मान्ने हो भने उत्तीर्ण प्रतिशत यसको एकतिहाइ पनि पुग्दैन।

किनकि, दस वर्षअघि (२०६१) कक्षा १ मा १३ लाख ६१ हजार ७ सय ३१ विद्यार्थी भर्ना भएका थिए। विद्यालय शिक्षाले उच्च सफलता पाएको भए ती सबैले २०७० मा एसएलसी दिनुपर्थ्याे र ४४ प्रतिशत हाराहारी उत्तीर्ण हुँदा पनि निकै ठूलो संख्याले उच्च शिक्षाको 'सुनौलो ढोका' बाट प्रवेश पाउँथ्यो।
नतिजा त्यस्तो आएन। किनकि, ठूलो परिमाणमा विद्यार्थी एसएलसी परीक्षाको ढोकैमा पुगेनन्, तल्ला कक्षाबाटै विद्यालय छाडे।
यसपालिको नतिजामा नियमिततर्फ जम्मा १ लाख ७३ हजार ४ सय ३६ परीक्षार्थीले सफलता पाए। भर्नाका आधारमा यो १२ दशमलव ७३ प्रतिशत मात्र हो। कक्षा १ मा भर्ना भएका विद्यार्थीका आधारमा अहिलेको उत्तीर्ण प्रतिशत हेर्दा नेपालको विद्यालय शिक्षाको अनुत्तीर्ण प्रतिशत ८७ हुन्छ। अर्थात् सरकारले विद्यालय शिक्षामा पाएको असफलताको नतिजा विशिष्ट श्रेणीको देखिन्छ।
शिक्षाविदहरु यो नतिजा हेरेर सरकारलाई 'अनुत्तीर्णतिर डिस्टिङ्सन' अंक दिन्छन्। 'एसएलसी परीक्षामा विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याए डिस्टिङ्सन मानिन्छ। सरकारले पनि कक्षा १ मा भर्ना भएका विद्यार्थीका आधारमा ८७ प्रतिशत असफलता हासिल गरेको छ,' शिक्षाविद प्राडा. विद्यानाथ कोइरालाले भने, 'यो हिसाबमा हेर्दा सरकारले शिक्षा क्षेत्रमा प्रणालीगत अक्षमताको विशिष्ट श्रेणी ल्याएको देखिन्छ।'
सरकारले १० वर्षको यस अवधिमा विद्यालय शिक्षामा मात्र ३ खर्ब ५० अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ। सरकारले कुल बजेटको सबैभन्दा धेरै लगानी शिक्षामै गरिरहेको छ। चालु आर्थिक वर्षमा मात्र ८१ अर्ब यही शीर्षकमा खन्याइएको थियो।
यो लगानी प्रतिविद्यार्थी प्रतिवर्ष औसत ८ हजार रुपैयाँ हाराहारी हो। प्रतिफलले भने 'शिक्षामा लगानी, बालुवामा पानी' सरह देखिएको छ।
दस वर्षअघि जीवनमा पहिलोपटक विद्यालय गएका १३ लाख ६१ हजार ७ सय ३१ मध्ये ३ लाख ९४ हजार ९ सय ३३ मात्र परीक्षामा सामेल थिए। केहीले कक्षा टपेर वा दोहोर्या एर अघिपछि एसएलसी दिएका भए पनि समग्रमा ९ लाख ६६ हजार ७ सय ९८ जना विद्यार्थी कहाँ गए त?
शिक्षाविद कोइराला भन्छन्, 'वास्तवमै यो खोजीको विषय हो। त्यति धेरै लगानी गरेर विद्यालय ल्याइएका विद्यार्थी कहाँ छन् त?'
सरकारको ध्यान विद्यार्थी भर्नामा मात्र केन्द्रित हुँदा लगानीअनुसारको प्रतिफल आउन नसकेको उनले बताए।
शिÔाविद मनप्रसाद वाग्ले विद्यार्थीलाई विद्यालयमा टिकाउने भन्दा भर्नादर बढी देखाउनेतिर सरकारी निकाय केन्द्रित हुँदा गुणस्तर खस्किँदै गएको बताउँछन्। 'गुणस्तर होइन, सरकार भर्नादर मात्र बढाउन लागिरहेको छ,' उनले भने, 'कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी एसएलसीसम्म नपुग्नु राज्यको लगानीको औचित्यमाथि नै प्रश्न उठ्नु हो।' 
उनले यसबीचमा शिक्षामा भएको सबै लगानीको सूक्ष्म अध्ययन गर्नुपर्ने बताए। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले पनि शिक्षामा सरकार असफल हुँदै गएको बताए। उनले यो वर्ष शिक्षामा ८१ अर्ब लगानी भए पनि सरकारी विद्यालयबाट भने मुस्किलले २९ प्रतिशत मात्र उत्तीर्ण भएकाले लगानी खेर गएको जनाए। 'सरकार शिक्षामा पूरै असफल हुँदै गएको छ,' उनले भने, 'अर्बौं लगानी भए पनि उत्तीर्ण प्रतिशत सधैँ खस्किँदै गएको छ।'
शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार यसपटक एसएलसीमा सहभागी ५ लाख ४८ हजार २ सय ४८ विद्यार्थीमध्ये नियमित र एक्जाम्टेड गरी १ लाख ८८ हजार २७ विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण विद्यार्थी प्रतिशत हेर्दा सरकारी विद्यालयबाट सहभागीमध्ये जम्मा २८ दशमलव १९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने निजीबाट ९३ दशमलव २५ प्रतिशत। 
निजी विद्यालयका तुलनामा सरकारी विद्यालयका शिक्षक तालिमप्राप्त भए पनि नतिजा भने सधैँ निराशाजनक नै आउने गरेको छ। नेपालमा एसएलसी परीक्षाको सुरुआत भएको ८० वर्ष अवधिमा सधैँ नतिजा निराशाजनक आउन थालेपछि सरकारले विद्यार्थी उत्तीर्णदर बढाउन ०५७ सालमा पूरक परीक्षाको व्यवस्था गरेको थियो। पूरक परीक्षाको व्यवस्थापछि पनि नतिजामा उल्लेख्य सुधार आउन नसकेपछि सरकारले ०६५ सालमा कक्षा १० बाट मात्रै एसएलसीमा प्रश्न सोध्ने व्यवस्था गरेको हो। यसले पनि नतिजामा सुधार ल्याउन सकेन।
नतिजा सुधारका लागि जति व्यवस्था गरे पनि उत्तीर्ण हुनेभन्दा अनुत्तीर्ण संख्या बढी छ। एसएलसीका तथ्यांकले ०५७ यता ३० देखि ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखाउँछ।

८० वर्षमा ३८ लाख


एसएलसी परीक्षा सुरु भएको ८० वर्षमा एसएलसी उत्तीर्ण गर्नेको संख्या ३७ लाख ८२ हजार ९ सय ६७ पुगेको छ। तत्कालीन सरकारले विसं १९९० कात्तिक १६ गते सदनबाट नेपालमै एसएलसी परीक्षा व्यवस्था गर्ने प्रस्ताव पारित गरेको थियो। सोही वर्षदेखि नेपाली बोर्डले एसएलसी परीक्षा सञ्चालन गर्न थालेको हो। पहिलो वर्ष ३३ जनाले परीक्षा दिएका थिए। सहभागीमध्ये १९ जनाले एसएलसी उत्तीर्ण गरेका थिए।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको तथ्यांकअनुसार एसएलसी उत्तीर्ण हुनेको संख्या लगातार ६७ वर्षसम्म (०५७ साल) सम्म निराशाजनक छ। परीक्षामा सामेल हुने विद्यार्थी संख्याको तुलनामा उत्तीर्ण दर कम भएपछि सरकारले उत्तीर्ण दर बढाउन ०५७ देखि पूरक परीक्षा व्यवस्था गरेको थियो। अहिलेसम्म ८ लाख ४९ हजार ८ सय १९ ले पूरक दिएका छन्। त्यसयता उत्तीर्णदर केही बढे पनि सन्तोषजनक भने छैन। 
सबैभन्दा बढी विसं १९९८ मा ७७ दशमलव ७८ प्रतिशत र सबैभन्दा कम २०३८ सालमा भएको थियो। उक्त वर्ष जम्मा १६ दशमलव ६८ प्रतिशित विद्यार्थी उत्तीर्ण भएका थिए। उक्त वर्ष परीक्षामा ७९ हजार ९ सय ६८ जना सामेल भएकामा १३ हजार ३ सय ३७ जना उत्तीर्ण भएका थिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस