काठमाडौं- मजदुर र व्यवस्थापनबीच सेवा–सुविधाका विषयमा कुरा नमिलेपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट बुधबारबाट बन्द भएको छ। व्यवस्थापनले माग पूरा नगरेको भन्दै मजदुरहरूले रिसोर्टमा बुधबार बिहान ७ बजेबाट सबै काम बन्द गरेका थिए। तर, लगत्तै व्यवस्थापनले पनि रिसोर्टको मूलगेटमा सूचना टाँसेर सबै कोठामा तालाबन्दी गरेको थियो।'श्रम ऐनअनुसार हामी काम नगरी शान्तिपूर्ण हडतालमा बसेका छौं, तर व्यवस्थापनले जबर्जस्ती कोठा, रेस्टुरेन्ट, सम्मेलन कक्षमा तालाबन्दी गर्योे,' रिसोर्टमा कार्यरत मजदुरहरूको युनियनका अध्यक्ष जीवन सिग्देलले बुधबार नागरिकसँग भने, 'व्यवस्थापनले मुख्य भान्सा, स्टाफ क्याफेटेरियालगायतमा पनि ताला लगाउन खोजेको थियो, हामीले दिएनौं।'
उनका अनुसार व्यवस्थापनले 'प्राविधिक कारण पर्यटकलाई सेवा दिन नसक्ने भएकाले रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा बन्द गरिएको' बेहोरा लेखिएको सूचना मूलगेटमा टाँसेको छ।
व्यवस्थापनले सबै डिलक्स कोठा, ४ सय ५० जना अटाउने सुमेरु, कैलाश, गार्डेन, अमरावती र मिटिङ रुम नामका पाँचवटा सम्मेलन कक्ष पनि तालाबन्दी गरेको छ। त्यसैगरी वैजयन्ता रेस्टुरेन्टमा ताला लगाउन भ्याए पनि सुमेरु रेस्टुरेन्टमा भने मजदुरले ताला लगाउन दिएनन्।
मजदुरले काम बन्द गर्नुअघि रिसोर्ट व्यवस्थापनलाई पत्र बुझाएको थियो। पत्रको बोधार्थ लतिलपुर जिल्ला प्रशासन, श्रम विभाग, श्रम कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नमुना गाविस गोदावरी, प्रहरी प्रभाग बाँडेगाउँ र राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयलाई दिएका छन्।
'मासिक औसत १ करोड १० लाख रुपैयाँ आम्दानी गरिरहेको रिसोर्टलाई व्यवस्थापनले सधैं घाटामा रहेको बताइरहन्छ। कारण बुझ्दा लगानीकर्ताको व्यक्तिगत ऋण पनि रिसोर्टको नाममा लिइएको रहेछ,' युनियनका अध्यक्ष सिग्देलले भने, 'त्यसमाथि व्यवस्थापनले एक महिनाअघि नै पर्यटकको बुकिङ रद्द गर्न सेल्ट टिमलाई निर्देशन दिएको थियो। यसबाट एक करोडभन्दा बढी आम्दानी गुम्यो। व्यवस्थापनको मनस्थिति नै रिसोर्ट बन्द गर्ने देखिन्छ।'
रिसोर्ट व्यवस्थापनलाई पटक–पटक माग पूरा गराउन लिखित आग्रह गरिएको तथा विभिन्न चरणमा वार्तासमेत हुँदा पनि सुनुवाई नभएपछि 'बाध्य भएर' काम बन्द गरेको उनले बताए।
उनका अनुसार श्रम ऐनको दफा ७४ अनुसार मजदुरले एक महिनाअघि मागपत्र पेस गरेका थिए। लामो प्रयासमा पनि रिसोर्ट व्यवस्थापन मागप्रति सकारात्मक हुन सकेन। त्यसपछि 'माग पूरा नभए ६० प्रतिशत मजदुरले गोप्य मतदानबाट हडतालमा जान पाउने' दफा ७६ पछ्याउँदै काम बन्द गरी हडतालमा उत्रिने निर्णय भएको हो।
पटक–पटक आग्रह गर्दा पनि व्यवस्थापनले माग पूरा नगरेपछि रिसोर्टमा काम गरिरहेका ९४ प्रतिशत (१ सय २३) मजदुरले काम बन्द गरी हडतालमा उत्रिन एक महिनाअघि मत हालेका थिए। मतदानमा श्रम कार्यालय, मजदुर संगठन, व्यवस्थापनलगायतका प्रतिनिधि उपस्थित थिए।
रिसोर्टमा काम गरिरहेका मजदुरले व्यवस्थापनसँग खाइपाइ आएको तलबमा २५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, यसअघि व्यवस्थापनले सहमति गरेको मजदुर कल्याणकारी कोषमा पैसा जम्मा गर्नुपर्ने र १० प्रतिशत सेवा शुल्क पारदर्शी हुनुपर्ने तीनवटा माग राखेका थिए।
घटनाबारे व्यवस्थापन पक्षको भनाइ बुझ्न रिसोर्टका नायब प्रबन्ध निर्देशक प्रवीण आचार्यको मोबाइलमा जति पटक सम्पर्क गर्दा पनि उठाएनन्। १८ वर्षअघि सन् १९९६ अक्टोबर ४ मा स्थापित गोदावरी भिलेज रिसोर्टमा हाल १ सय ३० जना स्थायी मजदुर/कर्मचारी छन्। स्थापना हुँदा २५ कोठा रहेको रिसोर्टमा अहिले ६९ वटा डिलक्स कोठा छन्।