काठमाडौं- उपत्यकामा विस्तारित २ सय किमि फराकिला सडकमध्ये करिब सय किमि कालोपत्रे गरेर चिल्लो पारिएको छ। तीन वर्षअघि सुरु भएको यो अभियानले यहाँ ५ सय किमि सडक फराकिलो पारेर चिल्याउने लक्ष्य लिएको छ।– दुई वर्षभित्रै राजधानीमा मेलम्चीको पानी बाँडिसक्ने योजना तीव्र कार्यान्वयन गरिरहेको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले यही दुई वर्षभित्रै उपत्यकामा ७ सय किमि क्षेत्रमा नयाँ भूमिगत वितरण प्रणाली (पाइप बिछ्याउने) जडान गर्नेछ। आयोजनाले त्यसका लागि गत चैतबाटै सडक खन्न थालिसकेको छ। पाइप बिछ्याउने योजनामा यी चिल्ला सडक धमाधम एक्स्काभेटेरले खोसि्रएर बिरुप बनाउँदैछन्।
– लगत्तै ढलसुधारका लागि सडक खन्ने योजना बनिसकेको छ।
तीन वर्षअघि सुरु भएको सडक विस्तार अभियानअन्तर्गत करिब ८ अर्ब खर्च भइसकेको सडक प्रयोग हुन थालिनसक्दै अर्को प्रयोजनका लागि पिच उप्काउने र भ्वाङ पार्ने होड सुरु भइसकेको छ।
आश्चर्य लाग्छ, सडक बनाउने र भत्काउने दुवै आयोजना सरकारी निकायका हुन्। एकअर्काका योजनाबारे पूरै जानकार यी निकाय अर्बौं रकम खर्चिएर बनाइएका संरचना प्रयोग नै नगरी सखाप पार्न कत्ति हिच्किचाउन्नन्।
यसरी जानी–जानी किन सरकारी ढुकुटीलाई दोहोरो खर्चको भार थोपरिन्छ त?
'बजेटिङदेखि योजना निर्माणसम्म सबै सिस्टम दोषी छ, जति मिलाउन खोजे पनि नमिल्ने,' भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौला भन्छन्, 'सिस्टममै गल्ती भएपछि जति प्रयास गरे पनि मिलाउन नसकिँदो रहेछ।'
सिटौलाका अनुसार सडक, खानेपानी, ढल, विद्युत सबै कार्यालयको कार्यक्रम आर्थिक वर्षको अन्तिमतिर हुने भएकाले पनि वर्षौंदेखि समन्वयमा समस्या देखिएको छ।
'समय छँदा काम हुँदैन, एकैचोटि सबै काम हुँदा समन्वय गर्ने समय नै हुँदैन,' उनले भने, 'सिस्टम नै बिग्रेकाले हामी थाहा पाएर पनि यत्रो आर्थिक मार रोक्न सकिरहेका छैनौं।'
नेपालमा एउटा निकायले निर्माण गर्ने, लगत्तै अर्कोले भत्काउने तौर नयाँ भने होइन। सिटौला भन्छन्, '२१ वर्षअघि इन्जिनियर हुँदा मैले नै कार्यपत्रमार्फत यही समस्या औंल्याएको थिएँ, अहिले सचिव हुँदासम्म ज्युँका त्युँ छ।'
बजेट ढिलाइले पनि निर्माण कार्य जुध्ने र समन्वय कठिन हुने उनले सुनाए। 'बल्ल–बल्ल आर्थिक वर्षको अन्तिमतिर बजेट आउँछ, कहाँ के हुँदैछ भन्ने समन्वय गर्ने मौका नै मिल्दैन, अनि बनाउन नपाउँदै भत्काउनुपर्ने समस्या आउने रहेछ।'
अहिले उपत्यकामा मैतीदेवी, गोल्फुटार, चक्रपथलगायत क्षेत्रमा धमाधम बनिसकेका सडक भत्काउँदै गरेको भेटिन्छ। मेलम्चीका ठूलाठूला पाइप बिछ्याउन झन्डै सडक नै ढाकिने गरी भ्वाङ पारिएका छन्। चिल्ला पिच भत्काइएका गुनासा बढेपछि आयोजनाले पहिले बनिनसकेका सडक खन्ने योजना बनाएको छ तर उसले आगामी एक वर्षभित्र यी चिल्ला सडक पनि भत्काएर पाइप बिछ्याउनैपर्नेछ, नत्र निर्धारित समयमा मेलम्चीको पानी राजधानी ल्याउन कठिन हुन्छ।
सरकारले उपत्यकामा सडक विस्तार अभियान सुरु भएलगत्तै २०६९ वैशाखमा निर्माणका काममा दोहोरो खर्च नहोस्, सडक बनाउन नपाउँदै भत्काउन नपरोस् भनेर सम्बन्धित मन्त्रीहरु नै सम्मिलित उच्चस्तरीय भौतिक विकास समिति बनाएको थियो।
सडकले बनाएको बाटो धमाधम खानेपानीले भत्काउँदा पनि सहरी विकासमन्त्रीको संयोजकत्वमा भौतिक योजना, स्थानीय विकास र पर्यटनमन्त्री तथा सचिवहरु नै सदस्य रहेको यो समन्यव समिति भने टुलुटुलु हेरिरहन्छ।
समितिले तोकिएको जिम्मेवारी पूरा गर्नु त परै, दुई वर्षदेखि त्यसको बैठक पनि राख्न सकेको छैन। यही मौका पारेर जानाजान एकै अवधिमा सडक निर्माण, खानेपानीको पाइप बिछ्याउने र ढल निर्माण गर्ने खेलो चलिरहेको छ। समिति बनाइएपछि नै कार्यान्वयन तहमा समन्वय नहुँदा सरकारको २ अर्बभन्दा बढी रकम बित्थामा खेर गएको प्राविधिक आँकलन छ।
२१ सदस्यीय उक्त समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, सहरी विकास, ऊर्जा, भूमिसुधार, वन, सूचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, मध्यपुरथिमी र कीर्तिपुर नगरपालिकाका प्रमुखहरु, तीनटै जिल्ला विकास समितिका सभापति सदस्य छन्। समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख सदस्य सचिव छन्।
खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय भने सडकसँग आफैंले समन्वय प्रयास गरेको दाबी गर्छ। 'हामीले पहिले नै सडक विभागलाई उपत्यकाका बाहिरी र भित्री गरी ७ सय किमि सडकमा खानेपानी पाइप बिछ्याउने योजना रहेको जानकारी दिएका थियौं,' आयोजनाका एक इन्जिनियर भन्छन्, 'जानीजानी सडक बनाइयो, हाम्रो आयोजना अवधिमा प्रभाव पर्ने गरी कुर्न सकेनौं।'
काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेल भने समयमा जानकारी नआएकाले सडक निर्माण नरोकिएको बताउँछन्। 'समयमा सूचना आएन, सडक बनिसकेपछि आएर के गर्नू?' उनी भन्छन्।
एउटाले बनाउने, अर्काेले भत्काउने क्रमलाई राजनीतिक अस्थिरताले पनि मलजल गरिरहेको सचिव सिटौला सुनाउँछन्। 'छिटो–छिटो सरकार परिवर्तन हुँदा समितिमा मान्छे फेरिन्छन्,' उनी भन्छन्, 'अनि समन्वय हुनै पाउँदैन।'
भर्खर चिल्याइएको सडक खनिहाल्नुपर्ने अवस्था आउनुमा समिति नै दोषी रहेको सहरी विकास मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। 'समितिले काम गर्न नसक्दा नै विकास निर्माणका बहानामा राज्यको पैसा सक्ने खेलो चलिरहेको छ,' उनले नागरिकसँग भने।
उनका अनुसार केही समयपछि खानेपानीले भत्काउने जान्दाजान्दै कालोपत्रे गरिनुमा बजेट पचाउने खेल प्रमुख कारक हो। 'खानेपानीलाई पनि आर्थिक वर्षभित्र विनियोजित रकम सक्नुपर्ने हुन्छ भने सडकलाई पनि सक्नुपर्ने हुन्छ,' उनले भने, 'बजेट सकेन भने सरकारले नै किन रकम खर्च नगरेको भन्छ र ती निकायहरुले बरु खेरै जाओस् भनेर रकम खर्चन्छन्।'
समितिले समन्वय गरेर कहाँ सडक बनाउने, कहाँ ढल बिछ्याउने अनि कहाँ खानेपानीका पाइप बिछ्याउने भनेर सम्बन्धित निकायलाई जिम्मेवारी तोकिदिनुपर्ने हो। तर समितिको बैठक नै नबस्दा सबै निकायले आफूलाई आएको बजेट आर्थिक वर्षभित्र सक्न हतारमा काम अगाडि बढाउँदा दोहोरो खर्च भइरहेको सचिव सिटौला बताउँछन्।
समितिका अध्यक्ष सहरी विकासमन्त्री नारायण खड्काले समितिको बैठक बस्न नसकेको स्विकार्दै भने, 'अहिले त हामी भर्खर आएका छौं, अब तुरुन्त बैठक बसेर निर्माणमा देखिएका समस्या समाधान गर्छाैं।'
उनले सडक, खानेपानी र ढल निर्माणका लागि काम गर्ने निकायहरुबीच समन्वय नहुँदा नै सरकारको करोडौं रकम खेर गएको स्वीकार गर्दै अब आउने आर्थिक वर्षबाट यस्तो समस्या अन्त्य हुने दाबी गरे।
'अहिलेसम्म जसले जे गरे पनि छुट पाउने अवस्था थियो,' मन्त्री खड्काले भने, 'तर अब यस्तो खेल अन्त्य हुन्छ।' सडक बनाइसकेपछि पुन भत्काउने अवस्था नआओस् भनेरै निर्माणका काम एकीकृत रुपमा हेर्ने छुट्टै निकाय स्थापनाको तयारी भइरहेको जानकारी पनि दिए।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त योगेश्वर पराजुली पनि एकीकृत एकीकृत निकाय भए समन्वय अभाव हट्ने बताउँछन्। 'सबै समस्या समन्वय अभावले हो,' उनले भने, 'एकीकृत निकाय बने समाधान हुन्छ।'
त्यसो त सचिव सिटौलाले २१ वर्षअघि नै औंल्याएका थिए, विकास निर्माण एकद्वार प्रणालीबाट हुनुपर्छ। ०५० सालमा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयमा इन्जिनियरका रुपमा उनले पेस गरेको पुरानो कार्यपत्र अहिले भौतिक पूर्वाधार सचिवका रुपमा उनी आफैंले कार्यान्वयन पहल गरे पनि समन्यव अभावले हुने दोहोरो खर्च रोक्न सकिने मन्त्रालयका कर्मचारी बताउँछन्।