चालकलाई कस्न नयाँ नियम
२५ मंसिर २०७१
•
१२ मिनेट पाठ
चालकलाई कस्न नयाँ नियम
काठमाडौं- सार्वजनिक यातायातको बेथिति र मनमानीका कारण शृंखलाबद्ध सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेपछि सरकारले सार्वजनिक सवारीचालकलाई जिम्मेवार बनाउन नयाँ नियमावली ल्याएको छ।धेरै यात्रुको जिम्मेवारी बोक्नुपर्ने यात्रुवाहक बस कम उमेरका र अनुभवहीन चालकको जिम्मामा छाड्दा दुर्घटना बढेको भन्दै मन्त्रिपरिषदले अनुभवी, दक्ष र पाको उमेरका चालक मात्र राख्न पाउने गरी 'सार्वजनिक सवारीचालक नियमावली, २०७१' ल्याएको हो।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पारित गरेको उक्त नियमावलीअनुसार अबदेखि ठूला तथा मझौला सार्वजनिक सवारीचालक बन्न २५ वर्ष उमेर पुगेको हुनुपर्नेछ। त्यस्तै, ६० वर्षभन्दा बढी उमेरका चालकले यात्रुवाहक सवारी चलाउन नपाउने गरी उमेरहद तोकिएको छ। मालवाहक सार्वजनिक सवारीका हकमा पनि यो नियम लागू हुनेछ।
नियमावलीले ठूला सवारी भनेर बस तथा मिनिबसलाई किटान गरेको छ भने माइक्रो तथा सोही आकारका सवारीलाई मझौला भनेको छ। साना सार्वजनिक सवारीका हकमा पनि चालकको उमेर तोकिएको छ, जसअनुसार साना यात्रुवाहक गाडी चलाउने लाइसेन्स लिन २३ वर्ष उमेर पुगेको हुनुपर्नेछ। साना सार्वजनिक सवारीमा ट्याक्सी पर्छ। हालसम्मको व्यवस्थाअनुसार २१ वर्षकै उमेरमा ठूला सार्वजनिक सवारी चलाउन पाइन्थ्यो भने मझौला तथा साना सवारी चलाउने लाइसेन्स लिन १८ वर्ष उमेर भए पुग्थ्यो।
सरकारले पहिलोचोटि निजी तथा सार्वजनिक सवारीनिम्ति लाइसेन्स लिने प्रणालीसमेत फरक–फरक तोकेको छ। सार्वजनिक सवारीका लागि व्यावसायिक तथा निजीका लागि गैरव्यावसायिक लाइसेन्स लिनुपर्नेछ। अहिलेसम्म एकै किसिमका लाइसेन्स प्रयोग गर्न पाइन्थ्यो। सार्वजनिक सवारीको लाइसेन्स लिन परीक्षा प्रणालीसमेत निजीभन्दा फरक हुने व्यवस्था नियमावलीमा छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले नियमावली पास भइसकेकाले तुरुन्तै कार्यान्वयनमा जाने बताए। उनका अनुसार अबदेखि अनुभवहीन चालकले एकैचोटि ठूला सार्वजनिक सवारी चलाउने लाइसेन्स पाउनेछैन। नयाँ नियमावलीमा ठूला सवारीको लाइसेन्स लिन चालकसँग कम्तीमा दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्ने व्यवस्था गरिएको उनले बताए।
'ठूला तथा मझौला सार्वजनिक सवारीचालकको लाइसेन्स लिन २५ वर्ष उमेर पुगेको हुनुपर्नेछ,' नियमावलीको व्यवस्थाबारे जानकारी दिँदै मन्त्री निधिले बिहीबार नागरिकसँग भने, '५९ वर्षभन्दा माथिका व्यक्तिलाई यस्ता सार्वजनिक सवारीचालक लाइसेन्ससमेत बनाउन दिइनेछैन।'
नयाँ नियमावलीअनुसार २५ वर्षको उमेरमा लाइसेन्स लिएका चालकले एक वर्षसम्म लामो दुरीको यात्रुवाहक सवारी चलाउन पाउनेछैनन्। 'लाइसेन्स लिएको एक वर्षसम्म परीक्षणकाल हुनेछ,' मन्त्री निधिले भने, 'परीक्षणकालमा लामो दुरीका सवारी चलाउन पाइनेछैन।' 
परीक्षणकालमै कसैले सार्वजनिक यातायात चलाएको पाइए उसको लाइसेन्स तत्काल खारेज हुनेछ। त्यस्तै, क्षमताभन्दा बढी यात्रु बोके पनि चालकको लाइसेन्स खारेज गरिनेछ।
नियमावलीले सार्वजनिक सवारीचालक बन्ने न्यूनतम शैक्षिक योग्यता पनि तोकेको छ। यसका लागि अनिवार्य रूपमा १० कक्षा पास गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ। हालसम्म सामान्य लेखपढ गरेकाले लाइसेन्स लिन पाउने व्यवस्था थियो। चालकलाई तालिम तथा कम्तीमा ५० घन्टा प्रशिक्षणको व्यवस्थासमेत गरिएको छ।
सार्वजनिक सवारीचालकको मनपरी रोक्न लामो समयदेखि ल्याउन खोजिएको यो नियमावली व्यवसायीको दबाबका कारण रोकिएको थियो। खिलराज रेग्मी अध्यक्षताको तत्कालीन मन्त्रिपरिषदले यो नियमावली कार्यान्वयन गराउन खोजेकोमा व्यवसायीकै दबाबमा फिर्ता पठाइयो। त्यसयता कानुन र यातायात दुई मन्त्रालयमै घुमिरहेको थियो।
पछिल्लो समय बढ्दो दुर्घटनाका कारण सार्वजनिक सवारीचालकलाई अनुशासित र मर्यादित बनाउन तथा अनुभवी चालक ल्याउन सरकारमाथि दबाब बढेपछि फेरि उक्त नियमावली ब्युँताइएको हो। प्रधानमन्त्री, मुख्यसचिव लगायत सबैतिरबाट दबाब आएपछि बल्लतल्ल नियमावली मन्त्रिपरिषद पुर्यातइएको थियो।
नियमावलीले सार्वजनिक सवारीचालकको उमेर र शैक्षिक योग्यताको हद मात्र होइन, लाइसेन्सका लागि दिनुपर्ने ट्रा्यल परीक्षामा समेत थप व्यवस्था गरेको छ। अहिलेजस्तो ट्रा्यल परीक्षा पास गरेपछि चालकले एकैचोटि सार्वजनिक गाडी चलाउन पाउनेछैन। मूलसडकमा गएर कम्तीमा तीन किलोमिटर परीक्षण ड्राइभ गर्नुपर्ने थप व्यवस्था गरिएको छ। साना सार्वजनिक सवारीका हकमा दुई किलोमिटर परीक्षण ड्राइभ गर्नुपर्छ। परीक्षण ड्राइभमा पैदलयात्रु, साइकल र अन्य सवारीको सुरक्षालाई विशेष ध्यान दिनुपर्नेछ।
यात्रुवाहक गाडी चलाउने चालकमा अनुभव कम हुँदा दैनिक सवारी दुर्घटना बढेकाले अनुभवी र दक्ष चालक ल्याउन नयाँ व्यवस्था गरिएको मन्त्री निधिले बताए। 'दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातको मनपरी रोक्न यो नियमावली धेरै उपयोगी हुनेछ,' उनले भने, 'हामी तुरुन्त यसलाई कार्यान्वयनमा लैजानेछौं।'
उनका अनुसार यो नियम पुराना चालकको हकमा पनि लागू हुनेछ। पुराना चालकलाई केही समयसीमा दिएर फेरि नयाँ व्यवस्थाअनुसार लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। निजी सवारीका हकमा भने पुरानै व्यवस्थाअनुसार लाइसेन्स लिन पाइनेछ।
पुरानो व्यवस्थाअनुसार मझौला तथा साना सवारीका लागि १८ वर्ष र मोटरसाइकल तथा त्यस्तै अन्य साना दुईपाङ्ग्रे सवारीका लागि १६ वर्ष उमेर पुगेको व्यक्तिले चालक अनुमतिपत्र प्राप्त गर्न सक्छन्।
सरकारी तथ्यांकअनुसार हालसम्म भएका दुर्घटनामा ७० प्रतिशतभन्दा बढी २५ वर्षभन्दा कम उमेरकै चालकबाट भएका छन्। 'कम उमेरका चालकलाई स्टेयरिङ हात पर्नेबित्तिकै सडकको डन मै हुँ भन्ने भान पर्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले भने, 'भर्खर जुँगाको रेखी बसेका चालक परिपक्व नहुने र जिम्मेवार पनि नहुने हुँदा उनीहरू मनपरी ढंगले सवारी हाँक्छन्, दुर्घटना बढ्नुको कारण यही हो।' नयाँ नियमले दुर्घटना कम गर्न धेरै हदसम्म सहयोग पुर्यानउने उनले बताए।
भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौला पनि यो नियमावली कार्यान्वयनले ५० प्रतिशतभन्दा बढी दुर्घटना कम हुने बताउँछन्। 'दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातको मनपरी रोक्न यो नियमावली धेरै उपयोगी हुनेछ,' उनले भने।
मन्त्रिपरिषदले सार्वजनिक सवारीचालक नियमावली पारित गरे पनि सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन भन्दै तयार पारिएको 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' र 'सवारी तथा यातायात नियमावली, २०५४' संशोधन मस्यौदा भने अझै अलपत्र छ।
व्यवसायीले सिन्डिकेटको बलमा यातायात क्षेत्रमा भित्याएको विकृतिले नै दुर्घटना बढेको निष्कर्ष निकाल्दै सार्वजनिक यातायातमा सरकारी उपस्थितिको विकल्प खुला राख्न ऐन र नियमावली संशोधन गर्न खोजिएको हो। व्यवसायी भने यसबाट आफ्नो बजार गुम्ला भन्ने डरले भरसक संशोधन हुनै नदिने जोडबलमा छन्।
मन्त्रालयस्रोतका अनुसार नयाँ ऐन तथा नियमावलीले यातायात क्षेत्रमा अपनाइएको उदारीकरणका नाममा निजी क्षेत्रको मनमानी अन्त्य गर्न खोजेको छ। सिन्डिकेट प्रोत्साहन गर्नेलाई कैदसजायदेखि ठूलो मात्रामा जरिवाना गर्ने, गल्ती गर्ने चालकदेखि व्यवसायीलाई कडा कारबाही गर्ने, हाल ऐनमा भएको सजाय तथा जरिवानाको हद भारी मात्रामा बढाउने प्रावधानसमेत संशोधन मस्यौदामा राखिएका छन्।
प्रस्तावित मस्यौदामा दोषी चालक तथा व्यवसायीलाई दुर्घटनास्थलमै कारबाही गर्ने, दुर्घटनाको प्रकृति हेरेर घटनास्थलमै चालकको लाइसेन्स र रुट पर्मिट खारेजसम्मको व्यवस्था गर्न खोजिएको छ। दुर्घटनामा चालकको गम्भीर दोष देखिए उसको लाइसेन्स र गाडीको रुट पर्मिट सधैंका लागि खारेज गर्ने व्यवस्था राख्नेबारे पनि छलफल भइरहेको मन्त्रालय स्रोत बताउँछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस