खलंगा (जाजरकोट)-जाजरकोट सदरमुकाम खलगांसम्म चल्ने भेरी राप्ती यायाताको ना४ख ६३८७ नम्बरको बसका सहचालकले सुर्खेत छिन्चुमा यात्रु बोलाइरहेका थिए। ४२ सिट क्षमताको बसमा ३४ यात्रु बसिसकेका थिए। बस छुट्नै लाग्दा छेउमै रहेको प्रहरी पोस्टबाट एकजना प्रहरी आएर बसका यात्रु गणना गरे, सामान नियाले र इन्जिनमाथिको भागमा कसैलाई बस्न नदिन चालकलाई आदेश दिए।बसको ढोकामा उभिँदै वाकिटाकीमार्फत अगाडिको चेकपोस्ट मेहेलकुनामा ड्युटीमा रहेका प्रहरीलाई बसमा सवार यात्री संख्यासहित अन्य विवरण जानकारी गराएपछि ती प्रहरीले उक्त बसलाई अगाडि बढ्न इसारा गरे।
साँघुरो तर कालोपत्रे सडकमा बस तीव्र रफ्तारमा गुड्न थाल्यो। मेहलेकुना पुग्नु केही अगाडि बसमा एक यात्रु थपिए। आधा घन्टापछि बस मेहेलकुना चेकपोस्टमा रोकियो। ड्युटीमा खटिएका प्रहरीले बस निरीक्षण गरे, यात्रुसंख्या गणना गरे र सिट क्षमताअनुसार नै रहेको पाएपछि बसलाई पुनः अगाडि बढ्न इसारा गर्दै अर्को चेकपोस्ट बोटेेचौरमा वाकिटाकीमार्फत जानकारी गराए।
चालकले पुनः बसको रफ्तार बढाए। छिन्चुदेखि जाजरकोटसम्मको करिब १ सय १० किलोमिटर लामो सडकखण्डमा ११ वटा चेकपोस्ट भेटिए। हरेक पोस्टमा प्रहरीले त्यसैगरी बसको निरीक्षण गरे। बसमा सवार यात्रुको विवरण टिप्ने काम गरे। तर, हरेक पोस्ट कटेसँगै चालकले सवारीलाई बेजोड हुइँक्याउँथे र अर्को चेकपोस्ट आउन लागेपछि गति घटाइहाल्थे।
गत मंसिर ४ गते जाजरकोटको भुरमा भएको सवारी दुर्घटनामा ५२ जनाको मृत्यु भएपछि दुर्घटना न्यूनीकरणका लागि सरकारले सुरु गरेको नयाँ व्यवस्थापछि देखिएको परिवर्तन थियो त्यो। साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु राखेका कारण बस दुर्घटना भएको निष्कर्ष निकाल्दै उक्त रुटमा चल्ने हरेक बसमा प्रहरीले यसैगरी निगरानी गर्न थालेको छ।
प्रहरीले सडकमा चल्ने सार्वजनिक मात्र नभई हरेक निजी तथा सरकारी नम्बर प्लेटका सवारीको समेत विवरण संकलन गर्न थालेको छ। जाजरकोट कुदु प्रहरी चौकीका प्रमुख दलबहादुर बोहोराले दुर्घटना न्यूनीकरण कार्यक्रमअन्तर्गत यात्रुको संख्या गणनासँगै बसको कागजपत्र, चालकको लाइसेन्स हेर्ने तथा यात्रुबाहक बसमा मालबाहक यात्रुले बोक्ने सामान राखे–नराखेको विषयमा समेत निरीक्षण गर्ने बताए।
उनका अनुसार यो अभियानपश्चात विगतमा जम्मा दुईवटा मात्र यात्रुबाहक बस चल्ने जाजरकोटमा अहिले ५/६ वटा चल्न थालेका छन्। ‘पहिला जम्मा दुईवटा बस चल्थ्यो, यात्रुले कोचाकोच गर्दै बस्नुपर्थ्यो,' उनले भने, ‘अहिले सबैले सिटमै बसेर यात्रा गर्न पाएका छन्।' उनका अनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाएपछि व्यावसायीले समेत नयाँ बस थप गरेका छन्।
दुर्घटना न्यूनीकरणका लागि चालिएको यो कदमको सर्वसाधारणदेखि बस व्यवसायीले समेत स्वागत गरे। सरकारले नियममा सुधार गरेको दुई महिनासम्म ढुक्कले यात्रा गरिरहेका यात्रुमा फेरि दुर्घटनाको त्रास बढेको छ। छिन्चु–जाजरकोट यात्राका क्रममा पटक–पटक मनमा चिसो पस्छ। जति–जति बसको रफ्तार बढ्दै जान्छ, यात्रुको मुटुको धड्कन पनि त्यसैगरी बढ्न थाल्छ।
नियममा सुधार आए पनि चालकको सवारी हँकाइमा सुधार आउन नसकेपछि जाजरकोट आउजाउ गर्ने हरेक यात्रुलाई दुर्घटनाको भयले सताउन थालेको हो। सिट क्षमता लागु भएपछि त झन् घुमाउरा मोहडा र साँघुरो सडकमा समेत चालकले बेपर्वाह ढंगले रफ्तार बढाउन थालेका छन्। ‘बसमा यात्रु कम भएर हो वा अन्य कारणले चालकले स्पिड झन् बढाएको पाइएको छ,' बोहोराले नागरिकसँग भने।
सडकको अधिकांश स्थान साँघुरो र एकतर्फी छ। माथिल्लो भागमा ठूला चट्टाने पहाड र तलतिर नीलो भेरी नदी हेर्दै गुडिरहेका यात्रुको मन गाडीको तीव्र रफ्तारसँगै चिसिँदै जान्छ।
खलगांका ट्राफिक हवलदार मोहनलाल भण्डारीका अनुसार चालकले सडकमा रफ्तार बढाएको विषयमा यात्रुले गुनासो गर्न थालिसकेका छन्। ‘दुर्घटना न्यूनीकरणका लागि सरकारले नियममा त सुधार गर्यो तर चालकलाई सुधार गर्न नसक्दा पुनः यात्रुमा दुर्घटनाको भय सुरु भइसकेको पाइएको छ,' उनले भने, ‘हामीले यहाँबाट छुट्ने चालकलाई कम स्पिडमा चलाउन भने पनि चेकपोस्टबाट टाढिएलगत्तै प्रहरीको आँखा छलेर रफ्तार बढाइहाल्छन्।'
भण्डारीका अनुसार चालकलाई निश्चित स्पिड लिमिटका आधारमा समयतालिका उपलब्ध गराउन आवश्यक छ। पहाडी र साँघुरो सडक भएकाले सुर्खेतदेखि जाजरकोटसम्म बढीमा ३० किलोमिटर प्रतिघन्टाको स्पिड लिमिट तोकेर समयतालिका उपलब्ध गराएमात्र गति नियन्त्रण हुने उनी बताउँछन्। ‘समयतालिका बनाएर हरेक पोस्टमा टिपाउने व्यवस्था गर्नुपर्छ,' उनले भने, ‘त्यसपछि मात्र गाडीको रफ्तारमा कमी आउनेछ, होइन भने चालकको लापरबाही रोक्न गाह्रो हुन्छ।'
उनका अनुसार सिट क्षमता लागू भएपछि छुट्टाछुट्टै बस व्यवासायीद्वारा सञ्चालित बसमा समेत रफ्तारमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ। ‘एउटा बस अगाडि गयो भने अर्कोले यात्रु पाउने लोभमा बेजोड दौडाउने खेल सुरु भएको छ,' उनले भने, ‘त्यसैले जतिबेला पनि दुर्घटना हुने खतरा बढेर गएको छ।' उनले केही स्थानमा गएको पहिरो नहटाउँदा सडक धराप बनेको र दुर्घटनाको खतरा बढेको बताए।
चालकको हँकाइमा गुनासो आइरहेको भेरी राप्ती यातायात समितिका सचिव टेकबहादुर पुन पनि स्विकार्छन्। ‘चालकको स्पिड कसरी कम गर्ने भन्ने विषयमा हामी पनि चिन्तित छौं,' उनले भने, ‘अरु नियममा त सुधार भयो तर चालकलाई सुधार्न गाह्रो रहेछ।' उनले चालकलाई सुधार्न प्रशिक्षण कक्षा दिने तयारी भइरहेको जानकारी दिए।