काठमाडौं-राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि ७ सय ३५ अर्ब रुपैयाँ बराबरको सिलिङ तोकेको छ। यो रकम चालु आर्थिक वर्षको भन्दा एक सय १७ अर्ब रुपैयाँ (१८.९३ प्रतिशत) बढी हो। चालु वर्ष ६ सय १८ अर्बको बजेट ल्याइएको थियो।आयोगअन्तर्गत स्रोत समितिको सोमबार बसेको बैठकले अन्तिम सिलिङ तोक्ने निर्णय गरेको हो। पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सिलिङ तोकिएको आयोग सदस्य चन्द्रमणि अधिकारीले बैठकपछि नागरिकलाई जानकारी दिए।
आयोगले एक साताअघि आगामी आवका लागि सात सय अर्ब हाराहारीकै बजेट सिलिङ तोक्ने प्रारम्भिक निर्णय गरेको थियो। तर पूर्वाधार, कृषि र पर्यटनमा बजेट थप्ने गरी सिलिङको आकार केही बढाइएको सदस्य अधिकारीले बताए।
‘क्षेत्रगत रुपमा विस्तृत छलफल हुन बाँकी छ, कुन क्षेत्रमा कति तोक्ने वा हरेक मन्त्रालयलाई बजेटको सीमा पठाउनेबारे केही दिनमै टुंगो लाग्नेछ,' उनले भने, ‘आन्तरिक छलफल टुंग्याएर फागुन पहिलो साता सबै मन्त्रालयमा सिलिङ पठाइन्छ।' आउने वर्ष पूर्वाधार क्षेत्रमा बजेटको आकारसँगै खर्चको क्षमतासमेत बढाउन अनुगमनलाई चुस्त बनाइने पनि उनले बताए।
आगामी वर्ष ७ सय ३५ अर्ब रुपैयाँ बन्दोवस्त गर्न सरकारले पाँच सय १२ अर्ब रुपैयाँ राजस्व लक्ष्य राखेको छ। वैदेशिक ऋण तथा अनुदान एक सय ४८ अर्ब आउने र ७५ अर्ब रुपैयाँ हाराहारी आन्तरिक ऋण उठाउने योजना तय भएको आयोगले जानकारी दियो।
राजस्व आम्दानी पाँच सय १२ अर्ब रुपैयाँ अनुमान गरिए पनि त्यसमा घटबढ हुन सक्ने आयोगको विश्लेषण छ। दक्षिण एसियाली खुला व्यापार सम्झौता (साफ्टा) अनुसार सन् २०१८ सम्म अतिकम विकसित देशले भन्सार दर शून्यदेखि पाँच प्रातिशत कायम गर्नुपर्ने छ। विश्व व्यापार संगठन (डब्लुटिओ) प्रावधान अनुसार पनि यो दर घटाउँदै लैजानुपर्छ।
नेपालको दुई तिहाइ व्यापार भारतसँग छ। भन्सार दर घटाउँदा मूल्य अभिवृद्धिकरमा समेत असर गर्ने र राजस्व आम्दानी घट्न सक्ने आधिकारीको तर्क छ। तर पुँजीगत खर्च बढ्यो भने निर्माण सामग्रीको आयात बढेर राजस्वको दायरा फराकिलो हुने उनले बताए।
आयोगले आगामी वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। राजनीतिक अस्थिरता रहिरहे पनि ६ प्रतिशतको वृद्धिदर सजिलै हासिल गर्न सकिने आयोगको विश्लेषण छ। राजनीतिक तरलता र लगानीयोग्य वातावरण अस्थिर भए पनि मूल्यवृद्धि ७ प्रतिशतमा झार्ने लक्ष्य छ।
यो वर्ष आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत राखिएको थियो। तर, हालसम्म विकास निर्माण तथा पुँजीगत खर्चको प्रगतिको आधारमा नेपाल राष्ट्र बैंकले वृद्धिदर साढे पाँच प्रतिशतभन्दा माथि नजाने विश्लेषण गरेको छ।
सरकारले यो वर्ष चार सय २२ अर्ब रुपैयाँ राजस्व र करिब एक सय २६ अर्ब रुपैयाँ वैदेशिक सहयोग उठाउने लक्ष्य राखेको छ। राजस्व आम्दानी शतप्रतिशत नै हुने भए पनि विकास खर्च न्यून भएकाले लक्षित वैदेशिक सहयोग नआउने अधिकारीले बताए।
चालु वर्षको ६ सय १८ अर्ब रुपैयाँमध्ये ५ सय ५८ अर्ब रुपैयाँ (करिब ८८ प्रतिशत) खर्च हुने आयोगको अनुमान छ। यो कुल विनियोजित बजेटभन्दा ८८ अर्ब रुपैयाँ कम हो। ‘खर्च गर्ने क्षमता नबढाई बजेटको आकारमा मात्र बढाउँदा विकास देखिँदैन,' अधिकारीले भने, ‘आगामी वर्ष पुँजीगत बजेट बढाउने कार्यक्रम आउनेछन् यसले यसले चालु खर्चसमेत तान्छ।'
कुल गार्हस्थ उत्पादन, मूल्यवृद्धि र हालसम्मको खर्चको आधारमा अर्को वर्षको आकार, आम्दानी र खर्च प्रक्षेपण गरिएको उनले बताए। निजी क्षेत्रलाई सहभागी गराउने छुट्टै कार्ययोजना ल्याउन निर्देशन दिने र विकास खर्च बढाउन अनुमगन तथा मूल्यांकन चुस्त बनाउने गरी बजेट तथा कार्यक्रम ल्याउने आयोगको तयारी छ।
राष्ट्रिय गौरवका आयोजना समयमै निर्माण गर्न छुट्टै अनुमगन टोली गठन गरिने छ। आयोगमा कार्यक्रम स्वीकृत गर्न समय लाग्ने हुँदा खर्च कम हुने मन्त्रालयको औपचारिक तर्क आगामी वर्षदेखि दोहोरिने छैन। आयोगले अब कार्यक्रम स्वीकृत गर्न आउनै नपर्ने रणनीति बनाएको छ।
विकासमा निजी क्षेत्रको भूमिका किटान गर्न निर्देशन दिँदै आयोगले हरेक मन्त्रालयसँग उनीहरुलाई सहभागी गराउने वा सहजीकरण गर्ने योजनासमेत समावेश गर्न आग्रह गरेको छ। ‘कुल गार्हस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रको सहभागिता प्राथमिकतामा राखिने छ, सरकारले त सहजीकरण गर्ने हो,' अधिकारीले भने।
खर्चको क्षमता विकास नगरी ठूलो अंकको सिलिङ तोक्दा जथाभावी योजना तथा कार्यक्रम आउने पनि आयोग अधिकारीको भनाइ छ। वैदेशिक सहायता अधिकांश पुँजीगत खर्चमा जान्छ।
अहिलेसम्म वैदेशिक सहयोगको खर्च अवस्था निराशाजनक रहेको सदस्य अधिकारीले बताए। चालु वर्षमा एक खर्ब १७ अर्ब रुपैयाँ पुँजीगत खर्च तोकिएकोमा ४५ प्रतिशतभन्दा बढी खर्च नहुने अर्थ मन्त्रालयले विश्लेषण गरेको छ।
सरकारले गत वर्ष करिब ५२ अर्ब रुपैयाँ स्वदेशी ऋण उठाउने लक्ष्य राखेको थियो। सरकारको ढुकुटीमा पर्याप्त तरलता भएकाले अहिलेसम्म यो उठाइएको छैन। स्वदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको २८ प्रतिशतमा झरिसकेको आयोग अधिकारी बताउँछन्।