काठमाडौं– टर्किस एयरलाइन्सको जहाज बुधबार धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । नेपालभित्र र बाहिर गरी झन्डै ४० हजार यात्रु संसारका विभिन्न विमानस्थलमा अलपत्र छन्।धावनमार्गबाट चिप्लिएको एउटा जहाजले नै नेपाललाई यसरी अन्तर्राष्ट्रिय जगतसँग हवाई सम्पर्कविच्छेदको अवस्थामा पु¥यायो भने कल्पना गरौं, भोलि कुनै प्राकृतिक विपत्तिले धावनमार्गको संरचनामै असर पारे के गति होला ?
नेपालको उड्डयन क्षेत्रको यो दुगर्तिमा टर्किस जहाज दुर्घटना मात्र कारण होइन । विगत १० वर्षयताका सरकार, राजनीतिक दलका नेता र प्रशासकको 'अदूरदर्शी र ढिलासुस्ती' ले नै नेपाललाई यस्तो निरीह अवस्थामा ल्याइपुर्याएको हो।
सरकारले बेलैमा तदारुकतासाथ काम अघि बढाएको भए यसै वर्ष बाराको निजगढमा पहिलो धावनमार्गसहित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने थियो । र, बारा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको भए यतिखेर टर्किस जहाज दुर्घटनाले त्रिभुवन विमानस्थल बन्द हुँदा पनि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क रोकिने थिएन ।
गुरुयोजना बनेको वर्षौं बितिसक्यो, विमानस्थल निर्माण र सञ्चालन जिम्मेवारी लिन विदेशी लगानीकर्ता पनि तयार भएर आएकै थिए, तैपनि यो परियोजना १० वर्षदेखि कागजी स्वरूपबाट वास्तविकतामा परिणत हुन सकेन । अझ चार वर्षदेखि त बारा विमानस्थल निर्माणमा एक रौं काम भएको छैन ।
सरोकारवालाहरू बारा अन्तर्राष्ट्रिय विमानस्थल नबन्नुमा राजनीतिक स्वार्थ, खिचातानी र विदेशी लगानी ल्याएर ठूला परियोजना सञ्चालन गर्ने आँट नहुनुलाई जिम्मेवार ठहर्याउँछन्। यति मात्र होइन, बारा परियोजना ढिलाइ हुँदै गएपछि यसको साटो पोखरा, जनकपुर वा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने लडाइँले पनि यसलाई थप अनिश्चित बनाउँदै लगेको सम्बद्ध अधिकारीको भनाइ छ।
'राष्ट्रिय योजना आयोगले निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्व लिन नसकेकै कारण काम रोकिएको हो,' बारा विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीमा संलग्न विनय रावलले शुक्रबार नागरिकसँग भने ।
बारा विमानस्थल निर्माण, सञ्चालन र हस्तान्तरणसम्बन्धी प्रस्ताव पेस गरेको दक्षिण कोरियाको ल्यान्डमार्क वल्र्डवाइड कम्पनीको नेपालस्थित आवासीय प्रतिनिधिका रूपमा रावलले यो परियोजना कसरी अघि बढ्यो, कहाँकहाँ कस्ता अड्चन आए भन्ने छर्लंग देखेका छन् ।
उनका अनुसार एउटा सरकारसँग भएको सम्झौतालाई अर्को सरकारले 'राजनीतिक' दृष्टिबाट मात्र हेर्नु र त्यसको स्वामित्व ग्रहण गर्न नखोज्नु नै बारा विमानस्थल परियोजना अल्झिनुको मुख्य कारण हो । 'एउटा सरकारसँग भएको सम्झौतालाई अर्को सरकारले पूरै बेवास्ता गर्ने प्रवृत्तिले नै काम अघि नबढेको हो,' उनले भने ।
बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने तयारी सुरु भएको २०६६ सालबाट हो । सरकारले २०६६ फागुन २३ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र एयरपोर्ट सिटी निर्माण परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ल्यान्डमार्कसँग सम्झौता गरेको थियो ।
त्यतिबेला प्रधानमन्त्री थिए, हाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।
उनकै मन्त्रिपरिषदले पाँच वर्षअघि ल्यान्डमार्कलाई विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने अनुमति दिएको थियो । ल्यान्डमार्कले ३८ लाख अमेरिकी डलर खर्च गरेर दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पा¥यो ।
तर, प्रतिवेदन तयार हुँदासम्म एमाले सरकारबाट हटिसकेको थियो ।
एकीकृत नेकपा माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ल्यान्डमार्कले सुरुमा ४ हजार ५ सय पृष्ठको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझायो । सरकारले त्यतिमा चित्त बुझाएन । अझ विस्तृत विवरण ल्याउन भन्यो । दुई महिनापछि भट्टराईकै पालामा ६ हजार ६ सय पृष्ठको प्रतिवेदन बुझाइयो । दोस्रो प्रतिवेदन हस्तान्तरणसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्ने आशाले त्यतिबेला देशभरि तरंग ल्यायो ।
ल्यान्डमार्क आफैं पनि विमानस्थल निर्माण, सञ्चालन र हस्तान्तरणको जिम्मा पाउनेमा ढुक्क थियो । कोरियाकै इन्चेन अन्तर्राष्ट्रिय विमानस्थल र र बुसान बन्दरगाह निर्माण गरेको ल्यान्डमार्कले बारा विमानस्थल निर्माणमा चासो देखाए पहिलो प्राथमिकता उसैलाई दिने भनेर सरकार आफैंले सम्झौता गरेको थियो । कतिसम्म भने सरकारले जग्गा उपलब्ध गराइदिए विमानस्थल निर्माणका लागि चाहिने सम्पूर्ण रकम आफैं व्यवस्था गर्ने, सन् २०१५ मा पहिलो धावनमार्गसहित विमानस्थल सञ्चालनमा ल्याउने र बिस्तारै दक्षिण एसियाको 'हब' विमानस्थल बनाउने प्रस्तावसमेत उसले पेस गर्यो।
तर, तत्कालीन एकीकृत माओवादी सरकारले ल्यान्डमार्कको यो प्रस्ताव अघि बढ्नै दिएन । राष्ट्रिय योजना आयोग पुगेको अध्ययन प्रतिवेदन त्यहीँ थन्कियो ।
रावलका अनुसार सरकार र ल्यान्डमार्कबीच भएको सम्झौतामा उसको अनुमतिबिना तेस्रो पक्षलाई विमानस्थल निर्माण गर्न नदिने उल्लेख छ । यसअनुसार ल्यान्डमार्कले इच्छा राख्दाराख्दै यो परियोजनामा अरू कसैलाई प्रवेश गराउन सजिलो छैन । तैपनि प्रतिवेदन बुझेपछि तत्कालीन सरकार विमानस्थल निर्माण अघि बढाउन खासै गम्भीर देखिएन । त्यसपछि बनेका अरू सरकारले पनि यो परियोजनामा खासै चासो देखाएनन् । अहिलेसम्म एकपटक वार्तामा समेत नबोलाइएको रावलले बताए ।
'जमिन मात्र उपलब्ध गराइदिए हुन्छ, एक पैसा हाल्नुपर्दैन, हामी आफैं निर्माण गर्छौं, आफैं बजारीकरण गर्छौं र आफैं अन्तर्राष्ट्रिय बजारमा प्रख्यात बनाउँछौं भनिरहेकै छौं,' रावलले भने, 'तर खोइ, हामीलाई कतैबाट सहयोग भएन, पाँच वर्षदेखि धाएको धायै छौं, अझै केही टुंगो छैन, सरकारबाट कुनै प्रतिक्रिया आएको छैन । यही पाराले त मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल एक सपना मात्र हुने निश्चित छ ।'
ल्यान्डमार्कको अध्ययन प्रतिवेदनअनुसार बारा विमानस्थल त्रिभुवन विमानस्थलको दाँजोमा दसौं गुणा बढी क्षमताको हुन्थ्यो । वार्षिक ६ करोड यात्रु, ४ लाख जहाज उडान–अवतरण, ६ लाख टन कार्गो व्यवस्थापन र एयरपोर्ट सिटीसहित निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सकिने उसको प्रतिवेदनमा उल्लेख छ ।
'दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बने नेपालको मुहार फेरिनेछ,' ल्यान्डमार्कका उपाध्यक्ष सेओक हेअङ लिले त्यतिबेला पर्यटन सचिव किशोर थापालाई प्रतिवेदन बुझाउँदै भनेका थिए, 'अध्ययन प्रतिवेदन तयार पारेकाले विमानस्थल निर्माणको जिम्मा पनि नेपाल सरकारले हामीलाई नै दिने विश्वास छ ।'
पर्यटन सचिव थापाले पनि अध्ययनको काम सकिएकाले निर्माणको चरण आएको बताएका थिए । 'सरकारले दोस्रो विमानस्थल निर्माणजस्तो ठूलो परियोजनालाई उच्च प्राथमिकतामा राखेको छ,' उनले भनेका थिए, 'विस्तृत अध्ययन गरेकाले ल्यान्डमार्कले निर्माण ठेक्का पनि पाउन सक्छ, तर यसका लागि राजनीतिक सहमति आवश्यक हुन्छ ।'
पर्यटन सचिवले त्यतिबेला जुन 'राजनीतिक सहमति' को खाँचो औंल्याएका थिए, त्यसैमा आएर अड्किएको छ यसको भविष्य ।
हुँदाहुँदा अहिले त सरकार अन्तर्राष्ट्रिय विमानस्थलका नाममा क्षेत्रीय विमानस्थलतिर लागेपछि समस्या झन् बल्झिएको छ । 'हामीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि चाहिन्छ तर मुलुककै कायापलट गर्नसक्ने विमानस्थललाई छायामा पार्नुको औचित्य सरकार वा राजनीतिक दलले प्रमाणित गर्न सकेका छैनन्,' नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले भने ।
त्यतिबेला 'निर्माण, सञ्चालन र हस्तान्तरण' (बुट) ढाँचाअनुसार सरकारले विमानस्थल निर्माण कम्पनी छनोट गर्ने योजना लिएको थियो । बुट ऐनअनुसार २ अर्ब रुपैयाँभन्दा माथिको परियोजना निर्माण ठेक्का सोझै वार्ता वा प्रतिस्पर्धाबाट दिन सकिन्छ । ठेक्का पाएको कम्पनीले आफैं लगानी गर्छ र तोकिएको अवधि चलाएर सरकारलाई हस्तान्तरण गर्छ ।
ल्यान्डमार्कले तीन चरणमा विमानस्थल निर्माण गर्ने प्रस्ताव नेपाललाई बुझाएको छ । पहिलो भागको निर्माण पूरा गर्न ६५ करोड डलर (करिब ६५ अर्ब रुपैयाँ) खर्च लाग्ने छ । दोस्रो चरणमा २५ करोड डलर (करिब २५ अर्ब रुपैयाँ) थप लगानी गरिने छ । त्यसपछि अन्तिम चरणमा लगानी बढाउँदै १ अर्ब डलर (करिब १ खर्ब रुपैयाँ) भन्दा माथि पु¥याइने छ । विमानस्थलको क्षेत्रफल ३ हजार हेक्टर रहने र त्यसमध्ये २ हजार हेक्टरमा विमानस्थल र १ हजार हेक्टरमा एयरपोर्ट सिटी रहने प्रस्ताव गरिएको छ ।
प्रतिवेदनअनुसार विमानस्थलमा दुइटा धावनमार्ग हुनेछन् । २०१५ मा एउटा धावनमार्गसहित पहिलो भाग सञ्चालनमा आउनेछ । त्यसको पाँच वर्षभित्र ४८ लाख अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन गर्न सकिनेछ भने पूर्णक्षमतामा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिनेछ । पहिलो चरणमा ३४ हजार र पूर्णक्षमतामा ४ लाख जहाज उडान–अवतरण तथा ५० हजार टन हुँदै पूर्णक्षमतामा ६ लाख टन कार्गो व्यवस्थापन गर्न सकिने ल्यान्डमार्कको प्रस्ताव छ ।
त्यस्तै, ३ हजार ६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको छुट्टाछुट्टै दुईवटा धावनमार्ग तथा १५ अन्तर्राष्ट्रिय, ४ आन्तरिक र २ कार्गो जहाज पार्किङ एप्रोन रहनेछन् । विमानस्थलमा चारवटा अन्तर्राष्ट्रिय टर्मिनल भवन रहनेछन् । प्रत्येकको क्षमता १५ लाख यात्रु व्यवस्थापन गर्नसक्ने हुनेछ ।
पहिलो चरणमा यात्रु टर्मिनल ७५ हजार ५ सय वर्गमिटर क्षेत्रफल, ६ बोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा घेरा, ३५ अध्यागमन काउन्टर, ८ भन्सार निरीक्षण काउन्टर र ६ ब्यागेज क्लेम काउन्टर रहने छन् । दुईतले यात्रु टर्मिनलको माथिल्लो तलामा प्रस्थान र भुईं तलामा आगमन कक्ष रहनेछ ।
राजधानीबाट ८० किलोमिटर दुरीमा रहने विमानस्थल सञ्चालनमा आउनु ६ महिनाअघि 'काठमाडौं–तराई फास्ट ट्र्याक' बनिसक्नुपर्ने ल्यान्डमार्कले बताएको थियो । ट्र्याक बने विमानस्थलबाट एक घन्टामा काठमाडौं आइपुगिनेछ । विमानस्थल निर्माण गर्दा त्यहाँका १ हजार २ सय ८६ घरपरिवारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्नेछ ।
रावलका अनुसार सन् २०११ अन्त्यसम्म सरकारले अन्तिम निर्णय गरेर निर्माणको इजाजत दिएको भए २०१५ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो भाग सञ्चालनमा आउने थियो ।
तर, यति बृहत परियोजना राजनीतिक खिचातानीको सिकार हुनुले तीन दिनदेखि त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण रोकिँदा पनि नेपालसँग अर्को कुनै विकल्प छैन ।
अवतरण बेला धावनमार्गमा चिप्लिएर बुधबार दुर्घटनामा परेको टर्किस जहाज हटाउन नसक्दा तेस्रो दिन शुक्रबार पनि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सकेन । यसअघि नागरिक उड्डयन प्राधिकरणले भारतबाट उपकरण ल्याएपछि ८ देखि २४ घन्टाभित्र विमानस्थल पूर्ण सञ्चालनमा आउने घोषणा गरेको थियो । तर, हिलोमा धस्सिएको जहाजलाई 'एयर ब्लाडर' बाट उचालेर अगाडिको पाङ्ग्रा फर्ने काम शुक्रबार दिउँसो बल्ल सुरु भयो ।
प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्म विमानस्थल बन्द घोषणा गरेकोमा शनिबार बिहान १० बजेसम्म जारी राखेको छ । त्यसपछि पनि उडान–अवतरण सुरु हुन्छ कि हुन्न टुंगो छैन । जहाजका पाङ्ग्रा फेरिए पनि जहाजलाई धावनमार्गसम्म लैजाने बाटो बनाउनुपर्ने हुँदा ढिलाइ भएको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार झन्डै दुई लाख किलो तौलको जहाजलाई गुडाउन बाटो बलियो नै बनाउनुपर्छ । एयर इन्डिया, नेपाल वायुसेवा निगम र टर्किसका इन्जिनियर सहभागी टोलीले जहाज निकाल्ने प्रयास गरिरहेको छ ।
गत बुधबार बिहान टर्कीको इस्तानबुलबाट नियमति उडानमा काठमाडौं आएको टर्किस एयरलाइन्सको 'ए३३०' सिरिजको जहाज अवतरण गरेपछि धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिमपट्टि लगभग धावनमार्गको आधा दुरीमा दुर्घटनामा परेको थियो । जहाजमा क्षति पुगे पनि त्यसमा सवार एक नाबालकसहित २ सय २४ यात्रु र ११ चालकदल सकुशल रहे । जहाजको दायाँ पखेटाको केही भाग धावनमार्गपट्टि रहेका कारण विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आएको हो ।
बुधबार बिहान ७ः४५ मा घटना भएलगत्तै विमानस्थल व्यवस्थापनले मध्याह्न १२ बजेसम्म विमानस्थल बन्द गर्ने घोषणा गरेको थियो । त्यसबीच जहाजलाई फसेको ठाउँबाट हटाउन सकिने अनुमान विमानस्थलको थियो । तर, जति दिन ढल्दै गयो, त्यति समस्या बल्झिँदै गयो ।
त्यसपछि त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज हटाउन आफ्नातर्फबाट सम्भव नहुने ठहर ग¥यो । धावनमार्ग छेउको हिले चौरमा फसेको जहाज बाहिर निकाल्न आवश्यक उपकरण भारतबाट ल्याउने निर्णय भयो । तर, निर्णय कार्यान्वयनमा अर्को समस्या तेर्सियो, ठूलो जहाज अवतरण गर्न धावनमार्गमा अवरोध छ, कसरी ल्याउने?
यही समस्या सल्टाउन भारतीय हवाई सेनाको जहाजबाट ल्याउने तयारी भयो । भोलिपल्ट बिहीबार दिउँसो भारतीय हवाई सेनाको 'हर्कुलस' जहाजले आवश्यक उपकरण 'रिमुभल किट्स' र एयर इन्डियाको १२ जना इन्जिनियर टोली लिएर आयो । टोली आउनासाथ उपकरण लिएर जहाज निकाल्ने काममा जुट्यो टोली । काम त सुरु भयो, तर जहाज निकाल्ने काम पूरा भएको छैन ।

ठूला परियोजना सञ्चालनको आँट छैन

यस्तो छ बारा विमानस्थलको ढाँचा

विमानस्थल खुल्ने अझै टुंगो छैन