सिन्धुपाल्चोक- सांगा चोककी आकृति तामाङ यसै वर्ष कक्षा दुई पुगिन्। उनी पढ्ने स्कुल रामदेवी मावि घरकै ठिक सामुन्ने छ। केही दिनमै उनको स्कुलमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। तर, अहिले न उनको घर सग्लो छ न त सामुन्नेको स्कुल।मंगलबार दिउँसो साढे १ बजेतिर उनको घरको भग्नावशेषमा पुग्दा आकृति आफ्ना कलिला हातले सकी–नसकी छरपस्ट काठ, माटो र ढुंगाको थुप्रो पन्छाउन खोज्दै थिइन्।
उनले विस्तारै धुलो माटो कोतरिन्। त्यहाँ रहेका काठका स–साना चिर्पटा पन्छाइन् । हामीले देख्यौं, त्यसमुनि एउटा किताब गाडिएको रहेछ। अन्दाजी सात वर्षकी ती बालिका भूकम्पले भत्काएको घरको भग्नावेशषमा चेपिएको त्यही किताब झिक्न खोजिरहेकी रहिछन् ।
उनी किताब बोकेर जुरुक्क उठिन्। यतिञ्जेल उनलाई हाम्रो उपस्थितिको आभाष थिएन । किताब बोकेर अगाडि बढ्न खोज्दा अचानक हामीलाई देखेर अत्तालिइन् । र, हत्तपत्त किताब भुइँमा मिल्काएर खुर्रर सडकतिर दौडिइन्, जहाँ शनिबारको भुइँचालोले घरबारविहीन भएर सडकमा आइपुगेका उनका आफन्त थिए ।
उनले मिल्काएको किताबमा तेस्रो अध्यायको पाना पल्टिएको थियो, जसमा लेखिएको थियो– 'टकिङ अबाउट फ्युचर' । त्यो अध्यायमा भविष्यमा नानीहरू को के बन्न चाहन्छन् भन्नेजस्ता रंगीन सपना कुँदिएका थिए ।
भुइँचालोअघि आकृतिले अन्तिमचोटि त्यो किताब पल्टाउँदा त्यही अध्याय पढिरहेकी थिइन्, सायद ।
र, आफू पनि त्यसमा लेखिएजस्तै भविष्यमा डाक्टर, इन्जिनियर, नर्स वा शिक्षिका बन्ने सपना देखिरहेकी थिइन्, सायद ।
उनको भविष्य त थाहा छैन, आज उनको वर्तमान भने अन्धकार छ ।
'अब त न पढ्न पाइने भइयो न त बस्न,' भुइँचालो गएयताका चार दिन सडकको बास खेपेकी आकृतिले सुस्तरी नागरिकसँग भनिन् ।
जिन्दगीमा खासै दुःखसुख नदेखेकी आकृतिको निम्ति आफ्नो घर र स्कुल लड्नु नै अहिलेसम्मको सबभन्दा ठूलो पीडा बनेको छ, जसले उनी यति विचलित छन्, भूकम्प गएको चौथो दिन मंगलबारसम्म बेलाबेला झस्किरहन्छिन् ।
शनिबारको भुइँचालोले उनी जन्मेको दुईतले पुरानो घर माटो बनेको छ । उनी कयौं दिनदेखि नयाँ शैक्षिक सत्रमा नयाँ कक्षा जान उत्साहित स्कुल आधा भत्किएको छ । यति मात्र होइन, यी दुई भग्नावेशषको बीचमा रहेको काठमाडौं–चौतारा सडक पनि आधा चिरिएको छ ।
त्यही आधा चिरिएको सडक आसपास बसोबास गरिरहेका छन्, आकृति र उनीजस्ता भूकम्पपीडित परिवारहरू ।
यहाँ आसपासका अधिकांश घर आकृतिको जस्तै भग्नावशेषमा परिणत भएका छन् । सग्लो रहेका घर पनि चर्किएर बस्न नसकिने अवस्थामा छन् । साँगाचोक क्षेत्रमा मात्र हालसम्म १ सय ९ जनाको शव फेला परिसकेको छ भने २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । कति घरमा मान्छे पुरिएका छन्, जसको उद्धार हुन सकेको छैन ।
स्थानीय रेशमलाल श्रेष्ठ बस्ने साँगाचोकको चारतले पक्की घर भग्नावशेषमा परिणत भएको छ । उनकी श्रीमती र १५ महिनाको छोरा त्यही भग्नावेशषमा चेपिएका छन् । सरकारी उद्धार टोली त्यहाँ आजसम्म पुगेको छैन । सरकारी पदाधिकारीको मुखै नदेखेपछि उनले सोमबार आफैं डोजर बोलाएर भग्नावशेष पन्छाउन खोजेका थिए । तर, सकेनन् । उनलाई लाग्यो, त्यसरी कच्चा पाराले खन्दा श्रीमती र छोरा जीवितै भए पनि बाँच्ने छैनन् ।
'यही सोचेर म हच्किएँ,' उनले भने, 'सरकारी टोली आउन जति ढिला हुँदैछ, उनीहरू जीवित फेला पर्ने आश उति मर्दैछ ।' त्यही घरमा अरू थप दुई जना चेपिएका छन् ।
घरबाट करिब २० मिटर दुरीको प्रहरी पोस्टसमेत भत्किएको छ । हामीले त्यहाँका प्रहरीलाई सोध्यौं, 'उद्धारमा किन ढिलाइ भयो ?'
'हामीले गर्ने सहयोग त ग¥यौं तर माथिबाट कोही आएनन्,' निराश र थकित देखिने असई गोपी ब्लोनले भने, 'हाम्रोबाट भन्दा माथिबाटै सहयोग आउनुपर्छ । हामीले पटक–पटक जानकारी गराइसक्यौं तर कोही आएका छैनन् ।'
सरकारको उपस्थिति नभएको अवस्थामा बरु केही स्थानीयले राहत सामग्री वितरणमा सक्रियता देखाएका छन् । उनीहरूले केही पाल र खानेकुरा बाँडेका छन् तर त्यसबाट स्थानीय भूकम्पपीडितले राहतको कुनै अनुभूति गरेका छैनन् । नयाँ गाडी लिएर आएको नयाँ मान्छे देखिनेबित्तिकै उनीहरू झुम्मिन आउँछन्, राहतको आसमा ।
दोलालघाटबाट करिब पाँच किलोमिटर माथि पोखरेबेसीमा हाम्रो गाडी रोकिनेबित्तिकै स्थानीयको एक हुल हामीलाई घेर्न आइपुगे । हामी गाडीबाट ओर्लियौं । उनीहरू एक टक हामीलाई नियालिरहेका थिए । कोही गाडीको सिसाबाट भित्र चियाइरहेका थिए । धेरैका आँखा हाम्रा रित्ता हातमा गडेका थिए ।
'हजुरहरू राहत बाँड्न आउनुभएको हैन ?' एक जनाले सोधे ।
हामीले आफू पत्रकार भएको बताएपछि उनीहरू निराश भए । तिनैमध्येका ४५ वर्षीय रामकृष्ण गिरीले भने, 'यतिका दिनसम्म हामीलाई हेर्नधरि कोही आएन, हाम्रा घर ढले, भकारी लडे । लडेका घरभित्र गाईवस्तु अझै छन् । हामी सडकमा आइपुगेका छौं । न हामीसँग बस्ने बास छ न खाने गाँस छ । आज तपाईंहरूलाई देखेर हामीलाई सरकार आइपुग्यो कि भन्ने लागेको, हैन रैछ ।'
'तपाईंहरू पत्रकार हुनुहुन्छ, भुइँचालो गएको चार दिनसम्म सरकारले हामीलाई देखेन,' उनका आँखाबाट आँसु बग्दै थिए, 'हाम्रो समस्या सरकारसम्म पु¥याइदिनुस् ।'
उनीहरूको यो बस्ती जंगलको छेउमा छ । त्यहीँ बारीको पाटामा जसोतसो थोत्रा पाल टाँगेर बसिरहेका छन् यहाँका पीडितहरू । ती थोत्रा पाल झरी थेग्न असमर्थ छन् । राति चितुवा आउने डरले उनीहरू थप त्रसित छन् । यहाँका ४५ घर भत्किएका छन् ।
जलकिनेको स्थिति अझ नाजुक छ । सडकका छेउमै रहेका बस्ती सबै लडेका छन् । हामी पुग्दा स्थानीय आफ्ना घरका भग्नावशेष खोस्रिरहेका थिए । सबैको एउटै प्रश्न थियो– 'हामीले सरकारी राहत कहिले पाउँछौं ?'
जति अघि बढ्दै गयो, स्थिति उति भयावह थियो । धेरै ठाउँमा त घाइतेले उपचारसमेत पाएका छैनन् । घाइतेलाई अस्पताल लान पनि सकिएको छैन ।
ठूलो सिरुवारीका ८० वर्षीय खेमनाथ दुलालले आफ्नी श्रीमती भूकम्पबाट चल्नै नसक्ने हालतमा पुग्दा पनि अस्पताल पु¥याउन नसकेको बताए । 'यो बुढेसकालमा श्रीमती कम्मरमुनिको भाग चलाउन नसक्ने भइन्,' उनले भने, 'सदरमुकामको एकदम नजिक मोटर आउने बाटो भएर पनि उनलाई अस्पताल पु¥याउन सकेको छैन, सरकार त कहाँ छ हामीलाई थाहै भएन ।'
मूल सडकबाट केही भित्रको सानो सिरुवारी र ठूलो सिरुवारीमा ४० जनाभन्दा बढीको ज्यान गएको छ ।
सदरमुकामबाट १५ किलोमिटर टाढा मात्र होइन, सदरमुकामकै मानिसको पनि उद्धार हुन नसकेर बेहाल छ । जिल्ला सदरमुकाम चौताराका सबै घर चिरिएका र भत्किएका छन् । कुनै पनि घर सग्ला र बस्नलायक छैनन् । जिल्ला प्रशासन कार्यालयबाट मुस्किलले पाँच मिनेट दुरीमा रहेको घरका शवसमेत निकाल्न सकिएको छैन । यसले सदरमुकाम नै डुङडुङ्ती गनाउने स्थिति आएको छ ।
सिन्धुपाल्चोकका हरेक गाउँमा अहिले यस्तै गन्ध छ । कतै मुश्किलले शव निकाल्ने कार्य भइरहेको छ भने कतै अझै निकाल्न सकिएको छैन । भग्नावशेषमा चेपिएका गाईभैंसी त कसैले निकाल्न सकेका छैनन् । पीडितहरू सबै खानेकुरा र राहतको पर्खाइमा छन् । टुँडिखेलमा बनाइएका चार–पाँच सरकारी पाल र त्यहाँ बाँडिएका केही खाद्यान्न सामग्रीबाहेक सबैतिर सरकारको उपस्थिति शून्य छ । मुख्य बजार नै कफ्र्यु लागेजस्तो सुनसान छ । घरहरू बम पड्काएर भत्काएजस्तो खण्डहर बनेका छन् । यो स्थितिमा यहाँका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीसमेत जिल्ला छाडेर काठमाडौं फर्केका छन् ।
'हेलिकप्टर आउँछन्, फन्को मार्छन्, जान्छन्,' स्थानीयहरू आक्रोशित हुँदै भन्छन्, 'सरकारको आँखामा कहिले पर्ने हो सिन्धुपाल्चोक ?'