‘६ महिनाभित्र १० हजार घर’
२२ वैशाख २०७२
•
६ मिनेट पाठ
‘६ महिनाभित्र १० हजार घर’
काठमाडौं-व्यावसायिक घराना चौधरी ग्रुपले भूकम्पले क्षतिग्रस्त गाउँमा ६ महिनाभित्र १० हजार घर निर्माण गरिदिने प्रतिबद्धता सार्वजनिक गरेको छ। भूकम्पपीडितको दीर्घकालीन राहतमा चौधरी फाउन्डेसनमार्फत २५ करोड रुपैयाँ खर्च गर्ने गु्रपले जानकारी दिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि ३५ करोड लागतमा एक हजार घर निर्माण गरिदिने बुधबारै घोषणा गरेको छ।




ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनमार्फत १ हजार ‘ट्रान्जिसलन' घर आफैं निर्माण गर्ने र बाँकी ९ हजार देशभित्र र बाहिरका विभिन्न संघसंस्था, दातृ निकाय र निजी क्षेत्रलाई प्रोत्साहन गरेर निर्माण गरिने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए। त्यसका लागि छुट्टै थप १० करोडको कोष खडा गरिने उनले जनाए।
‘यो विपत्तिमा दीर्घकालीन राहतस्वरुप पुनर्वास र विद्यालय निर्माणमा हामी लाग्नेछौं,' पत्रकार सम्मेलनमा चौधरीले भने।
यस्ता घरको निर्माण लागत ७ सयदेखि २ हजार अमेरिकी डलर पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। भूकम्पपीडितका लागि खर्च गर्ने २५ करोडमध्ये ३ करोड रुपैयाँ राहत सामग्री र बाँकी रकम पुनःस्थापनामा खर्चने चौधरीले बताए।
ग्रुपले प्राइस वाटर्स हाउस कुपर्स (पिडब्लुसी) इन्डिया फाउन्डेसन र सोसल इन्भायरोमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स), इन्डियासँग घर निर्माणका लागि सहकार्य गर्नेछ। घर निर्माण गरिदिन चीनको अलिबाबाका प्रमुख ज्याक्माले समेत सघाउने प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिए।
आगामी ६ महिनाभित्र १० हजार घर निर्माण गर्न सक्ने सिड्सकी प्रतिनिधि सिभाङगी चाभ्दाले बताइन्। ग्रुपले घोषणा गरेको रकममध्ये ५ करोड रुपैयाँ विद्यालय भवन निर्माणमा खर्च हुनेछ। ग्रुपले गर्ने सहयोग सरकारकै समन्वयमा हुनेछ। तर, त्यो पैसा सरकारी खातामा जाने गरी खर्च हुने होइन।
स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट घर निर्माण हुने जानकारी पनि सिड्सका प्रतिनिधिले दिएका छन्। एउटा समुदायले ८ दिनमा तीनवटा घर निर्माण गर्न सक्छन्। भारतको जम्मु, कास्मिर, बिहार र सिक्किममा सिड्सले प्राकृतिक प्रकोपपछि यस्ता घर निर्माण गरेको थियो।
तत्काल लाखौं परिवारलाई पुनर्वास गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र नेपालमा छोटो अवधिमै बनाउन सकिने यस्ता घर उपयुक्त हुन सक्छन्। यतिबेला लाखौं रकम खर्चेर पाल बाँडे पनि यो केही दिनको मात्र समाधान हुन सक्छ। त्रिपालले मात्रै वर्षायाम झेल्न नसक्ने पक्कापक्की छ।
तर, दाताको सहयोग उपयोग गरी ५० हजारमा अस्थायी घर निर्माण गरिदिए दीर्घकालीन बसोबासको व्यवस्था नहुँदासम्म पीडितले राहत पाउने विज्ञ बताउँछन्। विभिन्न देशमा प्राकृतिक विपत्तिबाट घरवास गुमाउनेलाई यस्तै घर निर्माण गरेर पुनर्वास व्यवस्था गरिँदै आएको छ।
यसैगरी, एनआरएनएले पनि महाभूकम्पबाट घरबारविहीन भएकाका लागि १ हजार घर निर्माण गरिदिने बुधबारै पत्रकार सम्मेलन गरी जानकारी दियो। ३५ करोड लागतमा बन्ने यस्ता घर भूकम्पप्रतिरोधी एवं पर्यावरणमैत्री हुने अध्यक्ष शेष घलेले जानकारी दिए।
भूकम्पको १ घन्टालगत्तै राहतमा जुटेको एनआरएनएले ८ जिल्लामा १ हजार घर निर्माण गर्ने उनले बताए। ‘भूकम्पले स्थानीयको आत्मविश्वास गुमेको छ, हामी घर निर्माण गरेर उनीहरुको आत्मविश्वास जगाउनेछौं,' उनले भने।
पहिलो चरणको आपतकालीन राहत वितरणका क्रममा एनआरएनएले स्थानीयसँग अन्तर्त्रि्कया गरेको र भूकम्पपीडितहरुको मुख्य चिन्ता बस्ने घर नै रहेकाले दोस्रो चरणको राहतस्वरुप पीडित परिवारलाई घर निर्माण गरिदिने तयारी थालिएको घलेले बताए।
कुन–कुन ठाउँमा, कसरी घर निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्न एनआरएनएले समिति बनाइएको जनाएको छ। समितिले इन्जिनियर, विज्ञ तथा सरकारी प्रतिनिधिसँग छलफल गरी प्रतिवेदन दिने र त्यही आधारमा घर निर्माण थालिने अध्यक्ष घलेले जानकारी दिए।
घर निर्माण गर्दा स्थानीयको चाहना, त्यहाँको स्थानीय संस्कृति र सम्पदाको गौरवलाई समेत सम्मान गर्दै घर तथा समुदायको दिगोपनामा जोड दिइन्छ, उनले भने। ‘स्थानीय संस्कृतिसमेत प्रवर्द्धन हुनेगरी नमुना घर बनाउने गैरआवासीय नेपाली संघको कोसिस हो,' उनले भने, ‘एउटा पुस्तालाई पुग्ने घर निर्माण हुन्छ, दुई/चार वर्षलाई होइन,' उनले भने।
अर्को समाचार
१६ सय जनप्रतिनिधि कारबाहीमा
२८ जेष्ठ २०७५
•
५ मिनेट पाठ
१६ सय जनप्रतिनिधि कारबाहीमा
काठमाडाैं - तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ।




अख्तियारका प्रवक्ता रामेश्वर दंगालले राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले ती जनप्रतिनिधिलाई चिठी काटेको बताए। उनले भने, ‘केन्द्रले पठाएको विवरणका आधारमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई कानुनबमोजिम पाँच हजार रुपैयाँ जरिबाना तिर्न र सम्पत्ति विवरण दाखिला गर्न निर्देशन दिएका छौं।’ स्थानीय तहका जनप्रतिनिधिले पद धारण गरेको, आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका नाममा रहेको चलअचल सम्पत्ति सम्बन्धित निकायमा पेस गर्नुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० मा छ।

पाँच हजार नगद र सम्पत्ति विवरण पेस गर्न अख्तियारको ताकेता

सतर्कता केन्द्रले सम्पत्ति विवरण बुझाउने र बुझाउन बाँकी रहेका जनप्रतिनिधिको नामावली अख्तियारलाई पठाएको थियो। केन्द्रका अनुसार ५८ जिल्लाका गरी ११ हजार तीन सय ९० जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्। तीमध्ये केही जिल्लाबाट सबै विवरण प्राप्त भइनसकेको केन्द्रका कम्प्युटर अधिकृत एकराज पोखरेलले जानकारी दिए। १९ जिल्लाका जनप्रतिनिधिको सम्पत्ति विवरण अझैसम्म केन्द्रमा प्राप्त भएको छैन। स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ।

केन्द्रका अनुसार एक हजार चार सय ७४ जनप्रतिनिधिले म्याद सकिएपछि सम्पत्ति विवरण बुझाएका छन्। स्थानीय सरकार सञ्चालन ऐनअनुसार जनप्रतिनिधिले सम्बन्धित वडा, गाउँपालिका वा नगरपालिका कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्छ। यसको समन्वय सम्बन्धित जिल्ला समन्वय समिति कार्यालयले गर्छ। कार्यालयले त्यसको सूची सतर्कता केन्द्रमा पठाउँछ र केन्द्रले अख्तियारमा पठाउँछ।

वडा सदस्य, वडा अध्यक्ष, कार्यकारिणी सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका ३५ हजार ४१ जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउनुपर्छ। एक हजार चार सय ७४ जनप्रतिनिधिले तोकेको समयभन्दा ढिलो विवरण बुझाएको र एक सय ३१ जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन नमानेको जानकारी प्राप्त भएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए। उनले भने, ‘हामीकहाँ प्राप्त विवरण अख्तियारमा पठाएका हाैं। कारबाही गर्ने अधिकार अख्तियारलाई छ।’ लामिछानेका अनुसार २० हजार जनप्रतिनिधिको सम्पत्ति विवरण केन्द्रमा आउन बाँकी छ।

केन्द्रमा संखुवासभा, तेहथुम, ओखलढुंगा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, धादिङ, नवलपरासी पूर्व, मनाङ, पर्वत, हुम्ला, डोल्पा जिल्लाका जनप्रतिनिधिको सम्पत्ति विवरण प्राप्त भएको छैन। यस्तै जाजरकोट, अछाम, कैलाली, दार्चुला, बैतडी र कञ्चनपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाएका छैनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस