अब कस्तो घर बनाउने?
२५ वैशाख २०७२
•
६ मिनेट पाठ
अब कस्तो घर बनाउने?
झापा-सहरी क्षेत्र लगातार थपिँदै गएको झापामा बनेका धेरै घर भूकम्पीय सुरक्षाका दृष्टिले मजबुत छैनन्। जिल्लामा सक्रिय इन्जिनियरका अनुसार अन्धाधुन्धरूपमा घरको तला थप्दै जाने र कम खर्चमा ठूलो संरचना ठड्याउने होडले सहरी क्षेत्रमा जुनसुकै बेला जोखिम निम्त्याउने खतरा छ।काँकरभिट्टा–दमकसम्मको ४९ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँका अधिकांश ठाउँ तीव्र सहरीकरणको दिशामा अग्रसर छन्। त्यसबाहेक जिल्लाका भित्री क्षेत्रमा रहेका साना बजार पनि सहरीकरणतर्फ उन्मुख छन्। जहाँ बाक्लै ठूला र अग्ला घर थपिनेक्रम जारी छ तर झापाका यी धेरै घर सहरी मापदण्ड मिचेर बनाइएका छन्। यस्ता घरले भूकम्पका बेला जोखिम निम्त्याउने खतरा इन्जिनियर नै औंल्याउँछन्।
‘यदि इन्जिनियरको सल्लाह र उसले बनाएको नक्सा पालना गर्ने हो भने जोखिम धेरै कम हुनसक्छ,' मेचीनगरका इन्जिनियर कमल कोइराला भन्छन्, ‘तर भरसक उनीहरूको आँखा छल्न पाए हुन्थ्यो भन्ने मानसिकता छ, यो सबैभन्दा घातक छ।' सहरी क्षेत्रका पनि नगरपालिका घोषित ठाउँमा मात्रै नक्सा पासको प्रावधान छ। अहिले सबैतिर ठूला पक्की घर बनाउने लहर छ। यस्तोमा जोखिम बढ्ने उनको भनाइ छ। ‘भूकम्प प्राकृतिक प्रक्रिया हो। भूकम्प आफैंले मानिसको हताहती गर्दैन, हामीले निर्माण गर्ने भौतिक संरचनाले नै मानिसको ज्यान जाने हो।' उनी भन्छन्, ‘त्यसैले हामीले तीन कानुन मान्नुपर्छ, घरको कानुन, समाजको कानुन र राष्ट्रको कानुन। यी सबै  हामै्र हितका लागि हुन्।'
वैशाख १२ को महाभूकम्पले १ लाख २६ हजारभन्दा धेरै घर तथा अन्य धेरै संरचना  भत्किएर ठूलो विपत्ति आएपछि कस्तो घर सुरक्षित भन्ने बहस चारैतिर सुरु भएको छ। झापामै पनि धेरै सर्वसाधारणले इन्जिनियरसँग परामर्श लिन थालेका छन् तर पहिल्यै बनिसकेका घरमा भने जोखिम देखिने खतरा छ। ‘घर निर्माणमा गरिएको लापरबाहीले नै यति ठूलो क्षति भएको हो,' दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठ भन्छन्, ‘त्यसैले घर निर्माण गर्ने विषयमा दुई/चार पैसामा सम्झौता नगरौं।' उनका अनुसार प्राविधिक वा इन्जिनियरले पास गरेको नक्साकै आधारमा घर निर्माण गरे जोखिम धेरै कम हुन्छ।
नेपालमा नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास गर्नैपर्ने प्रावधान छ। घर निर्माणकर्ताले पेस गरेको नक्साका सम्बन्धमा १५ दिनपछि नगरले सूचना जारी गर्छ। सार्वजनिक जग्गा, मठ–मन्दिर आदि नपरेको स्थानमा नगरपालिकाले पास गरेको नक्साकै आधारमा घर निर्माण गर्नुपर्छ। ‘तर यहाँ अटेरी गर्ने धेरै छन्,' मेचीनगर नगरपालिकाका इन्जिनियर कमल कोइराला भन्छन्, ‘त्यसैले जोखिम हुनसक्छ।' इन्जिनियर कोइरालाले घर निर्माणमा गरिएको लापरबाही र लोभ आफैंमाथि भारी पर्नसक्ने टिप्पणी गरेका छन्। ‘कर्मचारीलाई प्रलोभनमा पारेर मापदण्डविपरीत घर निर्माण गरेको पाइएको छ,' कोइराला थप्छन्, ‘तर यस्ता घर भूकम्प जाँदा काल बन्न सक्छन्।' ५० प्रतिशत आम नागरिकले प्राविधिकको सल्लाह र नगरपालिकाले पास गरेका नक्साविपरीत घर निर्माण गर्ने गरेको उनको भनाइ छ।
इन्जिनियर कोइरालाका अनुसार नगरपालिका क्षेत्रमै यसप्रकारको विकृति देखिन्छ। आर्थिक हैसियत नभए पनि कमसल सामग्री प्रयोग गरेर ठूलो घर बनाउने मानसिकताले विपद्को बाटो खन्ने कोइरालाको तर्क छ। ‘प्राविधिकसँगै बसेर योजना बनाउने र आर्थिक हैसियतअनुसार घरको मोडल तयार गर्नु उपयुक्त हुन्छ,' कोइराला भन्छन्, ‘प्राविधिकले दिएको सल्लाह तपाईंकै सुरक्षाका लागि हो।'
देशभर रहेका १ सय ९५ नगरपालिकामा घर निर्माण गर्न एउटै प्रावधान छ। हिमाल, पहाड र तराई क्षेत्रमा अलग–अलग मापदण्ड छैन। घर निर्माणको नक्सा पास गर्न निवेदन दिएको मितिले १५ दिनमा नगरपालिकाले सूचना प्रकाशित गर्छ। घरको सर्वेक्षण गर्न प्राविधिक र कर्मचारी पनि परिचालन गरिन्छ। घर निर्माणका लागि सर्जिमिन गर्न नगरपालिकाले निर्माणकर्तालाई बोलाउँछ तर नगरपालिकाको मापदण्डविपरीत घर निर्माण गरे सतप्रतिशत जरिवाना गरेर अर्काे नक्सा पास गर्ने व्यवस्था छ तर आफ्नै घर बनाउँदा पनि प्राविधिकको आँखा छल्नुमा सफलता सम्भि्कने घरधनी धेरै छन्। मापदण्डविपरीत घर निर्माण गरिए नक्सा पास नगरिने दाबी नगरपालिका गर्छन्।


अर्को समाचार
'कस्तो देश बनाएछौँ हामीले ?'
०१ असार २०८२
•
१ मिनेट पाठ
'कस्तो देश बनाएछौँ हामीले ?'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले 'अझै देश कस्तो बनाउने हो ?' भनेर प्रश्न गरेका छन्। इजरायलमा रहेका नेपालीहरूले नेपाल फर्किन नचाहेको विषय उधिन्दै बोहराले फेसबूकमा लेखेका छन्, 'अझै देश कस्तो बनाउन हो ?' 




उनले अगाडि लेखेका छन्, 'मिसाइल खसिरहँदा पनि युद्धग्रस्त इजराइलमा रहेका नेपालीले हाम्रो उद्धार गर्नु पर्दैन भनेछन् ! किन होला ? नेपालमा रोजगारी नभएपछि ऋण-धन गरेर बल्लबल्ल गएको छ। उद्धार गरेर फर्काइयो भने न खर्च उठ्छ, न नेपालमा फेरि काम पाइन्छ। बरु ज्यान जाला यतै बसिन्छ भन्ने मानसिकताकै कारण त होला उद्धार गर्नु पर्दैन भनेको।'

उनले नेपालीहरू देश फर्किन तयार नरहेको विषयमा थप भनेका छन्, 'युद्धग्रस्त देशमा बाँचिन्छ र मरिन्छको त्रास छ। तर, मान्छे नेपाल फर्किन तयार छैनन् भने कस्तो देश बनाएछौं हामीले ?,' उनले भनेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब पाँच हजार पाँच सय नेपालीहरू छन्। उनीहरू सबै सुरक्षित रहेको जानकारी गराउँदै मन्त्रालयले आवश्यताअनुसार सम्पर्कका लागि आग्रह गरेको छ। तर, उनीहरूले नेपाल फर्किन नचाहेको विषय गम्भीर रहेको बोहराले बताएका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस