तातोपानी (सिन्धुपाल्चोक)- सडक दायाँबायाँ पहिरो र चट्टानले किचिएका कार, जिप, मालबाहक ट्रक र मोटरसाइकलको लस्कर छ। ती अधिकांश सवारीमाथि र भित्र बडेमानका ढुंगा पल्टिएका छन्। सडकमा कतै हिलोको थुप्रो छ त कतै चट्टाने पहिरो। सडकछेउका घर केही लडेका छन्, केही ढुंगाले थिचेका। केही घरमा त कोठाजत्रा ढुंगा भित्रै छिरेका छन्।नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आउजाउ गर्ने अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसेदेखि लिपिङ बजारसम्म करिब २६ किलोमिटर सडकखण्डमा यस्ता भयावह दृश्य यत्रतत्र देखिन्छन्।

अझ बाह्रबिसेबाट अघि बढ्नेबित्तिकै राजमार्गका अधिकांश भागमा साना–ठूला पहिरो खसिरहेकै छन्। ठाउँठाउँमा सडक चिरिएर छेउतिर ढल्केका छन्। कतिपय स्थानमा त सडकछेउको भाग खसेर भोटेकोशीमा पुगेको छ।
वैशाख १२ को महाभूकम्पपछि लगातार आइरहेको चट्टानेपहिरोले बाह्रबिसे–लिपिङ सकडखण्ड छेउका सबै बजार तथा बस्ती लडेर खण्डहर बनेका छन्। भूकम्प र पहिरोले तातोपानी बजार र कोदारी बजारका केही घरलाई भने छुन सकेको छैन। अन्य सबै क्षेत्रका घर लडेका, पहिरोले पुरिएका र चट्टानले थिचिएका छन्। अझै पनि ती क्षेत्रमा बिजुलीबत्ती पुग्न सकेको छैन। मोबाइल तथा टेलिफोन लाइन काटिएकै छ।
भूकम्पले घर लडाए पनि ज्यान जोगाउन सफल भएकाहरू यतिबेला पहिरोको त्रासमा छन्। लगातारको भूकम्पन र पहिरो नरोकिएपछि २६ किलोमिटर लामो राजमार्ग क्षेत्रका गाती, मार्मिङ, फुलपिङकट्टी र तातोपानी गाविस तथा राजमार्ग पारिपट्टिका मानेश्वर, धुम्थाङ र लिस्तिकोट गरी सात गाविसका हजारौं स्थानीय घरका सामान धमाधम ट्रक तथा अन्य मालबाहक सवारीमा हालिरहेका छन्।

महाभूकम्पपछि १३ दिनसम्म बेखबर उत्तरी तातोपानी नाका चिनियाँ प्रहरी टोली र प्राविधिकले अवरुद्ध सडक खुलाएपछि बल्ल सम्पर्कमा आएको थियो। चिनियाँ टोलीको डेढ सयभन्दा बढी सवारी यतिबेला उक्त राजमार्गमा पहिरो तथा अवरुद्ध सडक खुलाउन क्रियाशील छन्। सडकसञ्जाल खुलेसँगै स्थानीयले लडेका घरबाट सामान निकाल्दै सुरक्षित स्थानतर्फ सार्न थालेका हुन्।
'घर त लड्यो–लड्यो, पहिरोले ज्यानै लैजाला जस्तो भएपछि सुरक्षित स्थानमा सामान सार्न थालिएको हो,' दस किलोका शिव बोहराले नागरिकसँग भने, 'भूकम्पले हल्लिएपछि घरबाट बाहिर निस्केर केहीले सडकमा त केहीले गाडीमा बसेर ज्यान जोगाएका थिए। तर, एकछिनैमा तिनीहरूलाई पहिरोले थिच्यो। बाँचेकाहरू पहिरोबाट जोगिन बसाइ सर्न थालेका छन्।'

दस किलोको मात्र होइन, राजमार्ग छेउका मुख्य बजार सखुवा, चाकु बजार, नयाँपुल, लिस्ती, लार्चा, नयाँबस्तीका सबै विस्थापित हुने अवस्थामा पुगेका छन्। ती सबै अहिले पहिरोमुनिको बस्ती बनेका छन्। वर्षा सुरु भएकाले जुनसुकै बेला ठूलो पहिरो जान सक्ने सम्भावना बढेपछि तीन महिनाका लागि सुरक्षित स्थानमा बसाइ सर्न थालेको स्थानीय बताउँछन्।
वर्षाको समयमा उक्त राजमार्गसमेत पटक–पटक अवरुद्ध हुने सम्भावना बढेर गएको छ। २६ किलोमिटर लामो खण्डका दर्जनौं स्थानमा जुनसुकै बेला ठूलो पहिरो आएर सडक अवरुद्ध हुने खतरा छ। अझ चिरिएका सडक वर्षामा जतिबेला पनि भासिएर भोटेकोशीमा खस्ने जोखिम छ। बन्जीजम्प गर्ने स्थानभन्दा केही माथि रहेको ‰यालेभिरले त केही बेर भोटेकोशी नै थुनेको थियो। सडक पारिपट्टिको उक्त भिरबाट अझै माटो तथा चट्टान खसिरहेका छन्। उक्त पहिरोको ठिक वारिपट्टि सडक भएका स्थानमाथिबाट पनि पहिरो खस्न सुरु गरिसकेकाले त्यहाँ जुनसुकै बेला नदी थुनिने खतरा बढेर गएको छ।

'वर्षा सुरु भइसकेको छ। बस्तीका चारैतिर पहिरो आउन थालिसकेको छ। अब जुनसुकै बेला भयानक पहिरो जान सक्छ,' चाकुबजारका गोमबहादुर श्रेष्ठले भने, 'पहिला भूकम्पले घर लडायो, केहीको ज्यान लग्यो। अहिले पहिरोले सबैको उठिबास गरायो।' उनले आफूहरू पनि सुरक्षित स्थानमा सर्ने तयारी गरिरहेको बताए। उनका अनुसार तत्काललाई गाउँका मान्छे पहिरोको डरले खोलाछेउ रातदिन कटाइरहेका छन्।
चाकु बजारको भन्दा नाजुक र दर्दनाक स्थिति नयाँबस्तीको छ। उक्त बस्तीमा एक जना पनि मानिस छैनन्। नयाँबस्तीका सबै घर पहिरोले थिचेको छ। स्थानीय अर्जुन विकका अनुसार त्यहाँका मानिस कोही दस किलोमा पाल टांगेर बसिरहेका छन् त कोही काठमाडौं गएका छन्। उनका अनुसार पहिरो आउने क्रम जारी रहेकाले त्यहाँ कति जनाको मृत्यु भयो भन्ने तथ्यांकसमेत आउन सकेको छैन।

'गाउँको त एक जनाको मात्र मृत्यु भएको हो तर पहिरोले गाडी, मोटरसाइकल थिचेकाले बाहिरका मानिसको पनि ज्यान गएको छ,' उनले भने, 'पहिरो नपन्छाई कहाँ, कति जनाको मृत्यु भयो भन्न गाह्रो छ।' टेलिफोन सम्पर्क अवरुद्ध रहेकाले विदेशमा छोराछोरी भएकाहरूले कुराकानी गर्न नपाएको उनले सुनाए।
नयाँ बस्तीपछि केही माथिको तातोपानी बजार र कोदारी बजारका धेरैजसो घर भने सुरक्षित नै छन्। तर, साना पहिरो आउन सुरु गरेपछि त्यहाँका मानिस पनि सुरक्षित स्थानतिर लागिसकेको स्थानीय बताउँछन्।
सिमाबजार लिपिङ भने सबैभन्दा भयावह र डरलाग्दो छ। दैनिक दसौं हजार मानिसको ओहोरदोहोर हुने उक्त स्थानमा २० जना मानिस भेट्न मुश्किल छ। नेपाल र चीनको सिमापुल चर्किएको छ। पुलपारिको चिनियाँ भाग सबै सुरक्षित छ तर वारिका अधिकांश घर ध्वस्त छन्। ठूला चट्टानले घरै थिचेको छ।

लिपिङको सुरक्षार्थ खटिएका प्रहरी बिपी लामिछानेका अनुसार पहिरोले उक्त क्षेत्रमा मात्र ५१ सवारी साधन थिचेको थियो। यसले झन्डै ६० जनाको मृत्यु भएको उनले बताए। मृत्यु हुनेमा अधिकांश बाहिरका मानिस छन्।
'चट्टाने पहिरो आउने क्रम जारी छ,' उनले भने, 'त्यसकारण यहाँका सबै मानिस चौकी डाँडामा गएर बसेका छन्।' पहिरो झर्न नरोकिएपछि प्रहरीको समेत चौकीडाँडामै बास छ। यसले स्थानीय स्तरमा चोरीका घटनासमेत बढेको उनले जानकारी दिए।
लिपिङ बजारबाट कोदारी आउने क्रममा सुरक्षित रहेको एउटा घरमा रामकृष्ण श्रेष्ठको किराना पसल खुल्लै थियो। सबै पसल बन्दा हुँदा स्थानीयलाई खानेकुरा किन्न समस्या भएपछि जोखिम मोलेरै पसल खोलेको उनले बताए। 'यस्तै अवस्था रहे हामी पनि सामान लिएर अन्यत्रै जान्छौं,' उनले भने, 'चोरीको समेत डर भएकाले कुरेर बस्नुपरेको हो।'

लिपिङको चट्टाने डाँडो खस्ने अनुमान
महाभूकम्पलगत्तै राजमार्ग खाली गर्न र उद्धार कार्यमा जुट्दै आएको चिनियाँ टोलीले राजमार्गमाथिका पहिरोको समेत अध्ययन गरिरहेको छ। चिनियाँ टोलीको प्रारम्भिक अध्ययनअनुसार लिपिङ बजारमाथिको चट्टाने डाँडो दस फिट चौडासम्म फाटिएको छ। फाटिएको उक्त डाँडो ठूलो कम्पन नआए पनि खस्न सक्ने जोखिम रहेको टोलीले जनाएको छ।
चिनियाँ टोलीकै अनुमानका आधारमा नेपाल प्रहरीले त्यहाँका मानिसलाई सुरक्षित स्थानमा जान भनिसकेको छ। त्यहाँको भन्सार कार्यालयसमेत बन्द छ। लिपिङको प्रहरी चौकीसमेत भूकम्पका कारण चिरिएको छ।
पहिरो र चट्टाने पहाड खस्ने प्राविधिक अनुमानपछि दैनिक ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने उक्त नाका ठप्प छ। चिनियाँ टोलीका अनुसार लिपिङको पहिरो खस्ने सम्भावना रहेकाले उक्त नाका अझै तीन महिना ठप्पै हुने खतरा बढेको छ।

'सबैतिरबाट सुरक्षित र ढुक्क नभई नाका खुल्ने सम्भावना अत्यधिक कम छ,' लामिछानेले भने, 'मितेरी पुलसमेत चर्किएकाले चिनियाँ टोलीले मर्मत गरिरहेको छ।' सबैभन्दा ठूलो डर नै लिपिङ माथिको डाँडो रहेको उनले बताए। यसका साथै लगातार गइहेको पहिरोले समेत नाका अवरुद्ध पार्ने उनको भनाइ छ।
चिनियाँ टोलीसहित सशस्त्र प्रहरी विपत व्यवस्थापन टोलीको सहयोगमा सडक विभाग गत शनिबारदेखि बाह्रबिसेबाट राजमार्ग अवरोध पन्छाउँदै अघि बढिरहेको छ। गत आइतबार नेपाल प्रवेश गरेको चिनियाँ रोड रिपेयरिङ आर्म पुलिस फोर्स अत्याधुनिक मेसिनरी उपकरणसहित मितेरी पुलबाट सडक अवरोध हटाउँदै आएको थियो। सडक विभागलाई सशस्त्र प्रहरी बल विपत व्यवस्थापन शाखाका इन्स्पेक्टर रमेश पौडेलको कमान्डमा ५० सुरक्षाकर्मीले सघाइरहेका छन्। चीनतर्फ भने फू लिङको कमान्डमा एक्स्काभेटर, डम्फर र आवश्यकताअनुसार १ सय ५० इन्जिनियरिङ सवारी साधनसहित ५ सय चिनियाँ आर्म पुलिस परिचालित छन्। दुवै पक्षबाट झन्डै हजार जनाको टोली यतिबेला उक्त राजमार्गमा उद्धारका लागि जोखिम मोलेरै निरन्तर खटिरहेका छन्।
सबै तस्बिर : विजय राई