काठमाडौं-भक्तपुर वंशगोपालका ४५ वर्षीय कृष्णप्रसाद सोनेप पाँचतले कच्ची घरको छतमा थिए । गत १२ गते आएको भूकम्पले उनको छत केही भत्किएको र जस्ताको छाना चुहिने भएको थियो ।चुहिएको छाना छिटो मर्मत नगरे तत्कालै छाना सहित घर भत्कने डर थियो भने छानाको ढुंगा खसेर तल लाग्ने खतरा । छिमेकीहरुले पनि छाना तुरुन्तमर्मत गर्न सुझाएपछि सोनेप आफ्नोछोरा गोविन्दार अन्य पाँच जनासहित छत मर्मत गर्न छानामा पुगेका थिए ।
चुहिएको छाना टाल्ने र मर्मत गर्ने क्रममा एक्कासी घरवरपरका चराहरु उड्न थाले । लगत्तै छाना हल्लियो । सोनेपसहित छानामा रहेका सबैले चालपाइहाले भूकम्पको धक्का फेरि आयो । त्यसपछि सोनेपसहित सबै उक्त घरसँगै लहरै रहेकाअन्यचारवटा घरका छतछतमा दौडेदै पाँचौ लहरमा रहेको पक्की घरमा फड्को मारे । पक्की घरमा सबैजना पुग्नेवित्तिकै जोडेले झ्यालको सिसा फुटाएर भित्र छिरे ।
सोनेपसहित छतमा रहेका सातै जनापक्की घरमापुग्नेवित्तिकै उनीहरुले अघि मर्मतगरिरहेको घर र छतमा दौडदै आएका घरहरु गल्र्यामगुर्लुम लडिहाल्यो । भागेर पक्की घरमा फ्ड्को मार्दा र सिसा फुटाउने क्रममा उनीहरु सबै जना समान्य घाइते भएका छन् । सोनेपको हातमाचोट लागेको छ । उनको छोरासहित अन्य सहयोगीको पनिहात तथा खुट्टामा सामान्य चोट लागेको छ । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
'धन्नहामी उपयुक्त समयमा छतछतमा दौडेर पक्की घरमाआउन सफल भएछौँ,' सोनेपले मंगलबार नागरिकसँग भने, 'हामी नभागेको र पक्की घरमा नआइपुगेको भए जे पनिहुनसक्थ्यो ।' उनले घर मर्मत गरेर सुरक्षित बनाउने क्रममा ज्यानै असुरक्षित भएको बताए ।उनका अनुसार पुरानो भए पनि पाँचतले घरमा १२ गते गएको भूकम्पले छानामा बाहेक अन्यत्र त्यस्तो समस्या देखिएको थिएन । छत मर्मत नगर्दा ढुंगा खसेर अरुलाई लाग्ने तथा छत नै खस्ने खतरा भने थियो ।
'छतको अवस्था खतरापूर्ण देखेपछि छरछिमेककाले तत्काल सुरक्षित बनाइहाल होइन भने पानी चुहिने र छाना खसेर अरु घरमा समेत क्षती पुराउन सक्छ भनिरहेका थिए,'उनले भने, 'तर मैले पहिला आलटाल गर्दै छत टाल्न मानिरहेको थिइन् । केही दिन देखि भूकम्पको धक्का सामान्य भएपछि मंगलबार छतमा पुगेको थिएँ । तर झण्डै ज्यानै गएको ।' उनले साँगै टाँसिएका अन्य घरको छतबाट नभागेको भए घरसँगै ज्यान नै तल माथि हुने खतरा रहेको बताए ।
सोनेपले घरको छाना मर्मत गर्न जानु पहिले नै पक्कि घरका धनीलाई भूकम्प जान सक्छ घरको झ्याल खुलै राख्नु भनेका थिए । तर, उक्त घरवाला मानिसले सोनेपले जिस्काएको ठानेछन् र झ्यालबन्द गरेर निस्केछन् । जस्ले गर्दा उनीहरुले झ्यालको सिसा फुटाएर भित्र छिर्नु परेको थियो ।