काठमाडौं-काभ्रे, नमोबुद्धकी स्ट्रेला खड्का पेसाले नर्स हुन् । वैशाख १२ को महाभूकम्पले उनको घर बस्नै नमिल्ने गरी भत्किएको छ । भूकम्पले घरमा क्षति पुगेपछि चिन्तित खड्कालाई अहिले घरभन्दा बढी अस्पतालमा उपचारका लागि आएका घाइतेको चिन्ताले सताउन थालेको छ। आफ्नो घर भत्किए पनि नर्सको पहिलो प्राथमिकता बिरामी नै हो भन्दै उनी महाभूकम्पयता हरेक दिन ग्वार्कोस्थित बिएन्डबी अस्पतालको दोस्रो तल्लामा रहेको शल्यकक्षमा घाइतेको सेवामा निरन्तर जुटिरहेकी छन्।‘हाम्रो पेसा नै आफ्ना सारा समस्या भुलेर भए पनि उपचारमा आएका बिरामीको ज्यान जोगाउनु हो,’ उनले भनिन्, ‘त्यसकारण महाभूकम्पपछि आफ्नै घर लडे पनि बिरामीका अगाडि आफूलाई केही भएको छैन भन्ने देखाउँदै सेवामा लागेकी छु ।’ महाभूकम्पलगत्तै आएको पराकम्पनका बेलासमेत आफू दुई तलामाथि नै बिरामीको सेवा गरिरहेको उनले बताइन् ।
सोही शल्यकक्षमा कार्यरत धादिङ सल्यानकोटका रामचन्द्र सुयेलको पनि भूकम्पले घर लडाइदिएको छ । तर, उनी पनि दिनरात नभनी नियमित घाइतेको सेवामा छन् । भन्छन्, ‘हाम्रा लागि आफ्नो भन्दा पनि घाइते तथा बिरामीको समस्या ठूलो हो ।’ उनले आफ्नो पीडा लुकाएर सयौं घाइतेलाई सेवा दिन पाउँदा पीडा कम हुँदै जाने बताए ।
खड्का र सुयेल जस्ता अस्पतालका दुई दर्जनभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी यतिबेला आफ्ना लडेको घरको समेत बेवास्ता गर्दै घाइतेको सेवामा जुटिरहेका छन् । भूकम्पको धक्कापछि लडेका भौतिक संरचनाले थिचेर तथा भागदौडका क्रममा घाइते भएका अधिकांश घाइतेमा हाडजोर्नी र न्युरोको समस्या देखिएको छ । त्यस्ता समस्या देखिएकामध्ये अधिकांश घाइते यतिबेला बिएन्डबी अस्पतालमा उपचाररत छन् ।
शक्तिशाली भूकम्प तथा लगातारको पराकम्पनमा समेत शल्यकक्षमा झन्डै ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मी निरन्तर घाइतेको उपचार जुटिरहेको अस्पतालका सञ्चालक डा. अशोक बास्कोटा बताउँछन् । अस्पतालका अर्का सञ्चालक डा. जगदिशलाल वैद्यका अनुसार धक्काका क्रममा शल्यकक्षमा रहेका कोही पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले घाइतेलाई छाडेर बाहिर निस्केका छैनन् ।
‘ठूलासाना धक्काका क्रममा केही मिनेट काम रोके पनि धक्का रोकिएलगत्तै शल्यकक्षका सबै जनाले निडर भएर घाइतेको सेवा गरिरहेका छन्,’ डा. वैद्यले भने, ‘घाइते तथा बिरामीका आफन्त डरले भागेर खुला स्थानमा भागे पनि हाम्रो टिमका सबैले घाइतेको ज्यानलाई तलमाथि हुन दिएका छैनन् ।’ उनले महाभूकम्पयता अस्पतालमा ह्वात्तै बढेको घाइतेको चापलाई समेत अस्पतालले सहज रुपमा व्यवस्थापन गर्न सकेको दाबी गरे ।
अस्पतालका शल्यचिकित्सक डा. विवेक बास्कोटाका अनुसार सबैभन्दा ठूलो भूकम्पको धक्का आउँदासमेत अस्पतालमा शल्यक्रिया चलिरहेको थियो । ‘वैशाख १२ मा आएको पहिलो ठूलो भूकम्पका क्रममा समेत यहाँ शल्यक्रिया भइरहेको थियो,’ उनले भने, ‘त्यसक्रममा सबैतिर होहल्ला र भागदौड चलेको थियो । तर यहाँबाट कोही पनि नभागी बिरामीसँगै बसेका थियौं ।’ उनले भूकम्पको धक्का सकिएपछि पुनः शल्यक्रिया जारी गरिएको बताए ।
महाभूकम्पयता अस्पतालको उक्त शल्यकक्षमा ३ सय ५० भन्दा बढी शल्यक्रिया भइसकेको छ । कुनै शल्यक्रिया ५ घन्टा लामो समयसम्म चलेको डा. बास्कोटाले बताए । शल्यक्रियाकै क्रममा सानाठूला गरी पटकपटक पराकम्पन आएका थिए । तर भूकम्प आयो भनेर शल्यक्रियाको कुनै पनि काम बीचमा नरोकिएको उनी बताउँछन् । उनले अस्पतालको शल्यकक्ष रहेको भवनले ९ म्याग्निच्युड स्केलसम्मको धक्का थेग्न सक्ने बताए ।
अस्पतालमा भूकम्पका क्रममा घाइते भएकामध्ये एक सय २९ जनाको मेजर शल्यक्रिया, ७४ जनाको इन्टरमेडियट र १ सय ४७ जनाको माइनर शल्यक्रिया भएको छ । अस्पतालले ती सबैको निःशुल्क उपचार गरेको जनाएको छ । तीमध्ये सरकारले मेजर शल्यक्रिया गरिएका प्रति घाइतेका आधारमा २५ हजार रुपैयाँ भने उपलब्ध गराउनेछ । डा. वैद्यका अनुसार ११ बेडको शल्यकक्ष रहेको अस्पतालमा अहिले दैनिक १५ देखि २० शल्यक्रिया भइरहेका छन् । उनले दिनरात नभनी घाइतेको सेवामा जुटिरहेका समयमा केही व्यक्ति भने जबर्जस्ती भूकम्प पीडित भन्दै उपचार लिन आइरहेको बताए ।
अस्पतालले घाइतेलाई निःशुल्क उपचार प्रदान गरिरहे पनि केहीले आफूखुसी उपचारबापतको पैसा दिने भन्दै पहिला नै चिकित्सकसँग समय लिने र उपचारपछि राजनीतिक पहुँच देखाएर उल्टो पैसा असुल्ने गरेकोमा उनले दुःख व्यक्त गरे । ‘घाइतेको चाप रहेको समयमा केही मानिसले पैसा दिन्छु भन्दै उपचारका लागि समय लिने गरेका छन्,’ उनले भने, ‘हामी उहाँहरुकै आग्रहमा समय निकालेर उपचार गरिदिन्छौं तर उपचारपछि राजनीतिक व्यक्तिलाई उतारेर उपचारबापत लागेको खर्च मात्र नभई अस्पतालमा बसेको, खाएको भन्दै थप रकमसमेत उठाउन खोजेका छन् ।’
डा. अशोक बास्कोटाका अनुसार भूकम्पका घाइतेलाई अस्पतालले अस्पतालमा मात्र नभई प्रभावित जिल्लामा समेत विभिन्न क्याम्प लिएर निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ । उनले हालसम्म अस्पतालले विभिन्न २७ जिल्लामा पुगेर भूकम्पका कारण घाइते भएका दुई हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको बताए ।