काठमाडौं-मेलम्ची दनुवार बस्तीका कृष्णबहादुर दनुवार १९९० सालको भूकम्प गएकै दिन जन्मेका हुन्। ९० सालको भूकम्प उनले कुनै चाल पाएनन्। भूकम्प जानु केही घन्टाअगाडि जन्मेका उनले हुर्कंदैँ जाँदा त्यतिबेलाको घटना अरुले भनेको मात्रै सुने। तर, २०७२ सालको भूकम्पले उनी आफ्नै घरले थिचिएर घाइते भए, एक नाति गुमाए।‘भूकम्पपछि भाग्दै गर्दा कम्मरभन्दा तल चेपिइहाल्यो। त्यसपछि १५ दिनसम्म त हिँड्नै सकिन,' उनले भने, ‘म त जसोतसो बाँचेँ तर नातिलाई भूकम्पले लग्यो।' घर लडेपछि उनी केही दिन बारीमा बसे, अहिले अस्थायी घरमा सरेका छन्। बूढेसकालमा नाति गुमाउनुको पीडा र घर लडेको पीडाले मन धमिलो भएको उनी सुनाउँछन्।
भूकम्पमा अस्ताएको नाति नफर्के पनि अस्थायी बास पाएपछि मन केही संग्लिएको उनी बताउँछन्। यतिबेलै उनलाई अर्को धमिलोले छोपेको छ। बूढेसकालमा उनको आँखा मोतियाविन्दुले धमिलिँदै गएको छ।
आँखाको समस्या सुनाउनेबित्तिकै गाउँमा अस्थायी घर निर्माण गरिदिएको तिलगंगा आँखा प्रतिष्ठानले केही समयपछि मेलम्चीमै शिविर राखेर उपचार गरिदिने वचन उनलाई दिएको छ। धमिलिएको मन सङ्ल्याउन सहयोग गरेकै संस्थाले आँखाको धमिलो हटाइदिने बताएपछि दनुवारको अनुहार केही उज्यालो भएको छ। भन्छन्, ‘उहाँहरुले आँखा र मन दुवै सङ्लो बनाइदिने रे! बूढेसकालमा अध्याँरो हुनबाट जोगाइदिने अस्पतालको जय होस्।'
गाउँकै ४८ वर्षीया रुद्रमाया दनुवारको मन पनि भूकम्पले धमिलिएको छ। कृष्णबहादुरको जस्तै उनको पनि जिन्दगीमा अँध्यारो छाएको छ। वैशाख १२ को भूकम्पले तीन वर्षीय नातिलाई चुँड्नुका साथै घरसमेत लडाइदिएपछि उनको अनुहारको उज्यालो हराएको हो।
घर लडेपछि तीन दिनसम्म बारीको पाटामा बस्नुपर्यो । हावा र पानीका कारण मुस्किलले रात काटिरहेको समयमा अस्थायी घर पाएपछि केही खुसी लागेको उनी बताउँछिन्। ‘हामी गरिबलाई नै धेरै दुःख आइलाग्दो रहेछ, न बस्ने ठाउँ रह्यो न त नाति नै बाँच्यो,' उनले नागरिकसँग भनिन्, ‘जे हुनु भैगो, जीवन चलाउनैपर्ने रहेछ। केही दिन दुःखमा रात काटे पनि अहिले त ढुक्कसँग सुत्न मिल्ने घर पाइएको छ।'
भूकम्पअघि ७९ घर रहेको उक्त गाउँमा सबैको घर लडेको छ। पालको भरमा रात गुजार्न बाध्य उनीहरुले शनिबार भने अस्थायी घर पाएका छन्। घरसँगै प्रत्येक परिवारले एक/एकवटा सोलार बत्तीसमेत पाएका छन्। भूकम्पले अन्धकार बनाएको दनुवार गाउँका बासिन्दाको चमक फर्काउने काम गरेको छ तिलगंगा आँखा प्रतिष्ठानले।
यति मात्र होइन, मुस्किलले दर्जन हाराहारीमा मात्र एसएलसी पास मानिस फेला पार्न सकिने उक्त गाउँमा प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि समेत थप सहयोग पुर्यानउने भएको छ।
‘अशिक्षित र चेतनाको कमीकै कारण यहाँका मानिस निकै पछाडि परेका रहेछन्,' प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइतले सहयोग हस्तान्तरण गर्दै भने, ‘हामी स्थानीय निकायको सहयोगमा यो गाउँलाई नमूना बनाउने प्रयासमा छौँ।' उनले सबैभन्दा बढी प्रभावित र पिछडिएको क्षेत्र भएका कारण अन्धकारमा रहेको उक्त गाउँलाई विस्तारै उज्यालो बनाउँदै लैजाने बताए।
मेलम्ची नगरपालिकाको सिफारिसमा प्रतिष्ठानको पहिलो प्राथमिकतामा परेको दनुवार गाउँले तत्काल अस्थायी बास र अन्धकार हटाउने उज्यालोमात्र होइन, भविष्यमा शिक्षाको ज्योति फैलाउँदै उज्यालो बनाउने सहयोगी पाएको नगरपालिकाका प्रमुख कार्यकारी अग्नि अधिकारले बताए।
‘आँखाको उपचार गर्ने अस्पतालले पिछडिएको बस्तीको अन्धकार हटाउने आँखाकै नानीको जस्तो काम गरेको छ,' उनले भने, ‘भत्किएको मन र शरीरमा लागेको चोटको मात्र होइन अस्पतालले वषर्ौं अन्धकारमा रहेको बस्तीलाई नै नमुना बनाउन सहयोग गरेको छ।' उनले प्रतिष्ठानको अभियानलाई नगरपालिका र अन्य सरकारी निकायले पनि सहयोग गर्ने बताए।
भूकम्पले ध्वस्त गाउँमा खानेकुरालगायत राहत प्रदान गरेर सुरुमा भोको पेट भरेको प्रतिष्ठानले दोस्रो चरणको कार्यक्रमअन्तर्गत शनिबार गाउँमा ६५ अस्थायी घर र सोलार बत्ती हस्तान्तरण गरेको हो।
मेलम्ची बजारबाट नजिकै रहेर पनि पिछडिएको उक्त बस्तीमा प्रतिष्ठानले थप ४५ अस्थायी घरसमेत बनाइरहेको छ। ती घरमध्ये प्रतिष्ठानले एक घर मेलम्ची एफएमलाई समेत प्रदान गरेको छ। आश्रय नेपालको प्राविधिक सहयोग तथा नेपाल स्काउटको स्वयंसेवक र स्थानीय जनताको सहभागितामा घर निर्माण गरिएको हो। प्रतिघर निर्माणका लागि १६ हजार ५ सय खर्च लागेको छ। ती घरमा प्रयोग गरिएका सम्पूर्ण सामग्री पुनः प्रयोग गर्न मिल्ने खालका छन्।
प्रतिष्ठानले सहयोगलाई निरन्तरता दिँदै जाने कुराले गाउँका सबैमा खुसी छाएको स्थानीय शिक्षक रामभक्त दनुवारले बताए। उनले उक्त गाउँलाई बनाउन स्थानीयले समेत सहयोग बढाउँदै जाने जानकारी दिए। ‘वर्षौं अन्धकारमा रहेका गाउँका मानिसमा केही गर्नुपर्छ भन्ने चेत विस्तारै आएको छ,' उनले भने, ‘त्यसकारण उताबाट आएको सानो सहयोगलाई हामीले ठूलो अवसरका लिएर हातमा हात गर्दै गाउँलाई शिक्षित र विकसित बनाउन लाग्ने छौँ।' उनले विपत्तिले गाउँका मानिसलाई एकजुट हुनुपर्छ भन्ने भावना विकसित गरेकाले गाउँ बिस्तारै उज्यालिँदै जाने बताए।