काठमाडौं-धापासी–८ (हाल टोखा नगरपालिका) का ६० वर्षीय मोहन कुँवर वैशाख १२ अघि ६० केजीका थिए। अहिले उनको तौल ५५ केजीमा झर्यो । उनको शरीरमा न त्यस्तो रोग छ न तौल घटाउने कुनै उपाय नै गरिरहेका छन्। ४५ दिनमा ५ केजी तौल घट्नुको एउटै कारण हो– भूकम्पपछि लगातारको तनाव र अनिदो अवस्था। तनाव र अनिदोको कारण भूकम्पले बनाएको धरापछेउको बसोबास हो।वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसयताका अनुकम्पनले कुँवरको घरपरिवारमा भौतिक तथा मानवीय कुनै क्षति भएको छैन। तैपनि उनी ढुक्कसँग बस्न सकेनन्। तनाव, अनिदो र त्रासले निरन्तर सताइए। यो मनोत्रास सिर्जना गर्ने एउटै कारण हो– सामुन्नेको १७ तले धराप ‘पार्क भ्यु होराइजन अपार्टमेन्ट'।
‘आफ्नो घर सुरक्षित भएर के गर्नु, आडैमा त्यत्रो धराप छ,' कुँवरले नागरिकसँग भने, ‘खाँदा, बस्दा, सुत्दा जति बेला पनि कतिबेला ढल्ला र थिच्ला भन्ने त्रास। अर्काको घरले थिच्ला भन्ने डरले नै ५ केजी घटिसकेँ।'
कुँवरको घर अपार्टमेन्टको ठिक तल पर्छ जुन जतिबेला पनि लड्न सक्ने गरी चर्किएको छ। यसबीचमा उनी २५ दिन त बाहिर पालमै सुते। केही दिनयता घरमै सुत्न थालेका छन् तर सानो आवाज आउँदा पनि तर्सने गरेको बताउँछन्।
‘पालबाट घर फर्के पनि निदाउन सकेको छैन,' उनले भने, ‘जतिबेला पनि डरले झस्काइरहन्छ।'
कुँवरले आफ्नो घरमा केही कोठा बहालमा दिएका थिए। अहिले उनको घरमा बस्ने धेरै परिवारले डेरा छाडिसकेका छन्। ‘बहालबाट उठेको पैसाले घरखर्च र बैंकको ऋण तिर्दै आएका थियौं,' कुँवरकी श्रीमती लक्ष्मीले गुनासो गरिन्, ‘तर अहिले त्यो सबै बन्द भयो। बस्नसमेत सधैँ डर मात्र लाग्छ।'
मोहन दम्पतीको जस्तै हालत छ, ८० वर्षीय बाबुकाजी कुँवर परिवारको। होराइजनका भत्केका केही संरचना त उनको घरको क्षतमै तेर्सिएका छन्। कुनै ठूलो हावा तथा अनुकम्पन आउँदा पनि इँटालगायत संरचना उनको छतमा झरिरहन्छन्।
सोमबार नागरिक टोलीलाई घरको छतमा खसेको टिनको टुक्रा र सिमेन्टका स–साना टुक्रा देखाउँदै बाबुकाजीले भने, ‘यस्तो धराप भएको अपार्टमेन्ट किन कसैले भत्काउँदैन? अरूले गल्ती गरेर धराप थापेको भवनमुनि हामी कसरी बस्ने?'
बुधबार मात्र घर फर्केर प्यासेजमा सुत्न थालेको उनको परिवार निदाउन भने सकेको छैन।
‘हामीलाई ढुक्कसँग बस्ने वातावरण बनाइदिनुपर्छ,' उनले भने, ‘अहिले त भात खाँदाखाँदै थाल नै बोकेर भाग्नुपर्ने अवस्था छ, राति सुत्दा कसरी निद्रा पर्नु?' धराप वरपरका बासिन्दाको समस्या बुझ्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री नरहरि आचार्य, कांग्रेस नेता शेखर कोइराला तथा अन्य सभासद आए पनि समाधानमा चासो नदिएकोमा उनले दुःख बिसाए।
२२ रोपनी १५ आनामा फैलिएको पार्क भ्यु होराइजन अपार्टमेन्ट वरपरका करिब डेढ सय घरका झन्डै ४ सय परिवार अहिले मोहन र बाबुकाजीको जस्तो धरापमुनि त्रासदीपूर्ण वातावरण झेलिरहेका छन्। आकाश चर्चेर बनाएको १७ तले उक्त अपार्टमेन्टका अधिकांश भागमा नराम्रोसँग क्षति पुगेको छ।
भूकम्पप्रतिरोधी भनेर बेचिएको उक्त टावर बस्नै नहुने गरी चर्काइदिएको छ भूकम्पले। कतिपय स्थानमा त नराम्रोसँग भत्काइदिएको छ। सरकारले उक्त भवनलाई निषेधित क्षेत्रको रातो स्टिकर टाँसिदिएको छ।
जीर्ण अपार्टमेन्टमा अहिले कोही छिर्न सकेका छैनन्। तर, अपार्टमेन्ट वरपरका लगभग डेढ सय घर र ती घरमा डेरा लिएर बस्ने करिब ४ सय परिवार आफ्नो नचर्किएको घरमा बस्न नसकेर रातभरि पाल र आफन्तको घरमा बस्न बाध्य छन्। यसबीच कतिपयले उक्त स्थानबाट डेरा सरिसकेका छन् भने घरबेटी पनि रातभर नसुती बस्न बाध्य छन्।
‘जनताको जीवनमाथि खेलबाड गर्न पाइँदैन। अब सरकारी निकायले हरहालतमा पहल गरेर वरपरका बासिन्दालाई उपयुक्त स्थानमा सुरक्षित बास दिनुपर्छ,' अपार्टमेन्टनजिकै बहालमा बस्दै आएका मोरङ, उर्लाबारीका भानुभक्त सिग्देलले भने। गुणस्तरहीन अपार्टमेन्ट बनाउनेलाई कारबाही गर्नुपर्ने उनले माग गरे।
२०६२ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको बरुण डेभलपर्स प्रालिले निर्माण गरेको उक्त अपार्टमेन्टले सुरुमा ११ तले निर्माणको स्वीकृति पाएको थियो। २०६४ वैशाख १६ गते १५ रोपनी जग्गामा ११ तले अपार्टमेन्ट बनाउने निर्माण स्वीकृति लिएको अपार्टमेन्टले त्यसको चार वर्ष नपुग्दै ०६८ जेठ २४ गते पाँच रोपनी जग्गा थपेको प्रमाणका आधारमा १७ तले बनाउने अनुमति लिएको थियो। अपार्टमेन्टमा २ सय १३ वटा फ्ल्याट छन्। भूकम्पप्रतिरोधी भनेर अपार्ट किनेका १ सय ४३ परिवारको बिचल्ली छ।
धरापको त्रास पार्क भ्यु होराइजनछेउ मात्र होइन, उपत्यकाका अन्य ठूला अपार्टमेन्टछेउ बस्नेको पनि उही हालत छ। कलश अपार्टमेन्ट, सनराइज अपार्टमेन्ट, नक्खु, गुण कोलनी, वेभस्टार कोलनी, अर्किड डेभलपर्स, क्लासिक टावर, वेस्टारलगायत ठूला अपार्टमेन्ट वरपरका स्थानीयले सरकारी निकायमा उजुरी नै गरेका छन्।
उनीहरुले आकाशै छुने गरी कमजोर तरिकाले बनाइएका ठूला अपार्टमेन्टका कारण अपार्टमेन्ट वरपर रहेकाहरु ‘टाउकोमाथि जाँतो राखे' जस्तो धरापमा त्रासबीच बाँचिरहेको गुनासो गरेका छन्। उनीहरुले मानवीय क्षति हुने गरी निर्माण गरिएका यस्ता संरचना बिनासर्त भत्काउनुका साथै वरपरका बासिन्दालाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।
सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा मानिसको जीवनसँग जोडिएको अपार्टमेन्ट बनाउँदा देखिएको गैरजिम्मेवारी र उदासीनता शक्तिशाली भूकम्पले प्रस्ट्याइदिएको बताउँछन्।
‘केही संरचना निर्माण क्रममा गल्ती भएको देखिएको छ,' उनले भने, ‘गलत तरिकाले बनाइएका यस्ता संरचना तत्कालै भत्काउनुपर्छ।'
काठमाडौंको जनघनत्व र डेराको समस्या हटाउन अपार्टमेन्टमा जानुको विकल्प नरहेको उनले सुनाए। यस्ता संरचना निर्माण गर्दा माटो परीक्षण गरेर उपयुक्त ठाउँमा मात्र बनाउन दिइनुपर्ने उनको सुझाव छ।
सरकारी निकाय र निर्माण कम्पनीको चरम लापरबाहीले अपार्टमेन्टहरूले मापदण्ड मिचेको र गुणस्तरमा सम्झौता गरेको भवन विभागको अध्ययनले नै देखाइसकेको छ। उपत्यकामा रहेका ३० अपार्टमेन्टमध्ये दुइटा बस्नै नहुने र अन्यमा मर्मत गरेर मात्र बस्न मिल्ने सहरी विकास तथा भवन विभागकै प्रारम्भिक अनुसन्धानले देखाएको छ।
लगातारको अनुकम्पनका कारण यस्ता अपार्टमेन्ट र वरपरका बासिन्दा जोखिममा रहेको समेत अनुसन्धानको निष्कर्ष छ। विभागले कमजोर र धराप संरचना वरपर नबस्न समेत सूचित गरे पनि विकाल्प नहुँदा अपार्टमेन्ट वरपरका बासिन्दा जोखिम मोलेरै बसिरहेका छन्।