काठमाडौं- देशकै फराकिलो आठ लेन सडक। सडकका दायाँबायाँ दुवैतिर फराकिला साइकल लेन। अनि पेटी। माइतीघर–तीनकुने सडकको नयाँ पहिचान झल्काउने नवनिर्मित साइकल लेनमा कुनै साइकल गुडेको भने देखिँदैन।
चौडा सडक पक्की बन्नुभन्दा करिब दुई वर्षअघि २०७० असोज २३ गते तामझामसाथ साइकल लेन औपचारिक शुभारम्भ गरियो। सहरी विकास मन्त्रालयका तत्कालीन सहसचिव सुरेशप्रसाद आचार्य, विश्वसाइकल यात्री पुष्कर शाहसहित केही साइकलयात्री सम्मिलित र्या ली निकालेर लेनको औपचारिक प्रयोग थालिए पनि त्यसयता लेनमा साइकल गुडेनन्।
किन गुड्दैनन् त लेनमा साइकल?
'अवैज्ञानिक साइकल लेन र साइकलका लागि अनुपयुक्त डिजाइनै साइकल नकुद्नुको मुख्य कारण हो,' क्लिन इनर्जी नेपालका कार्यक्रम संयोजक तथा साइकल यात्री प्रशान्त खनाल भन्छन्।
उनका अनुसार साइकल लेन बनाउने क्रममा सरकारले झारा टार्ने हिसाबले निर्माण गरेकाले लेनको उपयोग हुन नसकेको हो।
'सहरमा छुट्टै साइकल लेनबारे साइकल यात्रीले आवाज उठाइरहेका कारण सरकारले साइकल यात्रीको माग झारा टार्ने हिसाबले मात्र पूरा गरेको देखियो,' उनले भने, 'लेन बनाउने क्रममै उपयुक्त डिजाइन बनाउनुपर्ने सुझाव दिँदा कुनै वास्ता भएन।'
साइकल यात्रीहरूका अनुसार मूल सडकको तुलनामा साइकल लेनको डिजाइन फरक हुन्छ। साइकलको तौल, आकार, चक्का सानो हुने भएकाले साइकल लेनको डिजाइन र निर्माण पनि त्यसैका आधारमा हुनुपर्ने खनाल बताउँछन्।
उनका अनुसार साइकलको चक्का साना हुने भएकाले त्यहीअनुसार भुइँको सतहमा निर्माण गरिएको हुनुपर्छ। तर, तीनकुने–माइतीघर सडकमा साइकल गुडाउनै अप्ठेरो हुने गरी ब्रिक्स राखिएका छन्।
क्लिन इनर्जी नेपालले हालै सार्वजनिक गरेको साइकल लेनको अध्ययन प्रतिवेदनमा पनि तिनकुने–माइतिघर सडकको साइकल लेन अनुपयुक्त र अवैज्ञानिक रहेको उल्लेख छ। एक महिनाको अध्ययनपछि तयार प्रतिवेदनअनुसार साइकल लेनका विभिन्न ठाउँमा खाल्डाखुल्डी, उबडखाबड, लेन पूरा निर्माण नभएको, सडकसँग जोडिएका बाटो काट्ने ठाउँमा लेन समतल नहुनुका साथै निकै भिरालो, ठाउँठाँउमा साइकल बोक्नुपर्नेलगायत डिजाइन र निर्माणसम्बन्धी समस्या छन्। सतहको समस्याबाहेक लेनका करिब ७० स्थानमा विभिन्न अवरोध छन्।
'सर्वप्रथम त साइकल गुडाउने भुइँ नै समतल नभएकाले अनुपयुक्त छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'साइकलको पांग्राअनुसार भुइँ सतह मिलेको र चिल्लो हुनुपर्नेमा लेनमा साइकल गुडाउन नसक्नुको मुख्य समस्या यही हो।' प्रतिवेदनअनुसार साइकललाई साना–तिना गेगरले पनि समस्या पार्छ।
लेन निर्माण गर्ने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनासमेत साइकल लेनको डिजाइनमा समस्या रहेको स्विकार्छ। आयोजना प्रमुख मनोज श्रेष्ठका अनुसार निर्माण क्रममा केही स्थानमा त्रुटि देखिएकाले त्यस्ता समस्या तत्काल समाधान गर्न ठेकेदार कम्पनीलाई आदेश दिइएको छ।
'यो कार्यालयमा म भर्खरै आए पनि लेनबारे केही गुनासा सुनेको छु,' उनले भने, 'निर्माण क्रममा देखिएका त्रुटि सुधार्न सम्बन्धित निर्माण कम्पनीलाई हामीले भनेका छौँ।' उनले लेन प्रयोगमा ल्याउन कार्यालय लागिपरेको बताए।
साइकल चलाउन मिल्ने डिजाइन नभएपछि साइकलयात्री अहिले पनि मूल सडकमै साइकल गुडाउन बाध्य छन्। खनालका अनुसार फराकिला सडकमा ठूला सवारीको चाप र गति धेरै हुने भएकाले साइकलसवार दुर्घटनामा पर्ने सम्भावना अत्यधिक हुन्छ।
'साइकल लेन छुट्टै हुँदाहुँदै पनि त्रुटिपूर्ण डिजाइनका कारण सडकभित्रै साइकल चलाउन बाध्य छौँ,' खनालले भने, 'साइकल चलाउन भुइँ चिल्लो र समतल हुनुपर्छ, तर अहिलेको भुइँले साइकल चलाउन कठिन मात्र बनाउँछ।' उनका अनुसार साइकलयात्री समूह र साइकल अभियन्ताले निर्माणकै क्रममा आयोजनालाई लेनको डिजाइन अनुपयुक्त भएको जानकारी गराएका थिए।
'हामीले त निर्माण क्रममै डिजाइन उपयुक्त भएन भनेका थियौं,' खनालले भने, 'तर आयोजनाले ठेक्का दिइसकेकाले डिजाइन फेर्न नमिल्ने भन्दै निर्माणलाई निरन्तरता दिएका थिए।'
तीनकुनेदेखि माइतीघरसम्मको २.६ किलोमिटर लामो उक्त सडक निर्माणका लागि करिब ५० करोड रुपैयाँ खर्च भएको छ। 'टुण्डी–रमण–बिरुवा' र 'शर्मा–डाँफे–कान्छाराम' नामका ठेकेदार कम्पनीले उक्त सडक र साइकल लेन प्याकेजमा निर्माण गरेका हुन्। साइकल लेनको चौडाइ दुईदेखि तीन मिटरसम्म छ।
सडकको भित्तासँग रातो रंगको फुटपाथ जोडिएको छ। सडकसँग जोडिएको लेन साइकल गुडाउन निर्मित साइकल लेन भएको साइकलयात्रीले समेत चिन्न नसकेको क्लिन इनर्जीको प्रतिवेदनले देखाएको छ।
साइकल लेनमा कुनै संकेत नभएकाले पनि लेनबारे कसैलाई जानकारी नभएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी, लेनमा गुड्ने साइकल सडकको एक साइडबाट अर्कोतर्फ बाटो काट्ने कुनै ठाउँसमेत छैन। जेब्रा क्रसिङसँगै साइकल सडक पार गर्ने स्थान पनि बनाइनुपर्नेमा त्यो पनि छैन।