डाइभर्सनसँगै बग्यो डेढ करोड
२५ साउन २०७२
•
६ मिनेट पाठ
डाइभर्सनसँगै बग्यो डेढ करोड
काठमाडौं- तीनकुने–माइतीघर विस्तारित आठ लेन सडकखण्डमा डेढ करोड रुपैयाँ खर्चेर एक महिनाअघि मात्र निर्माण गरिएको अस्थायी डाइभर्सन वर्षातको भेलसँगै बग्न थालेको छ।काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्डको बागमती र धोबीखोलामा पक्की पुल निर्माण प्राथमिकतामा राखी निर्माण गर्नुको साटो एक महिनाअघि मात्र डेढ करोड खर्चेर 'डाइभर्सन' (सर्भिस ट्रयाकका सवारीलाई हाल रहेको पुलबाट आउन नदिई अर्कै अस्थायी बाटोबाट जाने व्यवस्था) निर्माण गरेको थियो।




तर, प्रयोगमै नआई डाइभर्सन बग्न र भत्कन थालेको छ। तिनकुनेस्थित बागमतीको पक्की पुलभन्दा उत्तरमा बनाइएको डाइभर्सन नदीमा भेल बढेसँगै बग्न थालेको छ। यस्तै, निर्माणमा भएको लापरवाहीका कारण बिजुलीबजारस्थित डाइभर्सन पूरै भत्काउनु परेको छ। अन्यत्रका डाइभर्सन पनि लापरवाहीपूर्वक निर्माण भएको पाइएको छ।

असारको दोस्रो साता दुवै खोलामा बनाइएका चारवटा डाइभर्सन निर्माण क्रममा नै लापरवाही गरेको देखिएको थियो। निर्माण अन्तिम अवस्थामा पुगेका बेला तिनकुने डाइभर्सनले बागमतीको बहाव रोकिँदा आसपासको क्षेत्र डुबानमा परेको थियो। धोबीखोला क्षेत्रमा पनि वर्षातमा भेल बढ्दा खोला थुनिएको थियो। लगत्तै आयोजनाले बागमती डाइभर्सनलाई केही माथि उठाएको थियो। तर, डाइभर्सनमा अहिले ह्युमपाइप मात्र छन्, बागमतीको बहावले ढुंगा र सिमेन्ट निर्मित सबै संरचना भत्काएर बगाइसकेको छ।

आयोजनाले बागमतीमा दुईवटा डाइभर्सन निर्माणमा ८४ लाख र धोबीखोलाका लागि ६६ लाख रुपैयाँ खर्च गरेको थियो। सडक विस्तार क्रममा नै पुल निर्माण योजना तर्जुमा गरी सडक र पुल एकैसाथ निर्माण गर्नु पर्नेमा आयोजनाले उक्त खण्डमा अझै पुल निर्माणलाई बेवास्ता गर्दै आइरहेको छ। पुल निर्माण ओझेलमा पारेर आयोजनाले विस्तारित सडकमा सवारी आवागमन सहज बनाउने बहानामा डाइभर्सन बनाउन डेढ करोड खर्चेको हो।

उक्त सडकखण्ड विस्तार हुनुभन्दा निकै पछि कोटेश्वर–कलंकी खण्डको निर्माण थालेको चिनको प्राविधिक टोलीले त्यस खण्डमा सडक विस्तार नसकिँदै काम नसकिँदै पुल निर्माण लगभग सकेको छ। आठ लेनको सडक निर्माण गरेको तीनकुने–माइतीघर खण्डमा पर्ने बागमती र धोबीखोलामा प्रस्तावित पुलको डिजाइनसमेत आयोजनाले अहिलेसम्म तयार गर्न सकेको छैन। सडकखण्ड विस्तार सकिएको डेढ वर्ष बितिसक्दा आयोजना भने अझै पनि पुल निर्माण गर्न आलटाल गर्दै आइरहेको छ।

आयोजना प्रमुख मनोज श्रेष्ठले आफू आयोजनामा भर्खर आएकाले विगतमा भएका कामबारे आफूले जानकारी लिइरहेको बताए। 'पुल निर्माण र डाइभर्सनका विषयमा भएका काम कारबाहीबारे म बुझ्दै छु,' उनले भने, 'डाइभर्सन बलियो र गुणस्तरीय बनाउन भनेको छु।'

आयोजनाका अनुसार २.६ किलोमिटर लामो उक्त सडकखण्डमा पर्ने दुवै खोलामा पुल निर्माण हुन अझै कम्तीमा तीन वर्ष लाग्ने छ। पुल निर्माण नहुन्जेल फराकिलो सडकका दायाँबायाँ दुवै छेउका सर्भिस ट्रयाकका सवारी आवतजावत गर्न भन्दै बागमती र धोबिखोलामा हाल पुल रहेका स्थानबाट उत्तरतर्फ एक–एक र दक्षिणतर्फ पनि एक–एक गरी चार वटा डाइभर्सन निर्माण गरिएको हो। डाइभर्सन निर्माणमा ठूला ह्युमपाइपहरू बिच्छ्याइएको छ। ह्युमपाइपमाथि तारजाली ढुंगागिटलिे भरेर सिमेन्ट लिपलाप गरी बलियो देखाउने प्रयास आयोजनाले गरेको छ।

दुवै खोलामा बनाइएका डाइभर्सन हालको सर्भिस ट्रयाकभन्दा केही माथि र तल छन्। सर्भिस ट्रयाकको सिधा अगाडि पुल निर्माण गर्नुपर्ने भएकाले केही माथि र तल डाइभर्सन निर्माण गरिएको आयोजनाले जनाएको छ। हाल चार लेनको पुलको मुखमा सवारीसाधन 'यु टर्न' मोडिँदा सवारी आवागमनमा समस्या आएकाले सवारी पुलमुनिबाट मोड्न मिल्ने गरी ट्रयाक निर्माण अघि बढाइएको छ। तर, वर्षातको भेलले ट्रयाक निर्माणसमेत प्रभावित गरेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस