काठमाडौं- आइतबार रातिको अविरल वर्षापछि बागमतीमा आएको बाढीले तीनकुने आसपासको क्षेत्रसहित वरिवरिका सुकुम्बासी बस्ती डुबानमा परेका छन्। नदी किनारमा उचाईमा रहेका सुकुम्बासी बस्ती तीनकुनेमा निर्मित डाइभर्सनले पानीको बहाव रोक्दा डुबानमा परेका हुन्।गैरजिम्मेवार र त्रुटिपूर्ण निर्माणका कारण बस्तीमात्र डुबानमा परेका छैनन्, डेढ करोड लागतमा निर्मित डाइभर्सन समेत बगेका छन्।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुने–माइतीघर सडकखण्डमा पुरानो पक्की पुलको उत्तर र दक्षिणतर्फ एकएक वटा अस्थाई डाइभर्सन बनाएको थियो। बाढीले पैसा, लुगाफाटा, खानेकुरा र सिलाउन ल्याएका ग्राहकका कपडासमेत बगाएको ७० वर्षीया जुठी परियारले बताइन्।
'खोला थुनिने गरी डाइभर्सन बनाएकाले हाम्रो बस्तीमा पानी पसेको हो,' उनले भनिन्, 'अरुको बास नै उठाउने गरी खोलामा बाँधजस्तो बाटो बनाउनेमाथि कारबाही गर्नुपर्छ।' उनका अनुसार यसअघि जतिसुकै मुसलधारे पानी पर्दा पनि बस्तीमा बाढी पसेको थिएन।
स्थानीय शुक्रम लामाका अनुसार बजेट सक्न काम नलाग्ने डाइभर्सन बनाएकाले बस्ती डुबानमा परेको हो। उनले डाइभर्सनकै कारण राति ११ बजेदेखि बस्तीमा बाढी पसेको बताए।
'राति सुतेका बेला एक्कासी पानी बस्तीमा पस्यो,' उनले भने, 'पानी पसेपछि रातभर सुत्न त परै जाओस् सामान समेत जोगाउन सकिएन।'
आयोजनाले तीनकुने–माइतीघर विस्तारीत आठ लेन सडकखण्डमा पर्ने बागमती र धोबीखोलामा डेढ करोड खर्चेर दुई महिनाअघि मात्र चार वटा अस्थायी डाइभर्सन निर्माण गरेको थियो। आयोजनाले सडकखण्डको बागमती र धोबिखोलामा पक्की पुल निर्माण प्राथमिकतामा नराखी त्रुटिपूर्ण डाइभर्सन निर्माण (सर्भिस ट्रयाकका सवारीलाई हालका पुलको साटो अस्थायी बाटोबाट जाने व्यवस्था) गरेको थियो।
त्रुटिपूर्ण डाइभर्सनका कारण एक महिनाअघि पनि बागमतीले तीनकुने क्षेत्र डुबानमा पारेको थियो। त्यसपछि सामान्य मर्मतसम्भार गरे पनि डाइभर्सन वर्षातको भेल बग्ने गरी सुधारिएको थिएन। फलस्वरुप तीनकुनेको उत्तरतर्फको डाइभर्सन भेलसँगै बगेको थियो। सोमबारको बाढीले उक्त डाइभर्सनसँगै तीनकुनेको दक्षिणतर्फको डाइभर्सनको केही भाग बगाएको छ भने ठाँउ ठाँउमा ठूला भ्वाङ परेका छन्।
बस्ती डुबानमा परेपछि डाइभर्सन भत्काउन आयोजनाको कार्यालयमा स्थानीयको डेलिगेसन गएको थियो। डेलिगेसनपछि आयोजनाले सोमबार दिउँसो तीनकुनेको उत्तरतर्फको डाइभर्सन पूरै भत्काएको छ। यस्तै, सोमबारकै वर्षाले धोबीखोलाको दक्षिणतर्फको डाइभर्सन आधा बगाएको छ। यो डाइभर्सनका कारण सोमबार वरिपरिका बस्तीमा पानी पसेको थियो। धोबीखोलाको उत्तरतर्फको डाइभर्सन एक महिनाअघि नै बगाएपछि भत्काइएको थियो।
पानीको भेलले बगाएपछि बाँकी भाग पनि भत्काउनु परेपछि डाइभर्सन निर्माणमा खर्च भएको डेढ करोड सरकारी रुपैयाँ आयोजनाको गैरजिम्मेवारी र लापरवाहीका कारण खेर गएको छ। ठेकेदार भने निर्माणमा कुनै लापरवाही नभएको बताउँछन्। ठेकेदार भक्तबहादुर बस्नेतले डाइभर्सन आयोजनाले दिएको डिजाइन बमोजिम नै निर्माण गरिएकोले कुनै त्रुटि नभएको बताए। 'आयोजनाले दिएको डिजाइन अनुसार नै डाइभर्सन बनाएको हो,' उनले भने, 'निर्माणमा हाम्रातर्फबाट कुनै गल्ती भएको छैन।'
बेकम्मा भएपछि आयोजनाले डाइभर्सनको ठाउँमा बेलिब्रिज राख्न थप बजेट माग्दै सरकारी रकम सिध्याउन सडक विभागमा प्रस्ताव पेस गरेको छ। आयोजना प्रमुख मनोज श्रेष्ठले हिउँदमा निर्मित डाइभर्सन वर्षातमा अनुपयुक्त भएकाले बेलिब्रिज बनाउन खोजिएको बताए। 'ती क्षेत्रमा डाइभर्सन राख्दा थप क्षति हुने देखियो,' उनले भने, 'त्यसैले अब बेलिब्रिज बनाउने प्रस्ताव विभागमा पठाइएको छ।'
दुवै खोलाका चार डाइभर्सन निर्माणमा नै लापरवाही र त्रुटी देखिएको थियो। लगत्तै आयोजनाले बागमतीको डाइभर्सन केही अग्लो बनाए पनि आइतबार ह्युमपाइप मात्र देखिन्थे। बागमतीको भेलले ह्युमपाइपमाथिका ढुंगा र सिमेन्ट निर्मित संरचना बगाइरहेको थियो।
आयोजनाले बागमतीका दुई र धोबीखोलाका दुई डाइभर्सन निर्माणमा क्रमशः ८४ लाख र ६६ लाख रुपैयाँ खर्च गरेको थियो। सडक विस्तार क्रममा नै पुल निर्माण योजना बनाएर सडक र पुल एकैसाथ निर्माण गर्नुपर्नेमा आयोजनाले उक्त सडकखण्डमा पुल निर्माण कार्य बेवास्ता गरिरहेको छ। पुल निर्माण गर्नु साटो आयोजना सवारी आवागमन सहज बनाउने बहानामा डेढ करोड स्वाहा पारेपछि पनि फेरि बेलिब्रिजमा रकम उडाउन उद्यत भएको छ।
आयोजनाले आठ लेनको तीनकुने–माइतीघर सडकखण्डका बागमती र धोबीखोलामा प्रस्तावित पुलको डिजाइनसमेत अहिलेसम्म तयार गरेको छैन। सडक विस्तार भइसकेको डेढ वर्षपछि पनि आयोजना भने अझै पुल निर्माण गर्न आलटाल गर्दै आइरहेको छ।
आयोजनाका अनुसार २.६ किलोमिटर लामो उक्त सडकखण्डमा पर्ने दुवै खोलामा पुल निर्माण गर्न अझै तीन वर्ष लाग्छ। पुल निर्माण नहुन्जेल सडकका दायाँबायाँ दुवैतर्फका सर्भिस ट्रयाकका सवारी आवतजावत गर्न भन्दै दुवै खोलामा अहिलेका पुलबाट उत्तर र दक्षिण दुवैतर्फ २–२ गरी चार वटा डाइभर्सन निर्माण गरेको हो।