काठमाडौं–सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडासमेत घट्ने भएको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य १ रुपैयाँ घटाएपछि यातायात व्यवस्था विभागले पनि सार्वजनिक सवारी साधनको भाडा घटाउने भएको हो।विभागले सोमबार भाडा निर्धरण समितिको बैठक बोलाई डिजेलको घटेको मूल्यका आधारमा भाडा घटाउने भएको हो। विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले वैज्ञानिक भाडादर अनुसार नै सवारीको भाडा घटाइने छ। 'भाडा घटाउन बनाइएको सुत्रका आधारमा नै सोमबार बैठक बसेर नयाँ घाडादर निर्धारण हुनैछ,' उनले भने, 'डिजेलमा पाँच रुपैयाँ ५० पैसा घटेकाले सोही आधारमा भाडा घट्ने छ ।'
वैज्ञानिक भाडा निर्धारण समितिको निर्णय विगतमा भएको सम्झौता अनुसार सवारी साधनकौ भाडा घट्न डिजेलको मूल्य ५ रुपैयाँ घट्नुपर्ने हुन्छ । यसअघि पटक पटक गरेर डिजेलको मूल्य ४ रुपैयाँ ५० पैसा घटेको थियो । जसका कारण विभागले भाडा घटाउन सकेको थिएन । डिजेलको मूल्य घट्दा सवारीको भाडा नघटेको भन्दै सरकारको आलोचना हुन थालेपछि निगमले सवारी साधनको भाडा घटाउनैका लागि डिजेलको मूल्य १ रुपैयाँ घटाएको हो।
डिजेलको मुल्य घटेका आधारमा सवारीको भाडा घटाउन मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा गत बिहीबार बसेको केन्द्रीय अनुगमन तथा मूल्याकंन समितिको ३७ औं बैठकले समेत निर्देशन दिएको थियो । बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई वाणिज्य तथा आपूर्ती मन्त्रालयसँग समन्वय गरि सार्वजनिक यातायातको भाडा घटाउन निर्देशन दिएपछि मन्त्रालयले भाडा घटाउन मिल्नेगरी डिजेलको मूल्य घटाउन आग्रह गरेको थियो।
विभागले गत माघमा नै घटाएको सवारीको भाडा समेत कार्यान्वनवयन गर्न सकेको छैन्। विभागले ७ महिनाको अवधिमा डिजेलको भाउ ४ रुपैयाँ ५० पैसा घट्दा समेत पुरानै भाडादर कायम गरिरहेको छ। विभागले डिजेलको मूल्य ८६ रुपैयाँ ५० पैसा रहँदा सवारी साधनको न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरेको थियो । तर यातायात व्यावसायीको दादागिरीका कारण १५ रुपैयाँ नै तिर्दै आइरहेका छन्। माघ यता डिजेलको मूल्य तीन पटक घटेर भोलीबाट ८१ मा आउने भएको छ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले नियम अनुसार सवारी साधनको भाडा घटाउँदा यसपटक पनि निकै थोरै रकममा मात्र भाडा घट्ने देखिएको बताए । 'उल्लेख्य रुपमा ठूलो मूल्यमा भाडा भने घट्ने देखिँदैन,' उनले भने, 'भाडा निर्धारणको सुत्र अनुसार थोरै प्रतिशत भाडा घट्न सक्छ ।'
पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु भएपछि सरकारले झण्डै दुई वर्षपछि गत पुस ९ गते पनि सवारीको भाडा घटाएको थियो । त्यति बेलामा भाडा घटाउन आलटाल गरेका व्यावसायीले विद्यार्थी तथा उपभोक्ताबादीहरुले सर्वत्र बिरोध जनाएपछि घटाएका थिए ।
विभागले पेट्रोलियम पदार्थमा आएको कमीलाई आधार मानेर वैज्ञानिक हिसाबमा सार्वजनिक सवारीको भाडा २ दशमलव शून्य ३ प्रतिशत घटाएको थियो । ट्याक्सी र पर्यटकीय सवारीमा एक दशमलव ६२ प्रतिशत भाडा घटाइएको छ । मालबहाक सवारीको हकमा भने सरकारले सबैभन्दा बढी तराईमा ५ दशमलव ८ प्रतिशत भाडा घटाएको छ ।
विभागका अनुसार काठमाडौं उपत्यकामा हाल न्यूनतम भाडा १३ रुपैयाँ भएको छ भने बढीमा २५ रुपैयाँ भाडा कायम गरिएको छ। यसअधारमा हेर्दा राजधानी तथा अन्य सहरी क्षेत्रमा शून्य देखि ४ किलोमिटरसम्म १३ रुपैयाँ भाडा दिनुपर्ने हुन्छ । त्यसपछि क्रमश किलोमिटरका आधारमा भाडा बढ्दै जाने छ । १० किलोमिटरसम्म यात्रा गर्नेले १९ रुपैयाँ र १९ किलोमिटरसम्म यात्रा गर्नेले २५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने हुन्छ ।