काठमाडौं—सिन्धुपाल्चोक मेलम्ची दनुवार बस्तीका कृष्णबहादुर दनुवारले गत वैशाखको भूकम्पमा नाती गुमाए। बुढेसकालमा नाति गुमाउनुको पीडा र लडेको घरले शरीर थिचेर घाइते हुनुको पीडाले उनको मन नराम्ररी धमिलिएको छ।धमिलिएको मन संलिग्न नपाउँदै उनका दुवै आँखा मोतिबिन्दुले धमिलिएपछि झण्डै बन्द नै भएका थिए। तर, तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डा. सन्दुक रुइतले धमिलिएका आँखाको निःशुल्क शल्यक्रिया गरिदिएपछि अहिले भने उनका दुवै आँखा सफा भएका छन्।
दनुवारले भने, 'अब त छ्यांगै देखिन्छ, पहिला धमिलो देखिन्थ्यो ।' वैशाख १२ को भूकम्पपछि भाग्नेक्रममा घर लडेर कम्मरभन्दा तलको भाग च्यापेर घाइते भएका उनी १५ दिन हिँड्न नसक्ने गरी थलिए । अहिले उनी तिलगंगाले नै बनाइदिएको अस्थायी घरमा बस्न थालेका छन्।
अस्पतालबाट गएको टोलीसामु दनुवारले आँखा धमिलिएको त्यसै बेला बताएका थिए। डा.रुइतको टोलीले उनको समस्या सुन्नासाथ निःशुल्क उपचारको वचन दिएका थिए । अस्पतालले गएको शनिबार बुढानिलकण्ठ–१४ स्थित आनन्द संघको फूलहारी गुम्बामा आयोजित शिविरमा दनुवारको शल्यक्रिया गरेको हो ।
दनुवारको शल्यक्रिया गरेका चिकित्सक रुइत भन्छन्, 'भूकम्पपीडित दनुवारको अनुहारमा सुन्दर संसार हेर्न सक्ने आँखाको ज्योती दिएर तिलगंगगाले खुसी बाँड्ने प्रयास गरेको हो ।'
डा. रुइतका अनुसार गुम्बामा आयोजित तीनदिने शिविरमा दनुवारजस्तै भूकम्पपीडित २ सयभन्दा बढीको आँखाको शल्यक्रिया गरिएको छ। मोतिबिन्दुलगायत अन्य समस्याबाट आँखाको ज्योती धमिलिएका सबैले फेरि आँखाको ज्योती पाएका छन्।
'दशैं नजिकिएका बेला भूकम्पपीडितलाई मिठो खानेकुरा दिन नसके पनि आँखाको ज्योती दिएर जीवन उज्यालो बनाउने प्रयास गरेका छौं,' उनले भने, 'उपचारको पहुँचमा आउन नसक्नेलाई खोजीखोजी निःशुल्क उपचार गर्ने प्रयास गरिरहेका छौं।' उनले तिलगंगाले भूकम्प प्रभावित १४ वटै जिल्लामा निःशुल्क शिविरमार्फत आँखाको ज्योती फर्काउने काम गरिरहेको बताए।

भूकम्पका बेला कृष्णबहादुर
तीनदिने निःशुल्क शल्यक्रिया तथा उपचार शिविरमा भूकम्प प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक, काभ्रे, धादिङ र नुवाकोट जिल्लाका बिरामीको उपचार गरिएको थियो। उपचार पाउनेमा चेपाङसमेत थिए। तिनैमध्ये एक हुन्, धादिङ जोगिमाराका ८६ वर्षिय खुँडा चेपाङ।
मोतिबिन्दुका कारण चेपाङ डेढ महिनायता नदेख्ने भएका थिए। शल्यक्रियापश्चात् दुवै आँखाले देख्ने भएपछि चेपाङले भने, 'यो उमेरमा आँखा ठ्याप्पै भएपछि उपचार नै नपाइ मर्छु भन्ने डर थियो । तर, उपचारपछि दुवै आँखा पहिलेभन्दा राम्रो देखिने भएको छ।'
काभ्रेबाट आएका सानुकान्छा श्रेष्ठले पनि आफू देख्न सक्ने भएको बताए। उनले शिविरमा उनका गाँउका १५ जनाको आँखा उपचार गरिएको छ । 'भूकम्पले घर लडेर बिजोग हुँदा आँखामा समेत समस्या भएको थियो,' उनले भने, 'तर अब आँखा देख्न सक्ने भएको छु।'

अपरेसन गर्नुभन्दा अगाडि
डा. रुइतले बिरामीको उपचारसँगै बिरामीका आफन्तलाई ल्याउन र खानबस्ने सुविधासमेत उपलब्ध गराइएको थियो। शिविरमा बस्ने, खाने र शल्यक्रियाका लागि ठाउँ गुम्बाले नै उपलब्ध गराएको हो। 'एउटा मोतिबिन्दुको शल्यक्रिया अस्पतालमा गर्ने हो भने १०–१२ हजार लाग्छ,' रुइतले भने, 'अस्पताल आउजाउ गर्न बिरामी र आफन्तको थप खर्च लाग्छ। तर हामीले भूकम्पपीडितको निःशुल्क उपचार गरेका छौं।' उनले शिविरमा गरिएका सबै उपचार सेवा विश्वस्तरको रहेको जनाए।
तिलगंगाले मेलम्चीको दनुवार गाँउको मुहारसमेत चम्काउने काम अघि बढाइरहेको छ। भूकम्पअघि ७९ घर रहेको गाउँमा सबैको घर लडेको छ। पालको भरमा रात गुजार्न बाध्य उनीहरुले तिलगंगाको सहयोगमा अस्थायी घर पाएका छन्। घरसँगै प्रत्येक परिवारले एक–एकवटा सोलार बत्तीसमेत पाएका छन्। भूकम्पले अन्धकार बनाएको दनुवार गाउँका बासिन्दाको मुहारको चमक फर्काउने काम निरन्तर अघि बढाएर नमुना गाँउ बनाइने डा.रुइतले जानकारी दिए।

अपरेसनपछि कृष्णबहादुर
मेलम्ची नगरपालिकाको सिफारिसमा तिलगंगाको पहिलो प्राथमिकतामा परेको दनुवार गाउँले तत्काल अस्थायी बास र उज्यालोमात्र होइन, भविष्यमा शिक्षाको ज्योतिले उज्यालो बनाउने सहयोगीसमेत पाएको नगरपालिकाका प्रमुख कार्यकारी अग्नि अधिकारीले बताए।
'आँखा उपचार गर्ने अस्पतालले पिछडिएको बस्तीको अन्धकार हटाउने आँखाकै नानीजस्तो काम गरेको छ,' उनले भने, 'भत्किएको मन र शरीरमा लागेको चोटको मात्र होइन अस्पतालले वर्षौं अन्धकारमा रहेको बस्तीलाई नै नमूना बनाउन सहयोग गरेको छ।' उनले यो अभियानलाई नगरपालिका र अन्य सरकारी निकायले पनि सहयोग गर्ने बताए।