स्मार्ट लाइसेन्स अर्काे सातादेखि वितरण गरिने
१४ मंसिर २०७२
•
६ मिनेट पाठ
स्मार्ट लाइसेन्स अर्काे सातादेखि वितरण गरिने
काठमाडौं– सरकारले कागजी सवारी चालक अनुमतीपत्र (लाइसेन्स)लाई विस्थापित गर्दै स्मार्ट (विद्युतीय) लाइसेन्स वितरणको औपचारिक थालनी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले सोमावार यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स हस्तान्तरण गर्दै औपचारीक शुरुवात गरेका हुन्।स्मार्ट लाइसेन्स सर्वसाधारणका लागि भने मंसिर २० गते आइतबारबाट हुने जनाइएको छ। पहिलो चरणमा बागमती अञ्चल कार्यालयबाट मात्र स्मार्ट लाइसेन्स वितरण हुनेछ। आगामी आइतबारबाट विद्युतीय स्मार्ट लाइसेन्स वितरण हुने भएपछि ६ दिनका लागि बागमती कार्यालय एकान्तकुनाबाट पुरानो कागजी लाइसेन्स वितरण बन्द गरिएको छ।

कागजी लाइसेन्स सहजै च्यातिने, पानीमा भिज्ने, असुरक्षित र धेरै सुचनाहरु राख्न नसक्ने भएपछि यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण शुरु गर्न लागेको हो।

विभागले गत चैतमा नै स्मार्ट लाइसेन्सको नमुना सार्वजनिक गर्दै आगामी साउन १ गतेबाट औपचारीक रुपमा देशका विभिन्न तीन क्षेत्रबाट स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरेको थियो। वैशाखमा आएको भूकम्प र भारतको नाकाबन्दीका कारण स्मार्ट लाइसेन्स वितरणमा ढिला हुन पुगेको हो।

विभागका महनिर्देशक श्रेष्ठका अनुसार स्मार्ट लाइसेन्स बैंकको एटिम जस्तै डिजिटल प्रविधियुक्त छ। जुन सहजै पर्समा राखेर बोक्न सकिन्छ। उक्त लाइसेन्स घामले नखुइलिइने, पानीले नभिज्ने र सहजै नभाँचिने गरी बनाइएको छ।

विभागले एसियाली विकास बैंकको १५ करोड सहयोगमा सामान्य कागजी कार्डको रुपमा रहेको लाइसेन्सलाई 'स्मार्ट लाइसेन्समा' मा विकास गरेको हो । लाइसेन्सलाई व्यवस्थित र सुरक्षित बनाउन स्मार्ट कार्ड ल्याइएको हो । यो लाइसेन्सको अवधि समेत १० वर्षको हुनेछ। पुरानो लाइसेन्सको अवधि हालसम्म पाँच वर्ष मात्र रहेको छ।

लाइसेन्स शुल्क महँगाे हुने
स्मार्ट लाइसेन्सको सुरक्षा र अवधि लामो समयसम्म हुने भएपछि विभागले उक्त लाइसेन्स लिदाँ लाग्ने पैसालाई समेत केही बढाउने तयारी गरेको छ। तत्काललाइ अहिलेकै मूल्य ७०० रूपैयाँ लिइने र पछि कानुन संशाेधन गरी मूल्य बढाउने तयारी गरिएकाे छ। कति रकम बढाउने भन्ने विषयमा भने छलफल भैरहेको छ। यो नयाँ लाइसेन्स वितरणपश्चात नक्कली लाइसेन्सको समस्या समेत समाधान हुनेछ।

सरकारी कागजातलाई विद्युतीय प्रणालीमा लैजाने क्रममा विभागले सवारी लाइसेन्सलाई नयाँ रुप दिँन लागेको हो। विभागका अनुसार गत साउन १ गतेबाट काठमाडौं सहित लुम्बिनी र लाहान गरी देशका तीन क्षेत्रबाट स्मार्ट कार्डमा विकास गरिएको लाइसेन्स वितरण गर्न शुरु गर्ने तयारी थियो। यस्का लागि स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ३ वटा प्रिन्टर, कार्ड पढ्न सक्ने मेसिन, सरोभर र सफ्टवेयर लगायतका सबै प्राविधिक तथा भौतिक पुर्वाधारहरु समेत ल्याइएको थियो।

पहिलो चरणमा विभागले एक लाख ६० हजार स्मार्ट लाइसेन्स वितरण गर्ने र त्यसपछि अन्य क्षेत्रमा विस्तार गर्ने कार्यक्रम बनाइएको छ। विभागले काठमाडौं पछि लुम्बिनी र लाहान र त्यसपछि विस्तारै इटहरी, विरगन्ज, पोखरा, नेपालगन्ज र धनगढीमा पनि स्मार्ट लाइसेन्स वितरण शुरु गर्ने जनाएको छ।

स्मार्ट लाइसेन्सलाई सडकमा ट्राफिक प्रहरीले कार्ड रिडर मार्फत चेक गर्ने छन्। यसका लागि पहिलो चरणका लागि पुग्ने गरी तीन थरीका कार्ड रिडर खरिद गरेर ल्याइएको जानकारी साेमबार दिइयाे। ट्राफिक प्रहरीसँग कार्डलाई पढ्न मात्र सक्ने, पढेर मेसिनमार्फत नै ऐनको दफा अनुसारको सजाय कार्डमा उल्लेख गर्न सक्ने र प्रिन्टर सहितको सानो बोक्न मिल्ने रिडर समेत हुनेछ। उक्त कार्ड रिडर मार्फत ट्राफिक प्रहरीले तुरुन्तै लाइसेन्सलाई सिस्टममा जानकारी गराएर विवरणहरु उल्लेख गर्न सक्नेछ।

विभागले अघिल्लो वर्षको मंसिर १५ भित्र नै स्मार्ट लाइसेन्स जारी गर्ने गरी तयार गरिएको भए पनि लामो समयसम्म विभाग महानिर्देशक विहिन भएपछि स्मार्ट लाइसेन्सको काम रोकिन पुगेको थियो। विभागमा गत वर्ष मधुसुदन बुर्लाकोटी महानिर्देशक भएर आएलगत्तै कामले तिव्रता पाएको थियो। उनको पालामा नै भारतीय कम्पनी 'मद्रास सेक्युरिटी प्र्रिन्टर्स प्रालि' सँग सम्झौता गरी स्मार्ट लाइसेन्स तयार गर्ने काम अघि बढाइएको हो ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस