काठमाडौं- भारतले आफूसँग जोडिएका सबै नाका अघोषित रुपमै बन्द गरिदिएपछि चीनसँग सिमाना जोडिएका उत्तरी नाकाहरुतिर धेरैको चासो छ। भौगोलिक अवस्थिति, बाटोको अवस्थालगायत कारण ती नाका तत्काल खुल्न सक्छन् या सक्दैनन् भन्ने धेरैलाई थाहा छैन। सरकारले भारतको नाकाबन्दीसँगै चीनसँग सिमाना जोडिएका नौवटै नाका खुलाउन पहल गर्ने निर्णय लिइसकेको छ। तीमध्ये धेरैजसो नाका दुवै मुलुकले चाहे पनि तत्काल खुलाउन सक्ने अवस्थाका छैनन्।सरकारले भूकम्पका कारण अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के नाका खुलाउने निर्णय गरेको हो।
सरकारी प्रथामिकतामा परेका नौ नाकामध्ये कूटनीतिक पहल, सडक स्तरोन्नति र निर्माणले तीव्रता पाउने हो भने तत्कालका लागि तातोपानी, रसुवागढी र कोरलाबाहेक अन्य नाका सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्।
प्राथमिकतामा परेन तातोपानी
भूकम्पअघि चल्तीको नाका तातोपानीसमेत तत्कालै खुल्ने अवस्थामा छैन। भूकम्पपछि तातोपानी सडक खण्ड र आसपासका बस्तीमा पहिरोले असर गरेको र चीनतर्फको खासाबजारसमेत क्षति पुगेपछि उक्त नाका बन्द हुन पुगेको हो।
खासास्थित भन्सार, अध्यागमन, सुरक्षा पोस्टलगायत अन्य कार्यालयमा भूकम्पले क्षति गरेपछि चीनले उक्त नाका तत्कालै सञ्चालन गर्न नसकिने जनाउ दिएको थियो।
सामान्य अवस्थामा डेढ खर्बको कारोबार हुने र ६ अर्बभन्दा बढी राजस्व उठाउने उक्त नाका सञ्चालनमा ल्याउन सरकारका तर्फबाट उच्चस्तरीय पहल आवश्यक रहेको सडक विभागका अधिकारी बताउँछन्। विभागको उत्तर–दक्षिण लोकमार्ग आयोजना प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनले खासामा रहेका भन्सार लगायतका कार्यालयलाई खासाबाट १८ किमी उत्तरतर्फ रहेको न्यालममा स्थापना गर्ने तयारी गरेको छ। नेपालतर्फबाट पहल हुने हो भने चीनले न्यालमबाटै भन्सारको काम छिटो गर्न सक्नेछ र नाका छिटो खुल्नेछ।
काठमाडौंबाट करिब एक सय २० किमी दुरीमा रहेको तातोपानी नाकामा पर्ने अरनिको राजमार्गमध्ये भूकम्पका कारण तातोपानी मितेरी पुलदेखि खाडीचौरसम्म करिब ३५ किमी सडकमा बढी क्षति पुगेको छ। उक्त खण्डलाई समेत सरकारले स्तरोन्नति गर्नेतर्फ ध्यान नदिने हो भने नाका खुलेलगत्तै पुनः सडक अवरुद्ध हुनसक्छ।
रसुवागढी केरुङ दुई वर्षमा दुई लेन
तातोपानी नाका बन्द भएपछि सञ्चालनमा ल्याइएको रसुवागढी–केरुङ नाका पनि दिगो छैन। साँघुरो सडक र चिसो बढ्दै गएका कारण केही दिनपछि नै उक्त नाका बन्द हुने सम्भावना छ। केरुङमा हिँउ पर्नेबित्तिकै नाका पुनः बन्द हुन्छ। चीन सरकारले प्राथमिकतामा राखेको उक्त नाका नेपाल, भारत र चीनको व्यापारिक हिसाबले उत्तम मानिन्छ। तर उक्त सडक हाल एक लेनको मात्र छ। उक्त सडकबाट पेट्रोलियम, ग्यास बुलेटलगायत ठूला सवारी सहजै आउजाउ गर्न सक्दैनन्।
सरकारले उक्त नाकालाई दिगो रुपमा व्यापारिक हिसाबले नै सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि सरकारले नुवाकोट बेत्रावतीदेखि स्याफ्रुबेसीसम्म दुई लेनको सडक निर्माण गर्ने निर्णय गरिसकेको छ। बेत्रावती–स्याफ्रुबेसी ३० किमी सडक निर्माणको ट्र्याक नेपाली सेनाले खोल्नेछ। सेनाले ट्र्याक खोलेपछि सडक विभागले उक्त सडक कालोपत्रे गर्नेछ।
विभागले धादिङको गल्छीदेखि स्याफ्रुबेसीसम्मको एक सय ६ किमी सडकलाई नै दुई लेनको बनाउने सिग्देलले जानकारी दिए। उनका अनुसार सर्भेको काम छिट्टै सुरु हुने र यसका लागि कम्तीमा दुई वर्ष समय लाग्नेछ। उनले तत्काललाई धुन्चे खण्डको सडक मर्मत गरेर चलाउने तयारी भएको बताए।
कोरला खोल्न चीन सकारात्मक
चीनसँग सडक ट्र्याकले जोडिएको अर्को नाका मुस्ताङको कोरला नाका हो। उक्त सडक स्तरोन्नति गर्ने हो भने तत्कालै सञ्चालनमा आउन सक्नेछ। यो नाकालाई चीनले समेत प्राथमिकतामा राखेको छ। म्याग्दीबाट एक सय ७६ किमी उत्तरमा रहेको कोरला नाकामा म्याग्दीदेखि नै कच्ची सडक छ। म्याग्दीदेखि जोमसोमसम्मको कच्चि सडक केही राम्रो भए पनि जोमसोमदेखी कोरलासम्मको एक सय किमी कच्ची सडक धेरै स्थानमा मर्मत गर्नुपर्ने अवस्थामा छ। बेनीदेखि पोखरा सडक खण्डको ७६ किमी कालोपत्रे भए पनि स्तरोन्नति गर्नुपर्ने स्थितिमा छ।
नेपालका तर्फबाट उचित पहल हुने हो भने चीनले पहिलो चरणमा पोखरादेखि जोमसोमसम्म दुई लेनको बनाइदिने र जोमसोमदेखि कोरलासम्मको एक सय किमी लामो सडकलाई स्तरोन्नतिमा सघाउन तयार छ। नाका खुलाउने विषयमा चिनियाँ–नेपाली भन्सार अधिकारीबीच सहमतिसमेत भएको छ।
उक्त सहमतिपछि व्यवस्थापिका संसदको विकास समितिको टोलीले नाकाको स्थलगत अवलोकन गरेर नाका खुलाउन सरकारलाई सुझाव दिएको थियो। पर्वत र बागलुङको सीमादेखि बेनी–मुस्ताङ–जोमसोम–कोरला सडकको स्तरोन्नति र कालोपत्रे गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। कालिगण्डकी नदीको किनारा हुँदै जाने यो नाकामा चिसो मौसममा समेत खासै असर पर्नेछैन।
किमाथांका दुई वर्षभित्र खुल्ने
आयोजना प्रमुख सिग्देलका अनुसार राष्ट्रिय गौरवको आयोजनामा रहेको संखुवासभाको किमाथांका नाकालाई सरकारले दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। संखुवासभाको खाँदवारीबाट एक सय ६२ किमी दुरीमा रहेको उक्त नाका खोल्न उत्तर र दक्षिण दुवैतर्फबाट सडक ट्र्याक खोल्ने काम भइरहेको छ। खाँदबारीबाट किमाथांकातर्फ करिब ६८ किमी सडक कच्ची भए पनि निकै राम्रो छ।
'एक सय ६२ मध्ये ८० किमी ट्र्याक खुलिसकेको छ। बाँकी रहेको ८२ किमी सडक ट्र्याक खोल्ने काम उत्तरदक्षिण दुवैतर्फबाट हुँदैछ,' उनले भने, 'सरकारले उक्त सडक निर्माणका लागि बजेट अभाव हुन नदिने बताएकाले निर्धारित समयमा काम सकिनेमा हामी विश्वस्त छौँ।' उनका अनुसार यो नाकामा अन्य नाकाजस्तो हिँउको असर पर्नेछैन। यो नाका बाह्रै महिना सहज रुपमा सञ्चालन गर्न सकिने उनी बताँउछन्।
सिमानाबाट ६ किमी मात्र परको दुरीमा चीनको सानो सहर भेटिन सकिने उक्त सडकलाई अहिले डेढ लेनको मात्र बनाउन लागिएको उनले जानकारी दिए। उनका अनुसार किमाथांका नाका चीन, नेपाल र भारतको उत्तम त्रिपक्षीय व्यापारिक नाका हुन सक्नेछ। विराटनगरबाट किमाथांका ३ सय ८५ किमी दुरीमा पर्छ। किमाथांकाबाट चीनको व्यापारिक सहर सिगात्सेसमेत ३ सय ४५ किमी मात्र दुरीमा छ।
छिटो खोल्न सकिन्छ लामाबगर
करिब १८ किमी ट्र्याक खोल्ने हो भने दुई देशबीच सडक सञ्जाल जोडिन्छ। तर, पुरानो व्यापारिक नाका लामाबगरलाई सरकारले प्राथमिकतामा राखेको छैन। तातोपानी नाकाको तुलनामा यो नाकाबाट तिब्बतको टिंग्री सहरबाट झन्डै ७१ किमी नजिकसमेत पर्छ।
यो नाकाबाट चीनको सबैभन्दा नजिकको बस्ती करिब १० किमी मात्र टाढा पर्छ। लामाबगरबाट तिब्बत जोड्ने छोटो नाका ङ्याङलुङ हो। लामाबगरबाट ङ्याङलुङ पुग्न करिब २१ किमी मात्र दुरी छ। ती मध्ये नेपालतर्फ करिब ३ किमी खनेर निर्माण काम रोकिएको छ।
लामाबगरमा बनिरहेको तामाकोसी जलविद्युत आयोजनाका कारण सडक निर्माणका काम रोकिन पुगेको हो।
ब्लास्टिङ तथा अन्य विष्फोटका काम गरेर सडक निर्माण गर्दा जलविधुतको बाँधमा असर गर्ने भएपछि निर्माणमा अवरोध भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीका अनुसार जलविद्युत आयोजना बनाइरहेको कम्पनीले बाँकी रहेको सडकमध्ये करिब ८ सय मिटर सुरुङ निर्माण गरेर नाकासम्म सडक जोड्छु भनिरहेको छ। तर, उक्त कार्यका लागि विद्युत प्राधिकरणले सहमति नदिँदा काम रोकिन पुगेको हो।
'यदि त्यसलाई प्राथमिकतामा राखेर निर्माण थाल्ने हो भने सबैभन्दा छिटो नाका खुल्थ्यो,' उनले भने, 'उक्त नाकाबाट काठमाडौंमा सिन्धुपाल्चोक हुँदै आउन सकिनुका साथै सिन्धुली बर्दिबास हुँदै भारत तर्फसमेत व्यापार गर्न सहज हुनेछ।'
लामाबगरदेखि सदरमुकाम चरिकोटसम्म ६८ किमी सडक निर्माण भइसकेको छ। तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किमी कालोपत्रे सडक छ। दोलखाको सिंगटीदेखि लामाबगरसम्मको २९ किमी सडक ग्राभेल गरिएको डबल लेनको छ। उक्त नाका जोड्ने चरिकोट–खाडीचौर सडक समेत दुई वर्षभित्र दुई लेनकै भैसक्ने प्रवक्ता कार्कीले बताए। उनका अनुसार चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौं १३३ किमी कालोपत्रे पक्की सडक छ।
यसैगरी, सरकारले ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, मुगुको लग्ना पास र हुम्लाको यारी/हिल्सा नाकालाई समेत खुलाउने सुचीमा राखेको छ। यी नाकामध्ये हुम्लाको यारी/हिल्सा अर्को आर्थिक वर्षको कार्त्तिकसम्म चिनसँग जोडिने छ भने बाँकी तीन नाका खुल्न पाँच वर्षभन्दा पनि बढी समय लाग्ने छ।
हिल्सा चीनबाट खुल्ने
हुम्लाको यारी/हिल्सा सडक चीनचर्फबाट खन्दै सिमीकोटतर्फ ल्याइएको छ। सिमीकोटबाट ८८ किमी दुरीमा रहेको उक्त नाका जोड्ने सडक ट्र्याक अब १५ किमी मात्र खुल्न बाँकी छ। हिल्सा नाका खुले पनि हुम्ला सिमीकोटबाट कालिकोट तथा अन्य जिल्ला जोड्ने सडक सञ्जाल नभएकाले उक्त नाकाबाट हुम्लाबासीले मात्र फाइदा लिन सक्नेछन्। कालिकोटबाट सिमीकोटतर्फ नेपाली सेनाले ट्र्याक खोल्ने काम जारी राखे पनि धेरै समय लाग्ने सिग्देल बताउँछन्।
हिँउले सधैँ सताउने ओलाङचुङगोला र लार्के
ताप्लेजुङको ओलाङचुङगोला र गोरखाको लार्के नाका ५ हजार मिटरभन्दा माथिबाट सडक जानुपर्ने भएकाले व्यापारिक हिसाबले उपयुक्त नहुने बताइएको छ। ५ हजार मिटरमाथि अधिकांश समय हिउँ पर्ने भएकाले दुवै नाका खुले पनि समयसमयमा अवरोध आइरहनेछ। ती नाकाले स्थानीय उत्पादन, दैनिक उपभोग्य वस्तुको व्यापार मात्र गर्न सहज हुनेछ। ताप्लेजुङबाट ओलाङचुङगोला ९२ किमी दुरी छ। जसमध्ये ताप्लेजुङ सदरमुकामबाट ३५ किमी सडक निर्माण भइसकेको छ। ओलाङचुङगोलाबाट चीनतर्फको नजिकको सहर २२ किमी दुरीमा छ।
यस्तै, गोरखा बेनीघाटतर्फबाट करिब एक सय ६२ किमी दुरीमा रहेको गोरखाको लार्के नाकाको ट्र्याक खोल्न पनि वर्षौं लाग्नेछ। हालसम्म उक्त खण्डमा ६० किमी मात्र सडक खुलेको छ।
कठिन छ आम्जापास
मुगुको आम्जापास नाका खोल्न भने निकै समय लाग्ने सिग्देल बताउँछन्। मुगु, गमगढीबाट एक सय किमीभन्दा बढी दुरीमा रहेको उक्त नाकामा बिस्तारै ट्र्याक खोल्ने काम अघि बढिरहेको छ। कठिन भौगोलिक संरचनाका कारण उक्त नाका जोड्न लामो समय लाग्नेछ। कालिकोटबाट गमगढीसम्म पनि निकै सानो र कच्ची सडक छ। आम्जापास नाकाबाट चीनतर्फको सहर करिब १५ किमी पर छ।