काठमाडौं- भूकम्पबाट प्रभावित उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सामूहिक आवास भवन बनाउने सरकारी योजना अलपत्र परेको छ। भवन निर्माणका लागि बजेट उपलब्ध गराउन सरकार उदासीन देखिँदा टेन्डर प्रक्रियामा गइसकेको काम रोकिन पुगेको हो।सहरी विकास तथा भवन निर्माण विभागले पहिलो चरणमा प्रभावित जिल्लामा १० वटा सामूहिक आवास निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। भवन निर्माणका लागि आवश्यक बजेट र प्रक्रियाका विषयमा मन्त्रालयबाट स्वीकृति नपाउँदा विभागले उक्त टेन्डर रद्द गरेको छ।
मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ ले विशेष परिस्थितिमा छुट्टै प्रक्रिया अवलम्बन गरी निर्माणकार्य गर्न सक्ने व्यवस्थाअनुसार आवास निर्माण अघि बढाउन स्वीकृति दिएको थियो। भवन निर्माणको जिम्मा विभागलाई दिइएको थियो तर तीन महिनाको अवधिमा भवनको डिजाइन बनाउनेबाहेक थप काम हुन सकेन।
विभागले सम्बन्धित जिल्ला दैवी प्रकोप उद्धार समितिले उपलब्ध गराएको तथ्यांकका आधारमा भवन निर्माणका लागि मन्त्रिपरिषद्को निर्णयबमोजिम सात दिनको समयावधि राखेर टेन्डर खुलाएको थियो। सोही आधारमा विभागले बोलपत्र मूल्यांकनसमेत गरिसकेको थियो।
विभागका महानिर्देशक रमेश सिंहले मन्त्रिपरिषद्को निर्णयअनुसार बनाउने भनिएका भवनको काम तत्काल अघि बढ्ने अवस्था नरहेको बताए। 'मन्त्रिपरिषद् निर्णयअनुसार नै काम अगाडि बढाइएको थियो,' उनले भने, 'तर, मन्त्रालयबाट थप अख्तियारी नआउँदा काम रोकिन पुगेको हो।' उनले माघ महिनामै विभागले यस विषयमा दुबिधा रहेको भन्दै मन्त्रालयमा पत्र पठाएको जानकारी दिए।
भवन निर्माणमा भएको ढिलासुस्तीले भूकम्पपछि टहरामा बस्दै आएका दीर्घरोगी, गर्भवती, सुत्केरी, नवजात शिशु, वृद्धवृद्धा गम्भीर स्वास्थ्य जोखिममा छन्। सुरक्षित आवास भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका तीन जिल्लाबाहेकमा बनाउने कार्यक्रम छ। प्रभावित जिल्लामा पनि यस्ता भवन समुद्री सतहबाट १५ सय मिटरभन्दा माथि बसोबास गर्ने हिमाली तथा उच्च पहाडी क्षेत्रमा निर्माण गरिने महानिर्देशक सिंहले बताए।
मन्त्रिपरिषद्ले भूकम्पबाट अतिप्रभावित क्षेत्रमा ५० वटा सामूहिक आवास भवन निर्माण गर्ने निर्णय गरेको थियो। पछि जिल्लाको अवस्था र प्रभावित संख्या तथा टोलका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिले उपलब्ध गराएको संख्याअनुसार बनाउने निर्णय भएको थियो।
उक्त निर्णयका आधारमा विभागले एउटा भवनमा १६ परिवार बस्न मिल्ने गरी डिजाइन बनाएको छ। प्रिफेब्रिकेटेड निर्माण सामग्रीबाट बनाइने यस्तो भवन एकतले अनि लाम्चो हुनेछ। डिजाइनअनुसार एउटा सामूहिक भवनमा ८/८ परिवार बस्न सक्ने दुई ब्लक हुनेछन्। तिनका बीचमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयसमेत हुने महानिर्देशक सिंहले बताए।
सिंहका अनुसार एउटा सामूहिक आवास निर्माणका लागि ४६ लाख ४३ हजार रुपैयाँ खर्च लाग्नेछ। यी भवनमा अस्थायी आवास निर्माण गर्न नसकी जोखिमपूर्ण अवस्थामा बसिरहेका परिवारलाई निःशुल्क राखिनेछ। यस्ता भवन निर्माणको स्थान छनोट भने जिल्ला दैवी प्रकोप उद्धार समितिले गर्नेछ। समितिले जिल्लाका प्रभावित क्षेत्र, पीडित परिवारको अवस्थाका आधारमा भवन निर्माण स्थानसँगै बस्ने परिवारसमेत छनोट गर्नेछ। सरकारी तथ्यांकअनुसार भूकम्पबाट देशभरका ६ लाख २ हजार २ सय ५७ निजी घर पूर्ण ध्वस्त भएका थिए।