१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता विद्यालयलाई

पाल्पा- नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनता माध्यामिक विद्यालयले प्राप्त गरेको छ। तीन सय २० मेडलका लागि खेलमा ७१ विद्यालयलाई पछाडि पार्दै जनता विद्यालयले उपाधि हात पारेको हो।

जनता विद्यालय तानसेनले चार स्वर्णसहित एक सय ४३ अंक ल्याएर जिल्ला स्तरीय खेलमा उपाधि हात पार्‍र्यो। खेलमा ६ स्वर्णसहित एक सय २४ अंक प्राप्त गरेर शारदा मावि मदनपोखरा द्धितीय भयो।

त्यस्तै चार स्वर्णसहित एक सय ६ अंकल ल्याएर बालहित माध्यामिक विद्यालय सहकोट तृतीय भएको हो। विजयी विद्यालयहरुलाई तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।

जिल्ला खेलकुद विकास समिति आयोजना गरेको खेलमा भलिबल, एथ्लेटिक्स, कराते, कबड्डी, कराँते र तेक्वान्दोमा प्रतिस्पर्धा भएको थियो। प्रथम विजेतालाई नगद प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितिय १२ हजार र तृतीयलार्य ९ हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो।

२० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका ७१ माध्यमिक विद्यालयका सात सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कुल एक सय स्वर्ण, एक सय कास्य र एक सय २० कास्य पदकमा खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए। खेलका पदक विजेताहरुलाई पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेले मेडल, ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उनले पदक हस्तान्तरण गर्दै खेलले स्वस्थ्य रहनकोलागि व्यवहार परिवर्तन गर्ने भएकोले खेल र खेलाडीको राष्ट्रले सम्मान गर्नुपर्ने बताए।

प्रतियोगितामा भलिबल, दौड एक सय देखि ८ सय मिटर, सटफुट, हाइजम्प, लङ्गजम्प, तेक्वान्दो र उसु लगायतका खेलमा छात्र र छात्राहरुले प्रतिस्पर्धा गरे। खेलमा सहभागी सबै विद्यालयलाई नगद दश हजार रुपैयाँ प्रदान गरेको समितिले जनाएको छ। समितिका अध्यक्ष करुणा काफ्लेले जिल्लामा पछिल्ला समय खेलाडीलाई उत्साह थप्नेगरि समितिले खेल गतिविधि अगाडि बढाएको बताए।

साथै जिल्ला खेलकूद विकास समितिले सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता पूर्वाञ्चलका जिल्लाका नौ पदक विजेतासहित कोच निरबहादुर सारुलाई सम्मान समेत गरेको छ।

प्रकाशित: २४ माघ २०७३ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App